Year: 2021

आज ५८० वर्ष यताकै लामो चन्द्रग्रहण लाग्ने, यी ५ राशिलाई हुँदैछ फलिफाप

आज ५८० वर्ष यताकै लामो चन्द्रग्रहण लाग्ने, यी ५ राशिलाई हुँदैछ फलिफाप

काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्रग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । पौराणिक कथा अनुसार देवता तथा राक्षसहरुद्धारा समुद्र मन्थनको क्रममा अमृत निस्कियो । अमृतपानका…
Read More
केपी ओली विश्वकै उत्कृष्ट नेता हुनुहुन्छ : प्रभु साह

केपी ओली विश्वकै उत्कृष्ट नेता हुनुहुन्छ : प्रभु साह

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन् । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटको क्रममा प्रतिक्रिया दिदै नेता साहले सिंगो विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको बताउदै साहले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशा समेत ओलीसँग रहेको बताए । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक़ रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओली जीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नया उचाई दिएको नेता साहको भनाइ छ । "संसारका जुनसुकै देशका नेताहरुले आफ्नो मुलुकको स्वाधीनता एवम् राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ । तर…
Read More
चीन, पाकिस्तानसहित यी दस देश अमेरिकाको ‘रेड जोन’मा

चीन, पाकिस्तानसहित यी दस देश अमेरिकाको ‘रेड जोन’मा

वाशिङ्टन: अमेरिकाले पाकिस्तानलाई 'रेड जोन'मा राखेको छ। अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले धार्मिक स्वत्नत्रताको उल्लंघन गर्ने देशहरुमा पाकिस्तानलाई पनि सूचिकृत गरेका छन्। यो सूचीमा पाकिस्तानसँगै चीन, तालिबान, इरान, रुस, साउदी अरेब, एरिट्रिया, ताजिकिस्तान, तुर्केमिनास्तान र बर्मा रहेका छन्। यसअघि युएस कमिशन अन इन्टरनेशनल रिलिजियश फ्रिडमले भारतलाई पनि यो सूचीमा राख्न सुझाव दिएको थियो। तर अमेरिका भारतप्रतिको नीतिमा नरम देखिएको छ। अमेरिकाले हरेक वर्ष यो सूची निकाल्ने गर्छ। उसले अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता अभिनियमको मानकमा नचल्ने देशहरुलाई यो सूचीमा राख्ने गर्छ। यसका अलावा अमेरिकाले अल्जेरिया, कोमोरोस, क्यूबा र निकारागुआलाई विशेष निगरानीमा राख्ने निर्णय गरेको छ।
Read More
रोल्पामा बस दुर्घटना : चालकसहित ४ को मृत्यु, १८ जना घाइते

रोल्पामा बस दुर्घटना : चालकसहित ४ को मृत्यु, १८ जना घाइते

दाङ : रोल्पामा बिहीबार बेलुका ६ बजे बस दुर्घटना हुँदा चालक वीरमान घर्तिमगर सहित ४ जनाको मृत्यु भएको छ। तीन पुरुष र एक महिलाको ज्यान गएको हो। दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका-४ तालाबाङको तार्केबाङ सडक खण्डमा दुर्घटना भएको थियो। साँझ ६ बजेतिर तार्केबाङ स्थित जलजला होटेलको नजिकैको सहिद मार्गबाट बस माडी खोलामा खसेको हो। बस सडकबाट करिव १ सय फिट तल खोलामा खसेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जनाए। दुईजनाको शव निकालिएको छ भने दुईको शव बसले च्यापेका कारण निकाल्न सकिएको छैन। मृतकको सनाखत भैसकेको छैन। दुर्घटनामा…
Read More
यस्तो छ आज मंसिर ३ गते शुक्रबारको राशिफल

यस्तो छ आज मंसिर ३ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज गरेका कामबाट राम्रै लाभ हुनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहनेछ । तुला तुला (रा, रि, रु,…
Read More
चीनियाँ टेनिस स्टारले पूर्व उप–प्रधानमन्त्रीमाथि लगाइन् यौन उत्पीडनको आरोप

