Year: 2021

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं : ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान ग्वार्काे चोकमा ना६ ख१९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो । तर, उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
Read More
घरपालुवा कुकुरमा पनि देखियो कोरोना संक्रमण

घरपालुवा कुकुरमा पनि देखियो कोरोना संक्रमण

एजेन्सी : बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ । मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो । कुकुरमा अर्को कुनै जनाबरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको एपीएचएले जनाएको छ । घरपालुवा जनावरले सीधै मानिसलाई भाईरस सारेको कुनै प्रमाण नभेटिएको एपीएचका भेटनरी अधिकृत क्रिष्टाइन मिडलमिसले बताए । कोभिडबाट कुकुर संक्रमित भएको यो दुर्लभ घटना हो…
Read More
कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए । महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउने तथा महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरू तयार पार्न संयोजकहरू तोक्ने बताइएको छ । निर्वाचन समितिले भदौ १८ देखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाए पनि आन्तरिक…
Read More
कस्तो रहनेछ तीन दिनको मौसम ?

कस्तो रहनेछ तीन दिनको मौसम ?

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ कार्तिक २५ गते (बिहिबार) दिउँसोः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। २०७८ कार्तिक २६ गते (शुक्रबार) दिउँसोः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया…
Read More
श्रममन्त्रीको आपत्तिजनक अभिव्यक्ति

श्रममन्त्रीको आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । ‘दुईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२/१४ जना मन्त्री बनायो,’ उनको भनाइ थियो । ओलीले मन्त्रीमा श्रीमान् श्रीमतीलाई आलोपालो अवसर दिएको र मन्त्रीलाई खरिदार, मुखियाजस्तो सरुवा गरेको टिप्पणीसमेत मन्त्री श्रेष्ठले गरेका थिए । श्रेष्ठ एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् । मन्त्रीको अभिव्यक्तिबारे बुझेर पार्टीले कदम चाल्ने महासचिव वेदुराम भुसालले बताए । ‘उहाँले के भन्नुभएको छ, त्यो त मलाई शब्दशः थाहा छैन तर केपी ओलीले…
Read More
प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, बेलकाले गठन गर्‍याे छानबिन समिति

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, बेलकाले गठन गर्‍याे छानबिन समिति

उदयपुर : उदयपुरको बेलका नगरपालिका– ४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएकाे छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितताको समाचार बिभिन्न सञ्चारमाध्यममा आएपछि नगरपालिकाले नगरस्तरीय निर्णय गरेर लेखा समितिलाई छानबिन गर्ने जिम्मा दिएको हाे । मेयर दुर्गाकुमार थापाले नगरपालिकाको लेखा समितिका संयोजक तथा वडा नम्बर ९ का वडाध्यक्ष मोहन घिमिरेको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन भएकाे जानकारी दिए। सदस्यमा कुमारी अधिकारी र पुन्यवती रेग्मी रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रेस गर्न भनिएकाे छ । बेलका नगरपालिकाले वडा कार्यालयको रोहबरमा उपभोक्ता समिति गठन गरी सूचीकृत श्रमिकलाई काममा लगाएको बताउँदै आएको छ…
Read More
इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

सुनसरी : सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै बहिष्कार गरेर निस्केका चौधरीले पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तैयुब हुसेन र जगदिश कुसियतले पार्टीलाई निजी कम्पनीजस्तो सेयर होल्डर बाँडेर चलाएको आरोप लगाएका हुन् । उनले पार्टी तैयब हुसेन, जगदीश कुशियत र भीम आचार्यको पेवा जस्तो देखिएको बताउँदै भने, ‘नेतृत्व नायक हुन्, बिर्तावाल होइनन् ।’ चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारबाही गर्नसमेत माग गरेका छन् ।…
Read More
किन आफूखुसी रुद्राक्षको माला लगाउनु हुँदैन ?

किन आफूखुसी रुद्राक्षको माला लगाउनु हुँदैन ?

काठमाडौं : रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो । साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ । अचेल नेपाल, बर्मा, थाइल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्ष पाइन्छन् । दक्षिण भारतको पश्चिमी घाटको केही क्षेत्रहरूमा यसका रूख पाइन्छन् । तर, उच्च गुणस्तरको रुद्राक्ष हिमाली भेगको निश्चित उचाइमा पाइन्छ, किनकि यसमा माटो, वातावरण र सबैकुराले प्रभाव पार्छन् । कुन रुद्राक्ष उत्तम— एकमुखी, पञ्चमुखी वा अन्य ? रुद्राक्षको दाना एकमुखीदेखि एक्काइस मुखीसम्म हुन्छ । यिनलाई फरक–फरक प्रयोजनको निम्ति लगाइन्छ, त्यसैले जस्तोसुकै पसलमा गएर जुनसुकै रुद्राक्ष लगाउनु उचित हुँदैन । गलत किसिमको रुद्राक्षले तपाईंको जीवनलाई अस्तव्यस्त बनाउन सक्छ । अधिकांश मानिसहरू एउटा मात्रै…
Read More
न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

एजेन्सी । न्युजिल्याण्ड आइसिसि टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ५ पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगेको हो। दुबईको अबुधाबीमा भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ५ विकेट गुमाउँदै ६ बलअघि नै भेट्टायो। न्युजिल्याण्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक भएको थियो। खराब शुरुवात गरेको न्युजिल्याण्डलका लागि डेरिएल मिचेचल र ड्वेन काउनवेले टिम शानदार प्रदर्शन गरे। मिचेलले नटआउट ७३ रन बनाए भने काउनवेले ४६ रन बनाएका थिए। तर न्यूजिल्याण्डको जितमा जेम्स निशमको महत्वपूर्ण योगदान रह्यो। उनले सुरुदेखि नै हिटिंग गरेका थिए। १७ औं ओभरमा कृस जर्डानको ओभरमा २३ रन…
Read More
यस्तो छ कार्तिक २५ गते बिहीबारको राशिफल

यस्तो छ कार्तिक २५ गते बिहीबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक २५ गते बिहीबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.