बलात्कार प्रयासकाे आरोपमा प्राधिकरणका कर्मचारी पक्राउ

विराटनगर । बालिका बलात्कार प्रयासकाे आरोपमा विद्युत प्राधिकरणका एक कर्मचारी पक्राउ परेका छन् ।

मोरङको बेलबारीस्थित विद्युत प्राधिकरणमा कार्यरत सुन्दरहरैँचा नगरपालिका–२ का ४० वर्षीय लेखनाथ रिजाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार रिजाल प्राधिकरण बेलबारी शाखाका मिटर रिडर हुन्।

प्राधिकरणले खटाए अनुसार उनी घर–घरमा मिटर रिडिङ गर्न जाने गर्थे । त्यस क्रममा बेलबारीकी १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोप रिजालमाथि छ। मिटर रिडिङ गर्न पुगेका रिजालले घरमा एक्लै भएको अवस्थामा जबरजस्ती तानेर बालिकालाई गत आइतबार बलात्कार गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पक्राउ गरिएको ढकालले बताए।

उनका अनुसार पक्राउ परेका रिजालविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान थालिएको छ। यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.