Year: 2021

यसकारण बिहे गर्न चाहदैनन् अभिनेता सलमान खान

यसकारण बिहे गर्न चाहदैनन् अभिनेता सलमान खान

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान अहिले ५४ बर्षका भए तर पनि बिबाह भएको छैन । आफ्नो फिल्मि करियरमा उनको नाम दर्जनौँ चर्चित नायिकाहरुसँग जोडिदै आएको छ । उनको संगीता बिजलानी, ऐश्वर्या राय, कैटरीना कैफ लगायतका सुन्दर नायिकासँग नाम जोडिसकेको छ । तर पनि उनी ५४ बर्षको भइसक्दा पनि सिंगल नै छन् । उनको जिन्दगीमा धेरै सुरा सुन्दरीहरुले इन्ट्री त मारे तर पनि सलमानसँग घरबार बसाउन सकेनन् । तर यसो हुनुमा उनले आफ्नै कारण देखाएका छन् । उनले पहिलो पटक एक अन्तर्वार्तामा आफ्नो रिलेशनसिपका विषयमा मुख खाेलेकाका हुन् । अन्तर्वार्तामा उनलाई घरमा विवाहको कुरा हुन्छ कि हुदैन भनेर सोधिएको थियो…
Read More
रिक्सा ड्राइभरसँग भागेकी करोडपतिकी श्रीमती पैसा सकिएपछि फर्किइन्

रिक्सा ड्राइभरसँग भागेकी करोडपतिकी श्रीमती पैसा सकिएपछि फर्किइन्

एजेन्सी । छिमेकी देश भारतको मध्य प्रदेशस्थित इन्दौरकी एक करोडपतिकी श्रीमती भारी पैसा लिएर प्रेमीसँग भागेको केही दिनपछि पुन: फर्किएर आएकी छिन्। रिपोर्टका अनुसार ४५ बर्षिया ती महिला केही दिनअघि ४७ लाख भारतीय रुपैयाँ (७५ लाख नेपाली रुपैयाँ) लिएर भागेकी थिइन् । उनी सोमबार राती घर फर्किएकी हुन् । फर्किएकी महिलाले अब आफू पुरानै पतिको साथमा बस्न चाहेको बताएकी स्थानीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । फर्केकी ती महिला साथमा लगेको पैसा सकिएपछि फर्किएर घर आएकी बताइएको छ । फर्किएकी महिलाले पुलिसमा गएर बयान पनि दर्ता गराएकी छिन् । उनका प्रेमी अटो ड्राइभर रहेका छन् तर उनी भने सम्पर्कमा नरहेको…
Read More
विराट कोहली र अनुष्काकी छोरीलाई बलात्कार गर्ने धम्की दिएका युवक पक्राउ

विराट कोहली र अनुष्काकी छोरीलाई बलात्कार गर्ने धम्की दिएका युवक पक्राउ

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी विराट कोहली र अभिनेत्री अनुष्का शर्माकी छोरीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन्। आरोपीलाई मुम्बई पुलिसको साइबर सेलले पक्राउ गरेको हो। सुत्रका अनुसार पक्राउ पर्नेमा रामनागेश श्रीनिवास अकुबाथिनी रहेका छन्। उनको उमेर २३ वर्ष रहेको बताइएको छ। उनलाई हैदराबादबाट पक्राउ गरिएको हो। आइसिसि टी–२० विश्वकपमा भारतले हार बेहोरेपछि विराटकी छोरी वामिकालाई बलात्कार गर्ने धम्की दिइएको थियो। अपशब्द प्रयोग गर्दै आरोपीले गाली गरेका थिए। पक्राउ परेका व्यक्तिले वामिकाको बलात्कार गर्ने धम्की दिएका थिए।
Read More
‘सूर्यवंशी’ सय करोड क्लबमा, अहिलेसम्म कति कमायो ?

‘सूर्यवंशी’ सय करोड क्लबमा, अहिलेसम्म कति कमायो ?

एजेन्सी । बलिउड चलचित्र ‘सूर्यवंशी’ले कोरोना महामारीपछि दर्शकलाई हलसम्म फर्काएको छ। राम्रो प्रतिक्रिया पाइरहेको फिल्मले कमाई पनि राम्रै गरिरहेको छ। अक्षयकुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ। मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो। कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ। यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो। यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, सोमबार १४.५१ करोड कमाइ गरेको थियो भने मंगलबार ११.२२ करोडको व्यापार गरेको छ। चलचित्रले हालसम्म भारतीय बक्स अफिसमा १०२.८१ करोडको कमाइ गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।…
Read More
डिजेल, पेट्रोल र ग्यासको मूल्य फेरि बढ्यो, नयाँ मूल्य कति ?

डिजेल, पेट्रोल र ग्यासको मूल्य फेरि बढ्यो, नयाँ मूल्य कति ?

