सर्वोच्चमा आज प्रधानन्यायाधीश राणा र वकिलहरुबीच वारपारको लडाइ
काठमाडौं । सर्वोच्च अदालतमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुबीच वारपारको लडाइ हुने भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीले कठोर कदम चाल्ने निर्णय गरेको हुनाले आज वारपारको लडाइ हुने निश्चित देखिएको छ । कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने निर्णय गरेको हुनाले वारपारको अवस्था सिर्जना भएको हो । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार नै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराइसकेको बताइएको छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार…