Year: 2021

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूद्वारा प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न माग

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूद्वारा प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न माग

काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर बजरामाथि छानबिन गर्न माग गरेका छन्। एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्टस् (आइसिजे) र ह्युमन राइट्स वाचले न्यायालयमा देखिएको किचलो सम्पूर्ण न्यायप्रमणली नै अप्ठ्यारोमा परेको जानकारी दिँदै यसको तत्काल समाधान गरिनुपर्ने बताएको छ। सर्वोच्च अदालतमा देखिएको संकटका कारण नेपालमा न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गएको उनीहरूको निष्कर्ष छ। तीनवटै संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै मानव अधिकार र विधिको शासन कायम राख्नका लागि अदालतको विश्वसनीयता र स्वतन्त्रता जोेगाउने र बनाउने गरी तत्काल संकट समाधान गर्न सुझाएका छन्। हाल सर्वोच्च अदालतमा देखिएको गतिरोधका सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले…
Read More
यौनकर्मी जो सिरियल किलर बनिन्, गोली हानेर ग्राहककै लिन्थिन् ज्यान

यौनकर्मी जो सिरियल किलर बनिन्, गोली हानेर ग्राहककै लिन्थिन् ज्यान

एजेन्सी । अमेरिकाको मिशिगनमा जन्मिएकी एलीन वुर्नोसको नाम नेटफ्लिक्समा आएको फिल्मका कारण चर्चामा छ। एलीनलाई ७ जनाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिइसकिएको छ। यौनकर्मी रहेकी एलीनले आफ्नै ७ जना ग्राहकको हत्या गरेकी थिइन्। यद्यपी फिल्म हेरेपछि कतिपयले सहानुभूति देखाएका छन्। उनीहरुले एलीनको कथालाई गलतरुपमा देखाइएको आरोप पनि लगाएका छन्। घटनाको पुरा विवरण यस्तो छः एलीनको जन्म १९५६ मा भएको थियो। उनका मातापिता उनी जन्मिनुभन्दा अघि नै छुट्टिएका थिए। जब उनी ४ वर्षकी थिइन् तब उनी र उनको भाइलाई हजुरबुबा हजुरआमासँगै बस्न पठाइएको थियो। किशोरावस्थामा उनले स्कुल छोडिन् र पछि यौनकर्मी बनिन्। रिपार्टेका अनुसार १९८९–१९९० मा फ्लोरिडामा एलीनले सात जनालाको गोली…
Read More
बालखैमा विहे, फुर्सदमा पछुतो

बालखैमा विहे, फुर्सदमा पछुतो

पोखरा : दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ । २०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले २० वर्ष अगावै विहे गरेका हुन् । ‘यति छोटो अवधिमा बालविवाहको यो तथ्यांक डरलाग्दो हो । कुनै गाउँ छैन बालविवाह नभएको,’ पालिका अध्यक्ष सन्तोष गुरुङ भन्छन्, ‘बाहिर गएर यस्ता तथ्यांक भन्दा पनि लाज लाग्छ । त्यसैले यसको न्यूनिकरण गर्ने रणनीति बनाउन लागेका छौं ।’ उमेर नपुग्दै चेतनास्तर कमजोर भएकोले उमेर नपुग्दै विहे गर्ने चलन धार्चेमा व्याप्त छ । बालविवाह न्यूनीकरणका लागि सामाजिक अभियन्ता एलिजा गुरुङलाई सद्भावनादूत नै नियुक्त गरिएको छ…
Read More
एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेसन प्रतिनिधि

एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेसन प्रतिनिधि

पोखरा : दसौं महाधिवेसनका लागि नेकपा एमालेले गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानेको छ । शनिबार प्रतिनिधि छनोटको कार्यतालिका छ । तर गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम शुक्रबार नै टुंग्याएको हो । खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन् । महिला तर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका कार्यालय सचिव गोविन्द नेपालीले जानकारी दिए । जिल्ला तहबाट प्रतिनिधि छनोट भने शनिबारसम्म टुंगो लगाउँदै छन् ।
Read More
नीलो बिकिनीमा ज्याकलिनको बोल्ड अवतार (तस्वीरहरु)

नीलो बिकिनीमा ज्याकलिनको बोल्ड अवतार (तस्वीरहरु)

