Year: 2021

ह्वाइट हाउस छोड्नुअघि ट्रम्पले दिए चीनलाई झड्का, थप आठ एप्समाथि प्रतिबन्ध

ह्वाइट हाउस छोड्नुअघि ट्रम्पले दिए चीनलाई झड्का, थप आठ एप्समाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद छाड्नुअघि चिनियाँ कम्पनीका थप ८ वटा एप्समाथि प्रतिबन्ध लगाइदिएका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी मालिकनाका ८ वटा एप्समाथि प्रतिबन्ध लगाउने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । प्रतिबन्धित एप्सहरुमा वी च्याट, अली पे लगायत रहेका छन् । राष्ट्रपति ट्रम्पले प्रतिबन्ध लगाइएका एप्सहरुमार्फत राष्ट्रिय सुरक्षामा खतरा बढेको आरोप लगाएका छन् । ट्रम्पले जारी गरेको आदेशमा प्रतिबन्ध लगाइएका एप्सहरु ४५ दिनपछि बन्द हुनेछन् । प्रतिबन्ध गरिएका एप्सहरुमा अली पे, टेनसेंट क्यूक्यू, वीमैट, वी च्याट पे, डब्लुपिएस अफिस रहेका छन् । अगष्टमा पनि ट्रम्प प्रशासनले चिनियाँ कम्पनीका केही एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो ।
Read More
चीनकाे बदमासी: कोरोना अनुसन्धानको लागि गएका विज्ञलाई प्रवेश दिएन

चीनकाे बदमासी: कोरोना अनुसन्धानको लागि गएका विज्ञलाई प्रवेश दिएन

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड-१९)को उत्पत्तिको विषयमा अनुसन्धानमा खटिएका विज्ञहरुलाई चीन प्रवेशमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अनुसन्धानको लागि गएका दुई वैज्ञानिकलाई चीन प्रवेशमा रोक लगाइएको छ । चीनले भिसा नदिएको कारण एकजना वैज्ञानिक फर्किइसकेका छन् भने एकजना तेस्रो मुलुकमा छन् । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले मंगलबार चीनले डब्ल्यूएचओका वैज्ञानिकहरुलाई मुलुक प्रवेशको अनुमति नदिनु दुखद् भएको बताएका छन् । मंगलबार उनले भर्चुअल सम्मेलनमा बोल्दै यसअघि नै कोरोनाबारे अध्ययनका लागि चीनतर्फ लागेका दुई वैज्ञानिकले मुलुकमा प्रवेशको अनुमति नपाएको बताएका हुन् । यसअघि चीनले डब्ल्यूएचओले पठाएका अन्तर्राष्ट्रिय विज्ञहरुको समुहलाई मुलुकमा अनुसन्धान गर्न दिने बताएको थियो…
Read More
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ। गत २४ घण्टामा ४ सय ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा २ र मोरङमा ११ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १…
Read More
बालुवाटारबाट बालिका खड्का पक्राउ

बालुवाटारबाट बालिका खड्का पक्राउ

काठमाडौं । प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न पुगेकी खड्कालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कार्यकर्ता खड्काले यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् । केही समय अगाडि प्रमाण पुर्याउन नसकेको भन्दै उनले मुख्यमन्त्री राईविरूद्ध दिएको मुद्दा फिर्ता लिएकी थिइन् ।
Read More
ओलीलाई टार्गेट गरी नेकपाकै कार्यक्रममा गर्जिए डा. बाबुराम भट्टराई

ओलीलाई टार्गेट गरी नेकपाकै कार्यक्रममा गर्जिए डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रभानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिएका छन्। बुधबार काठमाडाैं नयाँ बानेश्वरमा नेकपाको प्रचण्ड–माधव समूहले गरेको अन्तर पार्टी अन्तर्क्रियामा डा. भट्टराईले प्रधानमन्त्री ओली राजनीतिक क्यान्सर भएकाले सबैलाई खान सक्ने आरोप लगाए । उनले भने,‘ प्रधानमन्त्री ओली राजनीतिक क्यान्सर हो। राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ। नेकपाभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्नुस्।’ उनले प्रधानमन्त्री ओली विदेशी शक्तिको मतियार भएको पनि आरोप लगाए। नियोजित ढंगले संसद विघटन गरेर देशमा अस्थिरता ल्याउन प्रधानमन्त्री ओलीले विदेशी शक्तिको मतियार बनेको उनको आरोप छ।
Read More
नुवाकाेटकाे ९ तले दरबारकाे पुननिर्माण राेक्दै चिनियाँ कम्पनीले लगायाे ताला

