Year: 2021

खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

धरान । प्रहरीले सुनसरीको धरानबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धरान-१३ का २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका-५ का २४ वर्षीय सन्दीप राई रहेका प्रहरीले जनाएकाे छ। उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । शंकास्पद अवस्थामा प्रधानलाई फेला परेपछि शरीर खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । थप सोधपुछका क्रममा प्रधानले केराबारी सन्दीपबाट खरिद गरेको बयान दिएका थिए । तत्कालै सन्दीपको खोजी गर्दा धरान वडा नम्बर–६, पानबारीमा खैरो हेरोइन खरिद गर्ने ग्राहक पर्खेर बसेको बेला पक्राउ…
Read More
‘चीनमा नागरिककाे सुरक्षाका विषयमा उठ्याे गम्भीर प्रश्न’

‘चीनमा नागरिककाे सुरक्षाका विषयमा उठ्याे गम्भीर प्रश्न’

काठमाडाैँ । साहित्यकार तथा लेखक खगेन्द्र संग्राैलाले चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा बेपत्ता भएकाे विषयमा सामाजिक सञ्जालमा पाेष्ट गरेकाे अभिब्यक्ति गायब भएकाे छ। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,' उल्का भाे! चीनका महाधनाढ्य ज्याक मा बेपत्ता भएकाे प्रसङ्गमा चीनमा नागरिककाे सुरक्षा र अस्मिताकाे हालतबारे हिजाे बेलुका ट्वीट गय्राथेँ, मेराे वालबाट त्याे ट्वीट गायब भएछ। याे गायब पार्ने चिनियाँ "समाजवाद" हाे कि, सी विचारधाराका नेपाली अनुयायी हुन् कि कुनै चटके चाेर हाे? थाहा चाहियाे!' पछिल्लो दुई महिनादेखि ज्याक मा बेपत्ता छन् । जसका कारण चिनियाँ सरकारमाथि गम्भिर प्रश्न उठेको छ। ज्याकले गत अक्टुबरमा शंघाईमा एक…
Read More
भारतमा कोरोनाभाइरसकाे संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

भारतमा कोरोनाभाइरसकाे संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ । भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १०…
Read More
बम विष्फोट मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

बम विष्फोट मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । उदयपुरमा बम विष्फोट मुद्दामा संलग्न रही फरार रहेका अभियुक्त पक्राउ परेका छन् । बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो । त्रियुगा नगरपालिका-१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न पवन राईलाई समेत यस अघि पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Read More
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समर्थित विद्यार्थीद्वारा लाल्टिन जुलुस प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समर्थित विद्यार्थीद्वारा लाल्टिन जुलुस प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले संसद विघटनको विरुद्धमा लालटिन जुलुस निकालेको छ । अनेरास्ववियूको केन्द्रीय कमिटीले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस निकालेको हो । अनेरास्ववियूको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनकाे घाेषणा गरेकाे थियाे । बैठकले मंगलबारदेखि पुस २९ गतेसम्मका लागि देशव्यापी रुपमा विभिन्न आन्दोलनका कार्यक्रम तय गरेकाे हाे । घोषित आन्दोलनका कार्यक्रममा बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीहरुलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत छन् ।
Read More
प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ सुरू

प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ सुरू

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ सुरू भएकाे छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि परेका रिटकाे सुनुवाइका लागि सबै न्यायाधीशहरू इजलासमा उपस्थित भइसकेका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेका छन्। राणाले गठन गरेको इजलासमा यसअघि पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू छन्। संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छानेका छन्। धेरै मानिसहरू इजलासमा बहस सुन्न जाँदा ठाउँ नपुग्ने भएपछि सर्वोच्चले इजलास बाहिरबाट पनि बहस सुन्ने र हेर्ने व्यवस्था…
Read More
पूर्वप्रधानमन्त्री भट्टराईकाे चेतावनी – अरु बाटो रोज्न नपरोस

पूर्वप्रधानमन्त्री भट्टराईकाे चेतावनी – अरु बाटो रोज्न नपरोस

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले सर्वाेच्च अदालतकाे निर्णय गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षाका लागि हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले  सजिलो बाटोबाट प्रधानमन्त्रीको ‘गैर संवैधानिक’ कदम नसच्याए अरु बाटो रोज्नुपर्ने चेतावनी साेत दिएका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धका रिटहरुमाथिको सुनुवाई शुरु भइरहेका बेला डा. भट्टराईले ट्वीट गर्दै अरु बोटो रोज्न नपरोस भनेका हुन् । डा. भट्टराईले भनेका छन्– 'आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ । ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,…
Read More
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ । पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी पर्नुभएको छ ।…
Read More
समूह फेर्दै नेकपाका नेता-कार्यकर्ता

समूह फेर्दै नेकपाका नेता-कार्यकर्ता

महोत्तरी । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहेका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको वैचारिक नेताको परिचय रहेको नेकपाका कार्यकर्ता नै बताउँछन् । नेकपामा उपल्लो तहमा विभाजन देखिएपछि आम नेता, कार्यकर्ता एक – अर्को समूहमा प्रवेश गर्ने क्रम देखिएको छ । पुस पहिलो साताको अन्त्यमा दुईतिर केन्द्रीय समितिको बैठक भएपछि दुई समूहमा देखिएको नेकपाभित्र त्यसयताका दिनमा महोत्तरीमा…
Read More
बुधवार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधवार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । बुधवार छापावाल सुनको मूल्य ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ । महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै आज चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.