Year: 2021

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । यस्तै दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ । यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।
Read More
बन्द गराउन सडकमा उत्रिएका ११ विप्लव कार्यकर्ता पक्राउ

बन्द गराउन सडकमा उत्रिएका ११ विप्लव कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्द सफल बनाउन सडकमा निस्किएका विप्लव कार्यकर्ता पक्राउ परेका छन्। तनहुँ प्रहरीले बन्दै गराउँदै हिँडेका ११ विप्लव कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ। मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए। सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर संगठनको जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकर लगायतलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले आह्ववान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ। काठमाडौं उपत्यकामा सडक…
Read More
किन प्रधानन्यायाधीश राणाले अख्तियारको ‘स्टिङ अप्रेशन’लाई बन्द गराउन आदेश थिए ?

किन प्रधानन्यायाधीश राणाले अख्तियारको ‘स्टिङ अप्रेशन’लाई बन्द गराउन आदेश थिए ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि गर्दै आएको ‘स्टिङ अप्रेशन’मा आफ्नै भाइभतिजा तथा नातेदारहरु फस्ने अवस्था आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको खुलेको छ। आफैैँ घुस दिएर कर्मचारी–बिचौलियालाई रंगेहात पक्राउ गर्ने अख्तियारको स्टिङ अप्रेसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले गत बैशाखमा आदेश दिएको थियो। तर, उजुरी पर्दा प्रधानन्यायाधीश राणाकै भाइभतिजा नै फस्ने भएपछि उनले अख्तियारले गर्दै आएको स्टिङ अप्रेसनबिरुद्ध आदेश दिएको न्यायसेवाका कर्मचारीले नै भन्ने गरेका छन् । आफ्नै भाइ, भतिजाका घुस मोलमोलाई गरेका अडियो /भिडियो भएकाले प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएको स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको कानुन व्यबसायीहरुले…
Read More
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?
Read More
मुगुको गमगढी बजारमा भीषण आगलागी

मुगुको गमगढी बजारमा भीषण आगलागी

काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । सोमबार राति साढे १२ बाट शुरु भएको आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ। स्थानीय खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी भएको हो। सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिइएको छ। सो आगलागीमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। कति धनमाल जलेर नष्ट भयो भन्ने यकिन भइसकेको छैन।
Read More
कांग्रेस केन्द्रीय सभापतिमा उठ्न ३० हजार शुल्क, अन्य पदका लागि कति ?

कांग्रेस केन्द्रीय सभापतिमा उठ्न ३० हजार शुल्क, अन्य पदका लागि कति ?

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेस केन्द्रीय सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार उम्मेदवारी तिर्नुपर्ने छ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ। प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हाजार र केन्द्रीय महासमिति सदस्यका लागि सात हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको…
Read More
एआइजी पाललाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको रोक, कुमार पौडेल इन्काउन्टर प्रकरणमा हस्तक्षेप

एआइजी पाललाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको रोक, कुमार पौडेल इन्काउन्टर प्रकरणमा हस्तक्षेप

काठमाडौं । नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो। प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले ‘इन्काउन्टर फेक’ भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आरोप…
Read More
यस्तो छ कार्तिक ३० गते मंगलबारको राशिफल

यस्तो छ कार्तिक ३० गते मंगलबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक ३० गते मंगलबारको राशिफल हेर्नुहोस्ः मेष शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ । बृष विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्यापन मध्यम रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । मिथुन आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । कर्कट पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर…
Read More
भारतको सहयोगमा नेपालका भूकम्प प्रभावित ५० हजार घरको पुनर्निर्माणसम्बन्धी परियोजना सम्पन्न

भारतको सहयोगमा नेपालका भूकम्प प्रभावित ५० हजार घरको पुनर्निर्माणसम्बन्धी परियोजना सम्पन्न

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा नेपालका भूकम्प प्रभावित ५० हजार घरको पुनर्निर्माणसम्बन्धी परियोजनाबारेको कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सोमबार भारतीय दूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएससँग सहकार्य गर्दै काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा भारतीय दूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गोरखाको पालुङटार नगरपालिकाका मेयर, नुवाकोटको विदुर नगरपालिकाका उपमेयर, एनडिआरआरएमएका प्रतिनिधि, नेपाल सरकारका विविध निकायहरु, युएनडिपी, युएनओपिएस, ईयु, युएसएआइडि, वल्र्ड बैंक, एडिबि, जाइका, एफएनसिडिओ तथा सम्बन्धित नगरपालिका-गाउँपालिकाको उपस्थिति रहेको थियो । कार्यक्रममा उपप्रमुख खम्पाले भारत सरकारले प्रतिवद्धता जनाए अनुरुप ५० हजार निजि घरहरुको पुनर्निर्माण कार्य नेपाल सरकारले अपनाएको घरधनी…
Read More
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

काठमाडौं : प्रदेश  १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी  भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली  रहनेछ । मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी  क्षेत्रमा आंशिक बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  महाशाखाले आह्वान गरेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.