नुवाकाेटकाे ९ तले दरबारकाे पुननिर्माण राेक्दै चिनियाँ कम्पनीले लगायाे ताला

नुवाकोटको ऐतिहासिक सम्पदा ९ तले (हाल ७ तले) दरबारकाे पुननिर्माणकाे राेक्दै चिनियाँ कम्पनीले ताला लगाएकाे छ। निर्माणकाे जिम्मा पाएकाे चिनियाँ कम्पनीले काेराेना महामारीकाे कारण देखाउँदै र्निर्माणकाे काममा नआउँदा टेकोको भरमा आफनो अस्तित्व जोगाईरहेको छ । दरबार पुननिर्माणकाे नाममा चिनियाँ कम्पनीलाइ सुम्पिएर लामाे सयम देखि उसैले ताल्चा लगाएर छाेडेकाे त्यहाँका स्थानीयहरू बताउँछन्। नेपाल एकीकरणकाे अभियानकाे क्रममा नुवाकाेट विजयपछि वि.सं. १८१९ मा नाै तले दरबारकाे निर्माण गरेका थिए। तर, १९९० सालकाे भुकम्पका बेला भत्किएपछि ७ तलामा सीमित बनेकाे हाे।
Read More
प्रतिनिधिसभा विघटन : धारा १२८ कि १३७ आकर्षित हुने भन्नेमा झमेला

प्रतिनिधिसभा विघटन : धारा १२८ कि १३७ आकर्षित हुने भन्नेमा झमेला

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुकाे संवैधानिक इजलासमा सुनुवाइ सुरू भएकाे छ । तर प्रतिनिधिसभा विघटनका मुद्दामा संविधानको धारा १२८ कि धारा १३७ अन्तर्गत बहस–सुनुवाई हुने भन्नेमा विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा १२ जना निवेदकहरुले रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदन दिएका १२ जना निवेदकहरुले संविधानको धारा १२८ अन्तर्गत बृहत् पूर्ण इजलासमार्फत सुनुवाई हुनु पर्ने माग सहित हिजाे नै निवेदन पेश गरेका थिए । यद्यपि हिजो त्यो निवेदन दर्ता भएन । आज संवैधानिक इजलास सुरु हुनेवित्तिकै कानून व्यवसायीहरुले बृहत् पूर्ण इजलासको माग गरिसकेका छन् । एक अधिवक्ताका अनुसार…
Read More
ओली अध्यक्ष भएको पार्टी नै वैधानिक : ईश्वर पोखरेल

ओली अध्यक्ष भएको पार्टी नै वैधानिक : ईश्वर पोखरेल

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गरे । विगतमा कम्युनिस्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको जनाउँदै उनले जनतामाझ भएका यथार्थ लैजानसमेत आग्रह गरे । उनले भने, ‘पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह…
Read More
सूर्य चिह्न हाम्रो हो, हाम्राे नभए कसैको पनि हुँदैन : महेश बस्नेत

सूर्य चिह्न हाम्रो हो, हाम्राे नभए कसैको पनि हुँदैन : महेश बस्नेत

म्याग्दी । नेकपाको ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गरेछ भने पनि काँग्रेससँग सहकार्य गरी सरकार बनाइने तर दाहाल–नेपाल समूहसँग एकता सम्भव नरहेको उनले बताए । ‘अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुनस् एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन,’ राष्ट्रिय युवा संघ नेपालले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हाम्रो हो, नभए कसैको पनि हुँदैन ।’ दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको बस्नेत बताए…
Read More
कैँची प्रहारबाट युवकको हत्या, भारतीय नागरिक पक्राउ

कैँची प्रहारबाट युवकको हत्या, भारतीय नागरिक पक्राउ

काठमाडौं । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाँको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुवोध शर्मा रहेका छन् । उनलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालोस्थित सडकमा सुवोधले मंगलबार राति कैँची प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीका अनुसार उनीहरू दुवै जना सिलाइ कटाइको काम गर्नेगरेका थिए । घट्नाको प्रारम्भिक अवस्था हेर्दा उनीहरुबीच पहिलादेखि नै सम्बन्ध राम्रो नरहेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । मंगलबार राति आपसी विवाद हुँदा सुवोधले कलाममाथि कैँची प्रहार गरेका थिए ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.