Year: 2021

राष्ट्रिय सभा बैठक बस्दै

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ । आज दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७' सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची तय गरिएकाे छ। त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका तर्फबाट राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ। १७ गतेको बैठकमा विभिन्न पार्टीका शीर्ष नेताले प्रतिनिधि सभा विघटन गरिएकोमा प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरेका थिए। पुस १७ गते सुरु भएको सातौं अधिवेशनको आज दोस्रो बैठक बस्न लागेको हो।
Read More
प्रधानमन्त्री ओली भोलि धनगढी जाँदै

प्रधानमन्त्री ओली भोलि धनगढी जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि धनगढी जाने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न उनी धनगढी जाने भएका हुन् । बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टलाई चयन गरेको छ । भोलिको बैठकलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्न जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
Read More
ओली समूहद्वारा ३० लाख हिनामिना गरेको भन्दै भीम रावलमाथि कारवाही

ओली समूहद्वारा ३० लाख हिनामिना गरेको भन्दै भीम रावलमाथि कारवाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबाद यतिखेर भुसको आगो झै फैलिएको छ । नेकपा केपी ओली समूह तथा प्रचण्ड-माधव समुहबीच एकले अर्कोलाई कारवाही गर्नेदेखि खुइल्याउने काम अगाडि बढेको छ। बुधबार प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्य र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिससमेत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्, ‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पीएचडीलाई कारबाही गर्न सिफारिश समेत गरेको बताइएको छ।’ त्यस्तै, बैठकले पुस २४ गते धनगढीमा जनसभा गर्ने निर्णयसमेत…
Read More
आज पौष २३ गते बिहिबारको राशिफल

आज पौष २३ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको काम पूरा हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचिपनि बढ्नेछ । तुला तुला (रा, रि,…
Read More
सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी, उच्चस्तिरिय खोप अनुगमन समिति गठन

सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी, उच्चस्तिरिय खोप अनुगमन समिति गठन

काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड-१९ भण्डारको तयारी थालेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै कोभिड–१९ भाइरसको नयाँ स्वरुपको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ  । अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । बैठकले आगामी असार मसान्तभित्र सम्मका लागि कोभिड-१९…
Read More
प्रतिनिधिसभा विघटन मुद्दा बृहत् पूर्ण इजलासमा पठाउँदा के हुन्छ ?

प्रतिनिधिसभा विघटन मुद्दा बृहत् पूर्ण इजलासमा पठाउँदा के हुन्छ ?

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा उक्त विवादको सुनुवाइ गर्न माग गर्दै इजलासमा निवेदन दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा आज सुनुवाइ शुरु हुनेबित्तिकै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने विषयले प्रवेश ग¥यो । सुनुवाइ प्रारम्भ हुनेबित्तिकै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्धका रिटको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग राख्दै भने, “संवैधानिक इजलासको अधिकार क्षेत्र कति र अरुको कति…
Read More
जनताको विश्वास हार्ने छुट कसैलाई छैनः मन्त्री भट्ट

जनताको विश्वास हार्ने छुट कसैलाई छैनः मन्त्री भट्ट

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपा ओली पक्षका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । धनगढीमा आज आयोजित नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजकसमेत रहेका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए । उनले भने, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।” बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोलेका थिए । बैठकले नेकपा दाहाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय…
Read More
प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता-२०७७ शुरु

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता-२०७७ शुरु

काठमाडौं । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ आजदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन आज पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् । पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए । उनले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरे। सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो भए । विश्वकर्माले सो दौड १० दशमलव…
Read More
कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालद्वारा स्वागत

कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालद्वारा स्वागत

काठमाडौं । साउदी अरेबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको स्वागत गरेको हो । कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । साउदी र उसनिकटका मुलुकहरूले कतारलाई असहयोग गरेपछि इरान, टर्कीजस्ता मुलुकहरूले साथ दिएका थिए । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको हो । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् । मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न र…
Read More
क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत २१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएकोमा विनोदले खुसी व्यक्त गरेका छन् । विनोदलाई गत मंसिर अन्तिममा चितवनको भरतपुरमा भएको गौतमबुद्ध कप प्रतियोगितापछि कोरोना संक्रमण देखिएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गरि रहेको नमुना मैदानमा बागमती प्रदेशले आयोजना गरेको गौतम बुद्ध कप प्रतियोगितामा विनोदले राप्तीको कप्तानी गरेका थिए । सोमबारमात्र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका पारस खड्काले पनि २५ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल र दीपेन्द्रसिंह ऐरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.