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले स्विमिङ पुलमा पोज दिँदै गरेको तस्वीहरु शेयर गरेकी छिन्। ज्याकिलनले आफ्नो इन्स्टाग्राममा हट तस्वीरहरु शेयर गरेकी हुन्। उनको बोल्ड तस्वीरमा फ्यानहरुको विभिन्न प्रतिक्रियाहरु आइरहेको छ। निलो बिकिनीमा ज्याकलिन निकै स्टाइलिस र सुन्दर देखिएकी छिन्। तस्वीरमा उनी निकै खुशी पनि देखिएकी छिन्। फोटोको क्याप्शनमा उनले लेखेकी छिन्, ‘पुल बेबी।’ नायिकाको क्याप्सनले पोखरीमा बस्दा पनि कति रमाइलो हुन्न भन्ने कुराको संकेत गरेको छ। ज्याकलिन यसै वर्ष रिलिन हुन लागेको फिल्म ‘भूत पुलिसमा देखिँदै छिन्। उक्त फिल्ममा सैफ, यामिनी गौतम र अर्जुनको अभिनय रहेको छ।
Read More
सामूहिक बलात्कार मुद्दामा पूर्वमन्त्रीलाई जन्मकैदको सजाय

सामूहिक बलात्कार मुद्दामा पूर्वमन्त्रीलाई जन्मकैदको सजाय

एजेन्सी । समाजवादी पार्टीको सरकारमा खानी मन्त्री रहेका गायत्री प्रजापति र उनका दुई सहयोगीलाई बलात्कारको आरोपमा जन्मकैदको सजाय सुनाइएको छ । शुक्रबार लखनउको ‘एमपी–एमएलए अदालत’ का विशेष न्यायाधीश पवन कुमार राईले उक्त फैसला सुनाएका हुन् । दोषी ठहर भएका सबैलाई २/२ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ । जरिवानाको रकम पीडित महिलाको पुनर्वासका लागि खर्च गरिनेछ । खानी मन्त्री हुँदा गायत्री प्रजापति र उनका अन्य सहयोगीहरू चित्रकूटकी एक महिलालाई सामूहिक बलात्कार र उनकी नाबालिग छोरीलाई बलात्कार गर्ने प्रयास गरेकोमा सामूहिक बलात्कार र पोक्सो ऐनअन्तर्गत दोषी ठहर भएका हुन् । बुधबार फैसला सुनाउँदै अदालतले गायत्री प्रजापतिका अन्य दुई सहयोगी आशिष शुक्ला…
Read More
यस्तो छ कार्तिक २७ गते शनिबारको राशिफल

यस्तो छ कार्तिक २७ गते शनिबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक २७ गते शनिबारको राशिफल हेर्नुहोस्ः मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ। मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा…
Read More
बारले प्रधानन्यायाधीशलाई सर्वाेच्चको गेटमै रोक्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा

बारले प्रधानन्यायाधीशलाई सर्वाेच्चको गेटमै रोक्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा

काठमाडौं : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वाेच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बारले बिहान १० बजेदेखि सर्वाेच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्येनजर गरी सुरक्षा सतर्कता बढाइएको न्युज कारखानालाई बताए । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो । हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा आइरहेको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो । शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको…
Read More
हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढ्दै, चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच नयाँ सहमति

हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढ्दै, चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच नयाँ सहमति

एजेन्सी । हिन्द–प्रशान्त क्षेत्रमा ठूला देशहरुबीचको टकराव बढ्न थालेको छ। विशेषगरी चीन, जापान र अमेरिका आफ्नो उपस्थितिलाई मजबुत बनाउन केन्द्रित भएका छन्। हालै उक्त क्षेत्रमा जापान र अमेरिकाबीच नयाँ सहमति भएको छ। दुई देशको गठबन्धन बलियो बनाउन दुई देश सशमत भएका छन्। प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अमेरिकाका हिन्द–प्रशान्त कमान्ड जोन अक्विलिनाको टोकियो भ्रमणका अवसरमा सहमति भएको हो। भ्रमणका अवसरमा अक्विलिनाले जापानी प्रधानमन्त्री फुमिओ किशिदासँग भेटावार्ता गरेका थिए। भेटमा हिन्द–प्रशान्तमा क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्ना गतिविधि बढाएको र उत्तर कोरियाले हालै प्रहार…
Read More
भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले को-कोसँग गरे भेट ?

भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले को-कोसँग गरे भेट ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँ विभिन्न मन्त्रीसहित उच्च अधिकारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार प्रधानसेनापति शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन्। चारदिने भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले तेस्रोदिन उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । शर्मासँग भेटवार्तापछि ट्वीट गर्दै जयशंकरले लेखेका छन्,‘उहाँसँगको भेटले हाम्रो (नेपाल–भारत) सम्बन्धको घनिष्ठतालाई जोड दिन्छ ।’ उक्त शिष्टाचार भेट पश्चात बिहीबार नै प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गरेका थिए । नेशनल डिफेन्स कलेजमा प्रधान सेनापति शर्मालाई ‘वाल अफ अनर’मा ‘इनडक्ट’ समेत गरियो। यसरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.