गुल्मीमा दाईले गरे आफ्नै बहिनीको बलात्कार

गुल्मी । नेपालमा पछिल्ला दिनहरुमा बलात्कारको घटनाहरु बढिरहेका छन्। केही बलात्कारका घटनमले किशोरीहरु आफ्नै घरमा पनि असुरक्षित भएको पुष्टि भएको छ।

हालै गुल्मीमा यस्तै एक घटना भएको छ। त्यहाँ दाईले आफ्नै बहिनीलाई बलात्कार गरेका छन्। प्रहरीले १३ वर्षीया बहिनीको बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले निजलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे गप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.