प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाको आमा

मुम्बई : बलिउड अभिनेत्री प्रिती जिन्टाले जुम्ल्याहा बच्चाको जन्म दिएकी छन्। उनले ट्वीटरमार्फत् यस्तो जानकारी दिएकी हुन्।

उनले पति जीन गुडइनफसँग तस्बिर सेयर गर्दै डाक्टर, नर्स तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छन्।

उनले जीवनको नयाँ यात्राका लागि आफूहरु खुसी भएको उल्लेख गरेकी छन्। उनले बच्चाको नाम जय र जिया राखेकी छन्।

प्रिती जिन्टा दिल से फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले सोल्जर, क्या कहेना, चोरी चोरी छुपके छुपके, दिल चाहता है, दिल है तुम्हारा, सलाम नमस्ते, कभि अलविदा ना कहेनाजस्ता फिल्ममा अभिनय गरेकी छन्। उनले थुप्रै अवार्डहरुसमेत जितेकी छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.