एका बिहानै कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर चोकमा एक अपरिचित पुरुषले पेस्तोल देखाएर लुटपाट प्रयास गरेका छन् ।

आइतबार बिहान सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरे ।

तर, युवराजको प्रतिवादपछि ३०–३२ बर्षका पेस्तोलधारी भागेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले एउटा पेस्तोल र एकराउण्ड गोली फेला परेको बताए ।

पेस्तोल र गोली महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । युवराजले पेस्तोलधारीले आफ्नो मोवाईल लुट्ने प्रयास गरेको प्रहरीलाई बताएका छन् । उनी भक्तपुरको राधेराधेमा बस्दै आएका थिए ।

‘घट्नाबारे प्रारम्भिक अनुसन्धानको क्रममा छौँ’ डिएसपी विष्टले भने–‘शंकास्पदहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दैछौँ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.