Year: 2021

प्रधानन्यायाधीशको बचाउ गर्दै माधव नेपालले थर्काए ओलीलाई

प्रधानन्यायाधीशको बचाउ गर्दै माधव नेपालले थर्काए ओलीलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु वाहियात कुरा भएको बताएका छन् । उनले जबरको बचाउ गर्दै संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको बताएका छन् । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरै नगर्नुहोस्, राम्रो काम गर्ने प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, बुद्धिजीवि, पत्रकार र उहाँलाई साथ नदिने सबैको ओलीजी विरोधी हुनुहुन्छ,’ उनले भने। अध्यक्ष नेपालले न्यायालयका बारेमा जहाँ पायो त्यहीँ कुरा गर्न नहुने भन्दै न्यायालय संवेदनशील निकाय भएको बताए । उनले न्यायालयमा देखिएको समस्या हल गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास गरिरहेको हुनसक्ने पनि उल्लेख गरेका छन् ।
Read More
दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक: समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह

दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक: समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठकले अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानसँग आग्रह गरेको छ। बुधबारदेखि सुरु भएको दुई दिने बैठकमा रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तानलगायतका प्रमुखहरु सहभागी भएका थिए। बैठकपछि अफगानिस्तानबारे घोषणापत्र जारी गर्दै सहभागी ती देशका प्रतिनिधिले सो आग्रह गरेका हुन् । सात देशका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी बैठकले महिला, बालबालिका र अल्पसंख्यक समुदायको आधारभूत अधिकार सुनिश्चित गर्न पनि अफगान सरकारसँग आग्रह गरेको छ । तालिवानले अगस्टमा काबुल कब्जा गरेपछिको सुरक्षा अवस्थाबारे बैठकमा समीक्षा गरिएको थियो । सरकारमा राजनीतिक शक्तिसहित समाजका विभिन्न पक्षको सहभागीता हुनुपर्ने र यसले सम्पूर्ण अफगानीको प्रतिनिधित्व…
Read More
विप्लव नेतृत्वको नेकपाले किन गर्‍यो एकाएक नेपाल बन्दको घोषणा ?

विप्लव नेतृत्वको नेकपाले किन गर्‍यो एकाएक नेपाल बन्दको घोषणा ?

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। सरकारले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ती जारी गर्दै देशव्यापी प्रदर्शन गर्ने बताए। बिप्लवले विज्ञप्तिमार्फत् मुल्यवृद्धिलाई सरकारी दोहन समेत भनेका छन् । ‘यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामू छ’ विज्ञप्तिमा भनिएको छ। यस्तै, महासचिव विप्लवले जनताको भावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिल पनि गरेका छन् । सरकारले बुधबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र…
Read More
रक्सी खाएर मध्यराति इन्स्पेक्टरलाई थर्काउने कांग्रेस नेता पक्राउ

रक्सी खाएर मध्यराति इन्स्पेक्टरलाई थर्काउने कांग्रेस नेता पक्राउ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गणेशपुरले रक्सी खाएर मध्यराति फोनबाट इन्स्पेक्टरलाई थर्काउने कांग्रेस नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादव रहेका छन् । उनलाई बुधबार राति ९ बजे प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार यादवले जयनगर गाउँपालिका- ६ खरेनी चोकमा स्थानीयसँग झगडा गरेको थिए । पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ…
Read More
महामन्त्रीमा गगन र विश्वप्रकाशसँग भिड्ने प्रदीप पौडेलको घोषणा

महामन्त्रीमा गगन र विश्वप्रकाशसँग भिड्ने प्रदीप पौडेलको घोषणा

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १४ औं महाधिवेशनमा केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। युना नेता पौडेलले गृह जिल्ला तनहुँमा आयोजित एक कार्यक्रममा आफू कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भएको घोषणा गरेका हुन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको चियापान कार्यक्रममा पुगेर पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे। उनले पार्टीमा आफूले पाएका सबै जिम्मेवारीलाई इमान्दारीपूर्वक पुरा गरेको बताउँदै त्यसको मूल्यांकन अब हुनुपर्ने बताएका छन्। ‘मैले पाएको जिम्मेवारीमा परीणाम आउने गरी काम गरेको छु र त्यसको मूल्यांकन पार्टीपंक्तिले गरेको नै छ। समस्याको पहिचान गरेर समाधान दिनसक्ने व्यक्तिले नै जिम्मेवारी लिने हो,’ पौडेलले भने, ‘त्यसैले आसन्न महाधिवेशनमा मैले कांग्रेसको…
Read More
प्रधानन्यायाधीश राणा किन एकाएक पुगे राष्ट्रपति कार्यालय ?