चीनियाँ टेनिस स्टारले पूर्व उप–प्रधानमन्त्रीमाथि लगाइन् यौन उत्पीडनको आरोप

एजेन्सी । चिनियाँ टेनिस स्टार पेंग शुआईले एक वरिष्ठ कम्युनिष्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । चिनियाँ सामाजिक सञ्जाल वीबोमा एक पोष्ट साझा गरेर उनले पूर्वउपप्रधानमन्त्री झांग गाओलीले आफूसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य पारेको आरोप लगाएकी हुन् । चीनमा कम्युनिष्ट पार्टीका कुनै उच्च तहका नेतामाथि यस्तो आरोप लागेको यो पहिलो घटना हो । यो आरोपपछि पेंग शुआईका बारे चीनभित्र ‘इन्टरनेट सर्च’ सीमित पारिएको छ । वीबोमा उनले गरेको पोष्टलाई पनि इन्टरनेटबाट गायब पारिएको छ । झांग गाओली आफूमाथि लागेको आरोपबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । सन २०१३ देखि २०१८ सम्म चीनका उपप्रधानमन्त्री रहेका झांग गाओली चिनियाँ राष्ट्रपति…
Read More
प्रधानमन्त्री नभए पनि सरकारमा बलियो नै छु : प्रचण्ड

प्रधानमन्त्री नभए पनि सरकारमा बलियो नै छु : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि शक्तिशाली नै रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले फू प्रधानमन्त्री नभए पनि अहिलेको सरकारमा बलियो नै भएको अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘गठबन्धन सरकारमा म बलियो नै छु । म प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएको छु । त्यसकारण म सरकारमा बलियो नै छु ।’ प्रदेश २ मा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको लागि आफूले पहल गर्न सक्ने भन्दै उनले सरकारमा आफू बलियो नै भएको बताएका हुन् । रामगोपालपुर नजिकै ३३ बिघा जग्गा अलपत्र अवस्थामा रहेको र त्यसमा परियोजना बनाउनको लागि आफूले पहल…
Read More
दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने मन्त्रीको चेतावनी

दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने मन्त्रीको चेतावनी

काठमाडौं । भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छिन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्ने बारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरु दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत भएका हुन् । निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा उक्त सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो । निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०–०७१ मा निर्माण…
Read More
गुल्मीमा दाईले गरे आफ्नै बहिनीको बलात्कार

गुल्मीमा दाईले गरे आफ्नै बहिनीको बलात्कार

गुल्मी । नेपालमा पछिल्ला दिनहरुमा बलात्कारको घटनाहरु बढिरहेका छन्। केही बलात्कारका घटनमले किशोरीहरु आफ्नै घरमा पनि असुरक्षित भएको पुष्टि भएको छ। हालै गुल्मीमा यस्तै एक घटना भएको छ। त्यहाँ दाईले आफ्नै बहिनीलाई बलात्कार गरेका छन्। प्रहरीले १३ वर्षीया बहिनीको बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले निजलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिएका छन्। प्रहरीले घटनाबारे गप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ।
Read More
प्रहरी संगठनभित्र घरी प्रधानमन्त्रीको हस्तक्षेप, घरी गृहमन्त्रीको

प्रहरी संगठनभित्र घरी प्रधानमन्त्रीको हस्तक्षेप, घरी गृहमन्त्रीको

काठमाडौं । कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे। सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई काजमा ल्याउने तय भएको थियो। तर गृहमन्त्री खाँणको त्यो निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो। सिंह अघिल्लो वर्षको मंसिरमा काठमाडौं परिसरमा सरुवा भएका थिए। प्रहरी नियमावलीअनुसार सामान्यतया कुनै पनि कारबाहीमा नपरेको अवस्थामा एक वर्षसम्म सरुवा गरिँदैन।तर एक वर्ष पनि नपुग्दै गृहमन्त्रीको योजनामा गर्न खोजिएको सिंहको सरुवाले प्रहरी संगठनमा राजनीतिक नेतृत्व हाबी हुन खोजेको सहजै बुझ्न सकिन्छ। नेपाल प्रहरीका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.