Year: 2021

प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारीलाई पनि बाँकी राखेनन्

प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारीलाई पनि बाँकी राखेनन्

एजेन्सी : विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन् । मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले  न्यायाधीशलाई कुटेका हुन् । बिहीबार दिउँसो दुई जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए । सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए । पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ । अदालतमा भएको घटनाबाट उनी बिक्षिप्त भएको बताइएको छ । प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरुलाई पनि कुटेका थिए…
Read More
१४ जिल्लामा काँग्रेसले पायो नयाँ नेतृत्व : देउवा र पौडेलमध्ये को बलियो ?

१४ जिल्लामा काँग्रेसले पायो नयाँ नेतृत्व : देउवा र पौडेलमध्ये को बलियो ?

काठमाडौं : नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन् । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति थिए । छैटौं जिल्ला अधिवेशनमा नेत्रबहादुर महतसँग चुनाव लडेका गर्बुजा दोस्रो पटक सर्वसम्मत नेतृत्व दोहरिइने अवसर पाएका हुन्। योसँगै १४ जिल्लामा काँग्रेसको नयाँ नेतृत्वको चयन भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा…
Read More
ताइवानले लडाकु विमान सार्वजनिक गर्दा चीनलाई चिन्ता, टक्कर दिने चेतावनी

ताइवानले लडाकु विमान सार्वजनिक गर्दा चीनलाई चिन्ता, टक्कर दिने चेतावनी

एजेन्सी । पुनः एकीकरणका लागि चीनले दबाब दिइरहेका बेला ताइवानले भने आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । समाचारमा जनाइए अनुसार अपग्रेड गरिएका एफ–१६ उक्त लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने बताइएको छ । बिहीबार पाइलटहरूले दक्षिण–पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा ‘भाइपर’ समेत भनिने र अपग्रेड गरिएका एफ(१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा २ दर्जनभन्दा बढी एफ–१६ भी सहभागी भएको सीएनएनले जनाएको छ । यसअघि ९० को दशकमा अमेरिकासँग खरिद गरिएका पुराना एफ–१६ए÷बी लडाकु विमानलाई अपग्रेड गरेर भाइपर विमान…
Read More
प्रदेश २ : मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

प्रदेश २ : मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनमले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दा प्रमाणित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनी बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
Read More
न्यायको मन्दिरमा दमन र धम्की

न्यायको मन्दिरमा दमन र धम्की

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर। न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य कानुन व्यवसायीभन्दा अगाडि थिइन् बराल। त्यही बेला महिला प्रहरी आएर लछारपछार गरेको उनले सुनाइन्। ‘हातले धकेलेजस्तो देखाउने तर तलबाट बुटले हिर्काउने रहेछन्’, उनले भनिन्, ‘हातमा पनि सामान्य चोट लागेको छ।’ प्रहरीले शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्दा बरालसँगै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका छन्। अध्यक्ष श्रेष्ठलाई जोगाउन खोज्दा नेपाल बारका केन्द्रीय सदस्य प्रकाश महर्जनको टाउकोमा चोट लागेको छ। उनी अस्पताल भर्ना…
Read More
दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

काठमाडौँ । नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो। वर्तमान अध्यक्ष केपी ओलीले दसौं महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्। वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि थप केही बोलेका छैनन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने नेताहरू धेरै भएका कारण मिलाउन…
Read More
म्यानचेस्टर सिटीलाई वाटफोर्डको चुनौती, दबाब र तनावमा रोनाल्डो

म्यानचेस्टर सिटीलाई वाटफोर्डको चुनौती, दबाब र तनावमा रोनाल्डो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले र वाटफोर्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ः४५ बजे शुरु हुनेछ। हाल युनाइटेड ११ खेलबाट २० अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ। वाटफोर्ड रेलिगेशन जोनभन्दा एकस्थान माथि रहेको छ। उसले समान खेलबाट १० अंक जोडेको छ। हाल प्रिमियर लिगको शीर्षस्थानमा चेल्सी रहेको छ। चेल्सीले समान खेलबाट २६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ। वेस्ट ह्याम पनि समान २३ अंकका साथ तेस्रो स्थानमा छ। युनाइटेड र वाटफोर्डबीच हालसम्म ३५ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये २४ खेलमा युनाइटेड विजयी भएको छ। ५ खेल बराबरीमा सकिएको छ भने…
Read More
नेपाल प्रहरीका जना ८ डीएसपी एसपी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका जना ८ डीएसपी एसपी बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले आठजना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना राजनीतिक कोपभाजन र शक्ति केन्द्रमा पहुँच नपुग्दा बढुवा हुनबाट छुटेका थिए । बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानभाट रहेका छन् ।
Read More
प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाको आमा

प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाको आमा

मुम्बई : बलिउड अभिनेत्री प्रिती जिन्टाले जुम्ल्याहा बच्चाको जन्म दिएकी छन्। उनले ट्वीटरमार्फत् यस्तो जानकारी दिएकी हुन्। उनले पति जीन गुडइनफसँग तस्बिर सेयर गर्दै डाक्टर, नर्स तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छन्। उनले जीवनको नयाँ यात्राका लागि आफूहरु खुसी भएको उल्लेख गरेकी छन्। उनले बच्चाको नाम जय र जिया राखेकी छन्। प्रिती जिन्टा दिल से फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले सोल्जर, क्या कहेना, चोरी चोरी छुपके छुपके, दिल चाहता है, दिल है तुम्हारा, सलाम नमस्ते, कभि अलविदा ना कहेनाजस्ता फिल्ममा अभिनय गरेकी छन्। उनले थुप्रै अवार्डहरुसमेत जितेकी छन्।
Read More
रातभर बलात्कार पश्चात दलित महिलाको हत्या, दुई जना पक्राउ

रातभर बलात्कार पश्चात दलित महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौं : महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका-५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्। मृतक अमृता भंगहा-२ बखरी टोलकी दलित समुदायकी हुन्। ३५ वर्षीया अमृतामाथि सदालाई रातभरि बलात्कार गरी हत्या गरेको अभियोग लगेको प्रहरीले जनाएको छ। बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका-५ पक्राउ गरिएको हो। उनीहरुमाथि जबर्जस्तीकरणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ। गत असोज १३ गते झण्डा मेला…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.