प्रधानन्यायाधीश राणा किन एकाएक पुगे राष्ट्रपति कार्यालय ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलास नबसी राष्ट्रपति कार्यालय पुगेका छन्। आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका राणा इजलास नबसी शीतल निवास पुगेका हुन्। उनी प्रदेश प्रमुखको सपथ समारोहका लागि राष्ट्रपति कार्यालय पुगेका हुन्। सर्वाेच्च अदालतमा आज तनावग्रस्त भएको थियो। नेपाल बार एसोसिएसनको विरधे सभामा प्रहरी हस्तक्षेप हुँदा झडपसमेत भएको हो। प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै नारा लगाइएकाे थियाे– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनीमा दे ! त्यस्तै बारले अन्दाेलनकाे स्वरुप फेरेपछि सर्वाेच्चमा थप प्रहरी परिचालन गर्दै सुरक्षा व्यवस्था कडा पारिएकाे छ…
Read More
बाग्मतीमा मन्त्री बन्न लागेका निमा लामाकाे नियुक्ति रोकिइयो

बाग्मतीमा मन्त्री बन्न लागेका निमा लामाकाे नियुक्ति रोकिइयो

मकवानपुर : बाग्मती प्रदेश सरकारमा बिहीबार माओवादीका शालिकराम जम्कट्टेल मात्र मन्त्री हुने भएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेको भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भएपछि चर्चामा भएका निमा लामाले तत्काल मन्त्रीको नियुक्ति खाने सम्भावना टरेको स्रोत बताउँछ । बाग्मतीमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेकै दिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई मन्त्री नियुक्त गरेका थिए । चार सदस्यीय सरकार चलाउँदै आएका पाण्डेले २२ कात्तिकमा विश्वासको मत प्राप्त…
Read More
अन्तत: राजीनामा दिन शीतल निवास पुगे प्रधानन्यायाधीश राणा !

अन्तत: राजीनामा दिन शीतल निवास पुगे प्रधानन्यायाधीश राणा !

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पदबाट राजीनामा दिने निष्कर्षमा पुगेको बताइएको छ । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् । स्राेतका अनुसार प्रधानन्यायाधीश राणा इजलास नबसी राष्ट्रपति कार्यालय पुगेका हुन्। आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका राणा इजलास नबसी शीतल निवास पुगेका हुन्। प्रधानन्यायाधीश राणाले बिहीबार राष्ट्रपतिलाई राजीनामा बुझाउन शीतल निवास पुगेकाे स्रोतले बताएको छ तर औपचारिक पुष्टि हुन बाँकी छ । प्रधानन्यायाधीश राणानिकट स्रोतले भन्यो, ‘न्यायालयमाथि जसरी आक्रमण सुरु भएको छ, यसको निकासका लागि सम्माननीयज्यू राजीनामा दिने…
Read More
धर्म संस्कृति जोड्न पशुपतिनाथदेखि काशीनाथसम्म‍ मोटरसाइकल र्‍याली

धर्म संस्कृति जोड्न पशुपतिनाथदेखि काशीनाथसम्म‍ मोटरसाइकल र्‍याली

काठमाडौँ । पशुपतिनाथ मन्दिरदेखि भारतको काशीसम्म मोटरसाइकल र्‍याली सुरु भएको छ । भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय दूतावासले बिहीबार काशीसम्म मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो । काशीसम्मको र्‍यालीमा ५० वटा मोटरसाइकलमा तीन जना भारतीयसहित सबै नेपाली सहभागी छन् । पशुपतिदेखि काशीसम्मको एक हजार किमीको दूरी छ । छैठौ दिनमा मोटरसाइकल चालकहरू काठमाडौँ आउने छन् । भोलिसम्ममा काशी पुग्‍न सक्ने योजना रहेको र्‍यालीमा सहभागी मोटरसाइकल चालकले जानकारी दिएका छन् । र्‍यालीमा सहभागीलाई बिदाइ गर्न नागरिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र नेपालका लागि भारतीय राजदूत विनय क्‍वात्राले एक साथ बिदाइ गरेका थिए । मोटरसाइकल र्‍यालीले दुवै…
Read More
अमेरिकी प्रतिनिधिमन्डल ताइवान पुगेपछि चीन क्रुद्ध, बेइजिङले भन्यो–आगोसँग कहिल्यै नजिस्किनू

अमेरिकी प्रतिनिधिमन्डल ताइवान पुगेपछि चीन क्रुद्ध, बेइजिङले भन्यो–आगोसँग कहिल्यै नजिस्किनू

एजेन्सी : चीनले आगोसँग नजिस्कन अमेरिकालाइ चेतावनी दिएको छ । अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला चीनको चेतावनी आएको हो । ‘अमेरिकाले आगो चलाएको छ, यसले उसैलाई जलाउने निश्चित छ,’ चीनले चेतावनीयुक्त भाषामा भनेको छ । अमेरिकी प्रतिनिधिमन्डलको ताइवान भ्रमणलाई चीनले ‘जोखिम र उत्तेजक’ भन्दै यसले एक चीन नीतिको उल्लंघन गरेको आरोप लगाएको छ । ‘ताइवानको स्वतन्त्र फौजसँग अमेरिकाको साँठगाँठ खतरनाक खेल हो । आगोसँग खेल्दा त्यसैले आफैलाई जलाउँछ,’ चीनका विदेशमन्त्री वाङ लीले भने । तर, अमेरिकी रक्षा मन्त्रालयले आफ्ना सांसदहरुको ताइवान भ्रमण समान्य भएको जनाएको छ । अमेरिकी संसदको प्रतिनिधिमन्डल अमेरिकी सेनाको विमानबाट ताइवान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.