‘प्रधानमन्त्री ओलीको कार्यशैलीले प्रतिनिधि सभा विघटन र नेकपा विभाजन भयो’
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण भएको आराेप लगाएका छन् । आजकाे राष्ट्रिय सभा बैठकमा बिषेश समय लिएर बोल्दै नेकपा उपाध्यक्षसमेत रहेका गाैतमले आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गर्दा नेकवा विभाजन भएकाे बताए । “प्रधानमन्त्रीको कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो । मैले उहाँलाई धेरैपटक सुझाव दिए । कति मेरा पिडाहरु कति ग्रहण गर्नु भो कति मैले गर्नुभएन ।” उनले भने । यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि थाहा नदिएको समेत बताएका छन् । यसअघि पनि अविश्वासको प्रस्ताव…