Year: 2021

कहाँबाट को छानिए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचीसहित)

कहाँबाट को छानिए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन् । एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ । एमालेले चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने छ । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवेशनमा नेतृत्व चयन गर्नेछ । अहिलेसम्म प्राप्त निर्वाचित महाधिवेशन प्रतिनिधिहरू १.प्यूठान खुला : हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर…
Read More
भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत…
Read More
आजदेखि दीर्घरोगीलाई फाइजर खोप : क–कसले लगाउन पाउँछन् ?

आजदेखि दीर्घरोगीलाई फाइजर खोप : क–कसले लगाउन पाउँछन् ?

काठमाडौं । कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए । दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर…
Read More
फ्रान्स विश्वकपमा छनोट, हालसम्म कुन कुन टोलीले गरे कतारको टिकट पक्का ?

फ्रान्स विश्वकपमा छनोट, हालसम्म कुन कुन टोलीले गरे कतारको टिकट पक्का ?

एजेन्सी । फ्रान्सले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेको छ। फिफा विश्वकप–२०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा काजकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स एक खेल अगावै विश्वकपमा पुगेको हो। फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिकसहित चार गोल गरे। त्यस्तै करिम बेन्जेमाले दुई गोल गर्दा एड्रिन रोविट र एन्टोनी ग्रिजमनले एक–एक गोल गरे । योसँगै फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेका छन् । कतारले आयोजकको हैसियतमा विश्वकप खेल्नेछ ।
Read More
एमाले बैतडी : १५ जना महाधिवेशन प्रतिनिधि छनाेट

एमाले बैतडी : १५ जना महाधिवेशन प्रतिनिधि छनाेट

बैतडी : नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनका लागि बैतडीमा १५ जना महाधिवेशन प्रतिनिधि छ्नोट गरिएको छ । एमालेले दामोदर भण्डारी, सुरेेन्द्र पाल, मोहन थापा, पुष्करराज जोशी, लिलाधर भट्ट, जसवीर बोहरा, भरत मडै, गोरखबहादुर चन्द, जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट कपाडी, नरेेश विक, लिला विष्ट, सरस्वती नेपाली र धना पहरीलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेकाे हाे । एमालेले आगामी १०-१२ मा चितवनमा महाधिवेशन आयाेजना गर्दैछ । त्यसका लागि वडा, गाउँ/नगर अधिवेशन यसअघि नै सम्पन्न भइसकेकाे छ ।
Read More
अब संसदमा झुठो बाेलेमा छानबिन गरेर रेकर्डबाट हटाइने

अब संसदमा झुठो बाेलेमा छानबिन गरेर रेकर्डबाट हटाइने

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् । धुलिखेलमा भएकाे संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् बैठकमा बोलिएका तथ्यहीन कुरा रेकर्डबाट हटाइने बताए । उनले यसका लागि सार्वजनिक सरोकारका विषयमा ढाट्ने गरी बोलिएका कुराहरुको छानविन गर्न संसद सचिवालयलाई निर्देशन दिए । ‘सबै त नसकिएला । सार्वजनिक सरोकार र चासो भएका विषय माननीयज्यूहरुले कति तथ्यगत बोल्नुहुन्छ हेर्नुहोला,’ सचिवालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘तथ्यहीन रेकर्ड भयो भने पछि भविष्यमा गलत सन्देश प्रवाह हुने सम्भावना रहन्छ । यसमा हामी सचेत हुनुपर्छ ।’ प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदसम्मले तथ्य लुकाउने,…
Read More
सामूहिक बलात्कार भएपछि युवतीले गरिन् आत्महत्या

सामूहिक बलात्कार भएपछि युवतीले गरिन् आत्महत्या

एजेन्सी । गुजरातमा एकपछि अर्को बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन्। दिवालीको लिन सफाई कर्मचारीले ट्रेन सफा गर्दै गर्दा एक युवतीको शव भेटेका थिए। ट्रेनको माथिल्लो बर्थमा १९ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन्। प्रहरीले उनको साथमा मोबाइल फोन भेटाएको थियो। मोबाइलको जाँच गर्दा युवती गुजरातको नवसारीको वासिन्दा भएको खुलेको छ। घटनाको अनुसन्धानका क्रममा एक डायरी पनि भेटिएको छ। उक्त डायरीमा युवतीले लेखेअनुसार आत्महत्याको २ दिनअघि उनी रातको समयमा वडोदरामा उस ठाउँमा जाँदै थिइन् जहाँ डेरामा बस्दै आएकी थिइन्। उक्त बेला २ रिक्सावालाले उनको अपहरण गरेका थिए। त्यसपछि वडोदराको वैक्सीन ग्राउण्डमा लगेर उनको बलात्कार गरिएको थियो। एकजना बसवालाले उनलाई सहयोग गर्दै घरसम्म…
Read More
यस्तो छ आज कार्तिक २८ गते आइतबारको राशिफल

यस्तो छ आज कार्तिक २८ गते आइतबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज…
Read More
जनप्रतिनिधिलाई ‘छोटे राजा’ भन्दा वडाको सेवा नै प्रतिबन्ध

जनप्रतिनिधिलाई ‘छोटे राजा’ भन्दा वडाको सेवा नै प्रतिबन्ध

सल्यान : सल्यानकाे बागचौर नगरपालिका४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनाैँठाे निर्णय लिएका छन् । आफ्नाे र वडाकाे आलाेचना गरेकाे भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् । 'केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएकाे छ । केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ.' वडाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् । के हो घटना ? घटना बिवाहसँग जाेडिन्छ । केसीका भाइले सात महिना अघि…
Read More
अक्षयकुमार सय करोड क्लबका पुराना मेम्बर, यी हुन् ‘सूर्यवंशी’भन्दा पहिले करोडौं कमाएका फिल्महरु

अक्षयकुमार सय करोड क्लबका पुराना मेम्बर, यी हुन् ‘सूर्यवंशी’भन्दा पहिले करोडौं कमाएका फिल्महरु

एजेन्सी । अक्षयकुमार अभिनित फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यस फिल्म कोरोना महामारीपछि दर्शकलाई हल फर्काउन सफल भएको छ। फिल्मलाई दर्शकले अपार माया दिएका छन्। रिलिज भएको एक हप्तामा सूर्यवंशीले १ सय २० करोड कमाएको छ। फिल्मको कमाई अझै बढ्नेछ। तर सूर्यवंशी अक्षयकुमारको पहिलो फिल्म हैन जसले सय करोड कमाएको छ। यसभन्दा अघि उनका केही फिल्महरुले करोडौं कमाइसकेका छन्। २०१९ को क्रिसमसमा रिलिज भएको ‘गुड न्यूज’ले २ सय ५ करोड कमाएको थियो। रजनीकान्त र अक्षयकुमारको अभिनय रहेको फिल्म ‘२.०’ २०१८ मा रिलिज भएको थियो। यो फिल्मले १ सय ९ करोडभन्दा बढी कमाइ गरेको थियो। २०१६ मा रिलिज भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.