कांग्रेस १४औं महाधिवेशनः देउवाको नेतृत्वमा मूल समिति, सातै प्रदेशमा तोकिए प्रदेश संयोजक
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति बनाएको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले मूल तयारी समिति र विभिन्न उपसमिति गठन गरेको हो । कांग्रेसले सभापति देउवाकै नेतृत्वमा मूल समिति बनाएको छ । देउवा नेतृत्वको मूल समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य रहनेछन् । यसैगरी, विधानले व्यवस्था गरेको नयाँ संरचनाअन्तर्गत प्रदेश तहको संरचनाको अधिवेशनका लागि कांग्रेसले सातै प्रदेशमा केन्द्रीय संयोजकसमेत तोकेको छ । कांग्रेसले सातै प्रदेशको प्रदेश तहको अधिवेशन…