यौनकर्मी जो सिरियल किलर बनिन्, गोली हानेर ग्राहककै लिन्थिन् ज्यान

एजेन्सी । अमेरिकाको मिशिगनमा जन्मिएकी एलीन वुर्नोसको नाम नेटफ्लिक्समा आएको फिल्मका कारण चर्चामा छ। एलीनलाई ७ जनाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिइसकिएको छ।

यौनकर्मी रहेकी एलीनले आफ्नै ७ जना ग्राहकको हत्या गरेकी थिइन्। यद्यपी फिल्म हेरेपछि कतिपयले सहानुभूति देखाएका छन्। उनीहरुले एलीनको कथालाई गलतरुपमा देखाइएको आरोप पनि लगाएका छन्।

घटनाको पुरा विवरण यस्तो छः
एलीनको जन्म १९५६ मा भएको थियो। उनका मातापिता उनी जन्मिनुभन्दा अघि नै छुट्टिएका थिए। जब उनी ४ वर्षकी थिइन् तब उनी र उनको भाइलाई हजुरबुबा हजुरआमासँगै बस्न पठाइएको थियो। किशोरावस्थामा उनले स्कुल छोडिन् र पछि यौनकर्मी बनिन्।

रिपार्टेका अनुसार १९८९–१९९० मा फ्लोरिडामा एलीनले सात जनालाको गोली हानी हत्या गरेकी थिइन्। तर उनले त्यसबेला ती मानिसहरुले जबरजस्ती यौनसम्बन्ध राख्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली हानेको दाबी गरेकी थिइन्। ती सातै जनाको उनको ग्राहकका रुपमा गएका थिए।

अदालतले लामो सुुनुवाइपछि अन्ततः एलीनलाई सातमध्ये ६ जना पुरुषको हत्यामा दोषी ठहर गर्दै उनलाई मृत्युदण्ड दिने सजाय सुनाएको थियो। एलीनलाई २००२ मा विषको सुई लगाएर मारिएको थियो।

यो १९ वर्ष पुरानो केस किन चर्चामा भन्ने चासो हुन सक्छ। एलीनको मृत्यु भएको १९ वर्षपछि उनको नाम नेटफ्लिक्समा आएको फिल्मका कारण फेरि चर्चामा आएको हो। ‘ट्रु क्राइम शो’ को दोस्रो एपिसोडमा एलीनको अपराधको किस्सा देखाइएको छ।

उक्त कुरालाई लिएर मानिसहरुले एलीनका साथमा गलत भएको हुनाले उनले ७ जनाको हत्या गरेको हुन सकने प्रतिक्रिया दिएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.