Year: 2021

प्रतिनिधि सभा विघटनबिरुद्ध कांग्रेसले भाेलि ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

प्रतिनिधि सभा विघटनबिरुद्ध कांग्रेसले भाेलि ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोली ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ प्रतिनिधि सभा विघटनबिरुद्ध प्रदर्शन गर्ने भएकाे छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विरोध कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बुढानिलकण्ठ जाने छन । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत गोलढुंगामा आयोजना हुने विरोध सभामा जाने भएका छन् भने प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ को ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुने भएका छन् । यसैगरी क्षेत्र नम्बर ४ को दुबै निर्वाचन क्षेत्रमा नेता गगन थापाले कपन, ह्याण्डबल मैदानमा सम्बोधन…
Read More
नेकपाका नेताहरुसँग चिनियाँ राजदूत यान्छीको गोप्य भेटघाट

नेकपाका नेताहरुसँग चिनियाँ राजदूत यान्छीको गोप्य भेटघाट

काठमाडौं । अनाैपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएकाे दिनदेखि नै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले साेही पार्टीका शीर्ष नेताहरूसँग गाेप्य भेटवार्ता सुरू गरेकी छन्। नेकपाका उच्चस्तीय नेताहरुसँग गोप्य भेटघाट शुरु गरेर मिल्न सुझाव दिइरहेकी छन्। उच्च सुरक्षा स्रोतका अनुसार बुधबार दिउँसो गृहमन्त्री रामबहादुर थापासँग गोप्य भेटघाट गरेकी यान्छीले विहिबार नेकपाका अर्का नेता वामदेव गौतमसँग नक्सालस्थित एक रेष्टुरेण्टमा भेटघाट गरेकी थिइन् । उनले दुवै जनासँग भेटघाटकाे क्रममा सकेसम्म विवाद मिलाउन दबाब दिएकी थिइन्। बुधबार मात्रै यान्छीले केपी ओली समूहका अन्य नेताहरुलाई भेटघाट गरेकी थिइन । उनले नेताहरुको व्यवस्थापनमा समस्या रहेकाले त्यसलाई जसरी टुंग्याएर अघि बढ्न चिनियाँ नेताहरुको सुझाव रहेको…
Read More
नेविसंघले गर्‍याे उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध

नेविसंघले गर्‍याे उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनिधि सभा विघटनकाे विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासहित उल्टो यात्रा तय गरेकाे छ । काठमाडौंमा उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध जनाउँदै नेविसंघका नेता कार्यकर्ता माइतीघर मण्डलाबाट बानेश्वरसम्म पुगेका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलियासहित हजाराैं कार्यकर्ताकाे सहभागिता थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको नेविसंघले जनाएकाे छ। प्रधानमन्त्रीले संविधान मिचेर उल्टो बाटो हिडेकाले सच्चिका लागि दबाब स्वरूप उल्टाे हिँडेर विरोध गरिएकाे हाे। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै…
Read More
प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान खोष्टोमा परिणत हुन्छ : नारायणकाजी श्रेष्ठ

प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान खोष्टोमा परिणत हुन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरेमा व्यवस्था नै जाने खतरा उत्पन्न हुने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रवक्ता श्रेष्ठले संबिधानले दिदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभाको विघटन गरिएको बताउदै सर्वोच्चले संबिधान अनुसार नै फैसला दिने विश्वास व्यक्त गरेका छन् । उनले सर्वोच्चले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई सदर गरेमा त्यो संबिधान विपरित हुने र व्यवस्था नै समाप्त हुने खतरा उत्पन्न हुने चेतावनी दिए । उनले सर्वोच्चले संबिधान संशोधन गर्ने प्रयास गर्यो भने यो संबिधान कागजको खोष्टोमा परिणत हुने र समग्र व्यवस्था नै खतरामा पर्ने…
Read More
१६५ किलो गाँजासहित ८ जना पक्राउ

