Year: 2021

‘नेपालमा देखिएको कोरोना भाइरस यी ५ देशबाट भित्रिएको हो’

‘नेपालमा देखिएको कोरोना भाइरस यी ५ देशबाट भित्रिएको हो’

काठमाडौं । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइरसको अनुवांशिक अनुक्रमीय व्याख्या सर्वेक्षणका क्रममा यस्तो पाइएको छ । नेपालमा देखिएको कोरोना भाइरसको सम्भावित स्रोत भारत, साउदी अरेबिया, युरोप र संयुक्त राज्य अमेरिकामा भएको देखिएको छ । अनुसन्धानमा सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको पाइएको छ । यस्तै देशभर ५९ दशमलव ३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसारको प्रयोग गरेको…
Read More
शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर (आज) शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् । कोरोना महामारीका कारण चालु आवको बितेका पाँच महिनामा अपेक्षाकृत…
Read More
नेकपाका दुबै पक्षको निवेदन दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार

नेकपाका दुबै पक्षको निवेदन दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षले गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार गरेको छ । दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरुले उपलब्ध गराएका चिठीपत्र र जानकारी कै आधारमा मात्र पार्टी संरचनागत हेरफेरको विवरण अभिलेखीकरण गर्न नसकिने आयोगले उल्लेख गरेको छ । यही कुरा उल्लेख गर्दै आयोगले बिहीबार दुवै पक्षलाई ऐन नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको छ । आयोगले दुवै पक्षलाई एकैखाले पत्र पठाएर त्यस्तो जानकारी गराएको छ । आयोगले त्यसमा राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन सात दिनको समय दिएको छ । पुस ५…
Read More
ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध

ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध

एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ । ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’ यसअघि पनि ट्वीटरले ६ जनवरीमा डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो ।
Read More
आज पौष २५ गते शनिबारको राशिफल

आज पौष २५ गते शनिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्यपनि सबल नै रहनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । तुला तुला (रा, रि,…
Read More
नेपाली राजनीतिमा चिनियाँहरूको फोहोरी खेल जारी

नेपाली राजनीतिमा चिनियाँहरूको फोहोरी खेल जारी

काठमाडाैँ । पछिल्लाे समय नेपालकाे आन्तरिक राजनीतिमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको क्रुर हस्तक्षेप मात्रले नपुगे पछी सम्पुर्ण लाजशर्म पचाउदै चीनले अब नेपालको राजनीतिमा दखल दिन एजेन्ट नै खटाउने कार्य थालेको भेटिएको छ। यहाँ सम्म कि उनीहरूले नेपालको न्यायपालिकामा नै बिचौलियाहरूकाे ब्यवस्थापन गर्न खोजेका छन । उच्च स्राेतका अनुसार चिनियाँ राजदूत यान्छीले हिजाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता वामदेव गौतमसँग करीव एक घण्टा लामो भेटघाट गरेर चिनियाँ उद्देश्यबारे बताएकी छिन । स्राेतले भन्याे,' भेटघाटकाे क्रममा राजदूत  यान्छीले  वामदेव गौतमलाई चिनियाँ उद्देश्य नेपाली उद्देश्य भन्दा बढी महत्वपूर्ण रहेको बताएकी थिइन्।' स्राेतका अनुसार चिनियाँहरूले प्रचण्ड र माधव नेपाल समूहका अधिकांश नेताहरूलाई…
Read More
भीम रावलले प्रधानमन्त्रीमाथि लगाए यस्ताे गम्भीर आराेपमा

भीम रावलले प्रधानमन्त्रीमाथि लगाए यस्ताे गम्भीर आराेपमा

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए । त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर एक कोही हो भने केपी शर्मा ओली हो ।’ शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक…
Read More
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को पर्सामा ३, बारामा ४, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा…
Read More
प्रियंका चोपडाले लकडाउनको नियम तोडेपछि पुग्याे प्रहरी

प्रियंका चोपडाले लकडाउनको नियम तोडेपछि पुग्याे प्रहरी

काठमाडाैँ । फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन् । अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ । यद्यपि, प्रियंका चोपडा र जोश वुडमाथि जरिवाना भने लगाइएको छैन । प्रहरीका प्रवक्ता मेल अनलाइनसँगको कुराकानीमा प्रहरीलाई बेलुका ५ः४० मा यसबारे जानकारी दिइएको बताए । हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गरेको बताइएपछि प्रहरी सैलुनमा पुगेको र सैलुनका मालिकलाई कोभिड–१९ सँग सम्बन्धित सबै नियम पालना गर्न निर्देशन दिइएको जनाइएको छ । उनीमाथि कुनै जरिवाना नतोकिएको पनि जानकारीमा उल्लेख छ। सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युकेमा लकडाउनको घोषणा गरेका…
Read More
प्रधानमन्त्रीले भने-एकपटक संविधान पढ्नुस्, के छ त्यसमा?

प्रधानमन्त्रीले भने-एकपटक संविधान पढ्नुस्, के छ त्यसमा?

धनगढी । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु । ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.