नेकपा प्रचण्ड-नेपाल समूहले देशव्यापी अन्तर्क्रिया गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले मंगलबार राजधानी काठमाडाैं र विभिन्न शहरहरुमा अन्तर्किया गर्दैछ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमविरुद्ध खबरदारी गर्न र यो कदम उल्ट्याउन देशव्यापीरुपमा अन्तर्क्रिया गर्न लागिएकाे हाे । अन्तर्क्रियाको नेतृत्व अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटीका अन्य सदस्यहरुले गर्दै छन्।

प्रचण्ड-नेपाल समूहले सोमबारको स्थायी कमिटी बैठकले ओलीकाे कदमविरुद्ध आन्दोलनलाई अझ सशक्त बनाउनका लागि विपक्षी दल र नागरिकसमाजसँग सहकार्य गर्न पहल तीव्र बनाउने निर्णय गरेको थियो।

यस्तै सोमबारको बैठकले केन्द्र, प्रदेश र जिल्लास्तरीय पदाधिकारी छनौटलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्नका लागि अध्यक्ष नेपालको नेतृत्वमा गृहकार्य कार्यदल गठनसमेत गरेको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.