१६५ किलो गाँजासहित ८ जना पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले १६५ किलो लागुऔषध गाँजासहित ८ जनालाई पक्राउ गरेकाे छ । मनहरी गाउँपालिका ८, सिमपानीस्थित सडकबाट ६५ किलो गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजासहित ८ जनालाई आज बिहान पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । यस्तै, मकवानपुरकै मनहरी गाउँपालिका-६, रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट १०० किलो गाँजा आजै बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Read More
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेको छ । छापावाला सुन बिहीबार प्रतितोला ९५ हजार ४०० रूपैयाँमा कारोबार भएकोमा आज ९५ हजार ३०० रूपैयाँ काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ८०० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।
Read More
प्रधानमन्त्रीलाई लोकतन्त्र विरोधी भन्दा अपमान हुन्छ : मुख्यमन्त्री पोखरेल

प्रधानमन्त्रीलाई लोकतन्त्र विरोधी भन्दा अपमान हुन्छ : मुख्यमन्त्री पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताएका छन् । कपिलवस्तुमा भएकाे एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर प्रतिनिधि सभा विघटन गरेको दावी गरे । उनले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहका नेताहरुलाई सुझाव समेत दिएका छन् । प्रदेश सरकारले हुलाकी सडक निर्माणलाइ प्रथामिकतामा राखेर काम गरिरहेकाे बताउदै उनले सडक निर्माण पछि नागरिकहरुको दैनिकीमा समेत परिवर्तन हुने बताए । मुख्यमन्त्री पोखरेलले सुकुम्बासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई सरकारले तत्काल लालपुर्जा उपलव्ध गराउने बताए ।
Read More
पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

काठमाडाैँ । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो । एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ । त्यसैगरी कोरोनाका कारण सोलुखुम्बू घर भई विगत…
Read More
प्रधानमन्त्री ओली धनगढी नपुग्दै बिरोध प्रदर्शन सुरु

प्रधानमन्त्री ओली धनगढी नपुग्दै बिरोध प्रदर्शन सुरु

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न जाँदैछन् । प्रधानमन्त्री ओली विहान १० धनगढी प्रस्थान गर्ने भनिएपनि माैसमका कारण केहि ढिला भएकाे छ। तर प्रधानमन्त्री ओली  पुग्न नपाउँदै धनगढीमा विरोध सुरु भइसकेको छ। नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रचण्ड-नेपाल समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेर प्रदर्शन गरेकाे हाे । प्रधानमन्त्री ओली धनगढी जाने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यव्स्था कडा बनाएकाे छ । कार्यक्रममा सहभागी हुन जानेहरूलाइ कालाे मास्क लगाउन समेत प्रतिवन्ध लगाइएकाे छ ।
Read More
प्रधानमन्त्री ओली धनगढी जाँदै, कालो मास्क लगाउन प्रतिवन्ध

प्रधानमन्त्री ओली धनगढी जाँदै, कालो मास्क लगाउन प्रतिवन्ध

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली राजधानी बाहिर जाँदैछन् । आफ्ना पक्षका स्थानीय नेता कार्यकर्ता भेट्न ओली आज धनगढी जान लागेका हुन् । सूदुर पश्चिममा यतिबेला नेकपाका दुइ गुटले विपक्षी गुटका नेता कार्यकर्तामाथि कार्बाही गर्ने लहर नै चलेको छ । हालै नेकपा दाहाल नेपाल गुटका नेता भीम रावलमाथि कारबाही भएको छ । रावल प्रधानमन्त्री ओलीका आलोचक रहिआएका छन् । ओलीले आफ्नो गुटको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा विघटन गरेपछि राजधानी बाहिर निस्कँदै गरेका प्रधानमन्त्री ओलीलाई विरोध गर्ने सम्भावित तयारीलाई स्थानीय प्रशासनले कडाईकासाथ नियन्त्रण गर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.