काठमाडौं । नेपालमा फेरि इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने मूल्य बढाएको हो। यससँगै पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढेको छ। अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ। यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ।
Read More
चीनको आलोचना गर्दै दलाई लामाले भने – मेरो लागि ताइवानभन्दा भारत ‘बेस्ट’

चीनको आलोचना गर्दै दलाई लामाले भने – मेरो लागि ताइवानभन्दा भारत ‘बेस्ट’

एजेन्सी। तिब्बती आध्यात्मिक नेता दलाई लामाले चिनियाँ नेताहरूको आलोचना गर्दै ताइवानभन्दा भारत रोज्ने बताएका छन् । ताइवान भ्रमणबाट फर्किएपछि बुधबार भारतीय सञ्चारमाध्यमसँग बोल्दै लामाले बस्नको लागि ताइवानभन्दा भारत रोज्ने बताए। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चीन र ताइवानको अवस्था निकै नाजुक भएकाले बस्नको लागि म भारत नै रोज्छु ।’ यस्तै, लामाले चिनियाँ नेताहरूले विविधतायुक्त संस्कृतिलाई नबुझ्ने भन्दै आलोचना गरे । चीनमा मुख्य जातीय समूह हानको नियन्त्रण अत्यधिक रहेको पनि उनको भनाइ थियो । यसबाहेक, चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने कुनै योजना नभएको पनि उनले बताएका छन् । साथै, अनलाइन पत्रकार सम्मेलनमा दलाई लामाले भारत सरकारप्रति आभार व्यक्त गरेका छन् ।…
Read More
शेरबहादुर र रामचन्द्रबीच गठबन्धन बन्नुपर्छ, फेरि सभापति जित्ने देउवा नै हो : मन्त्री रेग्मी

शेरबहादुर र रामचन्द्रबीच गठबन्धन बन्नुपर्छ, फेरि सभापति जित्ने देउवा नै हो : मन्त्री रेग्मी

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मीले शेरबहादुर देउवा फेरि पार्टी सभापति निर्वाचित हुने बताएकी छन् । १४औं महाधिवेशन नजिकिँदै गर्दा मन्त्री रेग्मीले वर्तमान सभापति देउवा पुनः उठ्ने र जित्नेमा आफू विश्वस्त रहेको बताइन् । उनले पार्टीको उनले भनिन्, ‘उहाँ फेरि सभापतिमा उठ्नुहुन्छ । अरुले पनि प्रतिस्पर्धा गर्न पाइन्छ । तर, उहाँ सभापति हुनुहुन्छ । उम्मेदवारी उहाँले दिनुहुन्छ । सभापति त मेची-महाकालीका प्रतिनिधिले छान्ने कुरा हो । डेलिगेट्सले भोलि देउवालाई बहुमत दिएपछि कसैले पनि विरोध गर्न मिल्दैन । निर्वाध रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अहिले यसो हेर्दा उहाँले जित्ने वातावरण देखिन्छ । उहाँलाई नै…
Read More
प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ । बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् । शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उनको प्रशंसनीय सैन्य कौशल, भारतसँगको साथ लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न उनको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको र्‍यांक प्रदान गरिएको भारतीय सेनाले जनाएको छ । शर्माले नेपाली सेनाको आधुनिकीकरण अभियानलाई जारी राखेकोमा पनि भारतीय सेनाले प्रशंसा गरेको छ । राष्ट्रपति भवनमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरु, दिल्लीस्थित नेपाली राजदूतावासका कुटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारी…
Read More
सुनसरी एमालेमा विवाद : अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक

सुनसरी एमालेमा विवाद : अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक

सुनसरी : सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो। सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधवार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ। २ जेठकाे विषयमा चरम विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो । कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्व जिल्ला अध्यक्ष तथा इटहरी…
Read More
अन्तत: यस्तो शर्त राख्दै प्रधानन्यायाधीश राणा राजीनामा दिन तयार!

अन्तत: यस्तो शर्त राख्दै प्रधानन्यायाधीश राणा राजीनामा दिन तयार!

काठमाडौं । नेपाल बार एसाेसियसनकाे व्यापक विराेधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शर्तसहित राजीनामा दिन तयार भएका छन् । उनले न्यायालयमा व्यापक सुधारसहित राजीनामा दिन तयार रहेको तर त्यसका लागि आफ्नो शर्त सबै न्यायाधीशहरुले मान्नुपर्ने प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने, उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा राजनीतिक भागवण्डाका आधारमा नियुक्त न्यायाधीशहरुले पनि सामूहि राजीनामा दिनुपर्ने सर्त सारेको बुझिएको छ । उनले आफूसहित बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सर्त राखेका छन् । इजलास बस्न नमानेका न्यायाधीशहरुमध्ये केहीमार्फत् जबराले आफू न्यायालयको व्यापक सुधारका लागि तयार भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.