प्रचण्डलाई सरकार ढाल्ने बानी परेको छ : ऊर्जामन्त्री रायमाझी

अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देशलाई अस्थिरतामा धकेलेकाे आराेप लगाएका छन् ।

प्रेस संगठन अर्घाखाँचीले आइतबार बिहान सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन प्रचण्ड–नेपाल सरकारबाहिर रहेका दलसँग गुहार माग्न गएको दावी गरे ।

नेकपामा अहिलेकाे अबस्था आउनुमा पनि प्रचण्ड र नेपाल नै मुख्य कारक रहेको बताएका छन् । उनीहरुको व्यवहारले नेकपामा ठूलो दुर्घटना भएको रायमाझीकाे भनाइ थियाे ।

विगतमा प्रचण्डले आफू नेतृत्वसहित आठवटा सरकार ढालेको जनाउँदै रायमाझीले अहिले ओली नेतृत्वको सरकार पनि ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए । उनले भने, ‘सेनापतिसँग निहुँ खोजेर आफ्नै सरकार ढाल्नुभयो, उहाँ (प्रचण्ड)लाई सरकार ढाल्ने बानी परेको छ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.