संसद विघटनविरुद्ध कांग्रेसले गर्याे दोस्रो चरणको आन्दोलनकाे घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनकाे घाेषणा गरेकाे छ ।

आइतबार बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेकाे हाे ।

पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको नेपाली कांग्रेसले जनाएकाे छ। दाेस्राे चरणकाे आन्दोलन गर्ने सहमतिसँगै शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् ।

दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ बजेपछिमात्रै सुरु भएको छ । बैठकमा नेताहरूले आ-आफ्नाे धारण राखी रहेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.