‘चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय’

काठमाडौं । छिमेकी मुलुक चीनको एक टोली अनाैपचारिक रूपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलाउन काठमाडौंमा अझै सक्रिय रहेकाे भारतीय सञ्चार माध्यमले दाबी गरेकाे छ।

भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने गरी टाेलीलाई परिचालित गरेका छन्।

पत्रिकामा जनाएअनुसार तीन सदस्यीय टोली अझै काठमाडाैँमा रहेर नेकपा मिलाउने प्रयास गरिरहेका छन्। सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दाबी गरेको छ ।

उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’

नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु अहिले काठमाडौंमा रहेको भन्दै सो पत्रिकाले ती अधिकारीहरुको नाम नै प्रकाशित गरेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.