Year: 2021

भोलि शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

भोलि शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।
Read More
तैमुरसँग विवाह गर्न चाहन्छिन् नायिका नोरा फतेह, करिनाले दिइन् यस्तो जवाफ

तैमुरसँग विवाह गर्न चाहन्छिन् नायिका नोरा फतेह, करिनाले दिइन् यस्तो जवाफ

बलिउड नायिका करिना कपुर खान गर्भावस्थामा पनि आफ्नो पूरा ध्यान काम प्रति नै केन्द्रीत गर्छिन् । उनी दोस्रो पटक आमा बन्दैछिन् । उनका छोरा पनि छन् – तैमुर । तैमुर सम्भवतः स्टार किडमध्ये सबैभन्दा बढी चर्चित छन् । अब नायिका नाेरा फतेहीले तैमुरसँग विवाह गर्न इच्छा व्यक्त गरेकी छिन् । करिना कपुरको शो ह्वाट वुमन वान्ट थ्री मा नोरा फतेह पाहुनाको रुपमा पुगिन् । करिनाले उनलाई सेफ र आफूलाई उनको डान्स मुभ्स अत्यधिक मन पर्ने गरेको बताइन् । यसको जवाफमा नोराले करिनालाई विवाहको प्रस्ताव नै राखिदिइन् । नोरा भन्छिन्, ‘मलाई आशा छ कि तैमुर जब चाँडै नै हुर्किनेछन् तब हामी…
Read More
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी

काठमाडौं । बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि हत्या गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो । ईरानसमर्थित इराकी पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) का उपप्रमुख अबु महदी अल मुहान्दिस सन् २०२० को जनवरी ३ मा सुलेमानीसँगै अमेरिकी हवाई हमलामा मारिएका थिए । ‘प्रारम्भिक अनुसन्धान प्रक्रियाको समाप्तिपछि न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गर्ने निर्णय गरेका छन्,’ इराकको सुप्रिम जुडिसियल काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अनुसन्धान प्रक्रिया यस अपराधमा संलग्न अन्यको खोजी पनि जारी…
Read More
‘अराजक’ ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग

‘अराजक’ ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग

एजेन्सी। अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन्। अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन्। डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए। सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्। ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ। हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन्। उक्त झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन्। प्रहरीको कारबाही व्यापक छानबिनको दायरामा आएको छ। प्रहरी अधिकारीहरूले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना खेपिरहेका…
Read More
काेराेनाकाे कहर: टोकियोमा संकटकाल घोषणा

काेराेनाकाे कहर: टोकियोमा संकटकाल घोषणा

एजेन्सी । कोरोना भाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताए । अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ । सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ बिक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।…
Read More
चिनियाँ टोली नर्फकँदा वैदेशिक लगानीका सडकको निर्माण सुस्त

चिनियाँ टोली नर्फकँदा वैदेशिक लगानीका सडकको निर्माण सुस्त

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ । कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति कम देखिएको हो । खास गरेर चीन सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएका सडकको निर्माण नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएदेखि नै अघि बढिरहेको छैन । त्यतिबेला स्वदेश फर्किएर गएका चिनियाँ फर्किएर नआएकाले निर्माण अघि बढ्न नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा कोभिड शुरु हुँदा वैदेशिक लगानीका सडकमा भौतिक प्रगति कम थियो । अहिले दोस्रो चौमासिकसम्म पनि निर्माण अघि नबढेकाले प्रगति अझै…
Read More
दुई चिनियाँसहित ४ जना पक्राउ

दुई चिनियाँसहित ४ जना पक्राउ

काठमाडौं । दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् । प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा उनीहरू लाई पक्राउ गरेको हाे ।काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो । उनीहरुले १९ कात्तिकमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई…
Read More
डोनाल्ड ट्रम्पलाई तत्काल सत्ताबाट हटाउन माग

डोनाल्ड ट्रम्पलाई तत्काल सत्ताबाट हटाउन माग

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल सत्ताबाट हटाउनु पर्ने माग गर्नेहरु बढ्न थालेका छन् । ट्रम्पका समर्थकहरुले संसद भवनमा आक्रमण गरि हिंसात्मक गतिविधि गरेपछि यस्तो माग हुन थालेको हो । नोभेम्बर ३ मा भएको चुनावको नतिजा अस्वीकार गरि बिना प्रमाण धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले आफ्ना समर्थकलाई हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोप लागेको छ । संसद भवन र त्यस वरपर भएको हिंसात्मक गतिविधिमा चारजनाको ज्यान गएको छ । ट्रम्पको उक्साहटमा भएको प्रदर्शन आन्तरिक आतंकवाद रहेको र त्यसका लागि ट्रम्पलाई तत्काल हटाउनु पर्ने सांसद म्याडलेइनी डिनले सदनमा माग गरिन् । ट्रम्पका मन्त्री मण्डलमा पनि संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थालाई…
Read More
सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः मिनेन्द्र रिजाल

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै डा.रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे । उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।” संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो । फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य डा रिजालले आगामी फागुनमा काँग्रेसको महाधिवेशन सम्भव नरहेको बताए । संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन…
Read More
प्रतिनिधि सभा विघटन हुँदा सत्यानाश भएको छैन : खिमलाल भट्टराई

प्रतिनिधि सभा विघटन हुँदा सत्यानाश भएको छैन : खिमलाल भट्टराई

काठमाडाैं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा सत्यानाश नभएको दावी गरेका छन् । राष्ट्रिय सभाकाे बिहीबारकाे बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका भट्टराईले पार्टीभित्रैबाट सरकारलाई काम गर्न नदिएकाले प्रतिनिधि सभा विघटनकाे अवस्था आएको बताएका छन् । ‘तर, यो अहिले प्रचार गरिएजस्तो सत्यानाश होइन,’ उनले भने, ‘राष्ट्रिय सभा, प्रदेश सभाहरु अहिले पनि नभएका होइनन् ।’ उनले सरकार र संसद दुवै चल्न नसक्ने परिस्थिति भएकाले यो अवस्था आएको बताएका छन् । धमिलिन खोजेको राजनीतिलाई सङ्लो बनाउन जनतासम्म जानका लागि यो अवस्था आएको उनले बताएका छन् । आफ्नो सरकारले काम नगर्ने ठान्दा र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.