चोलेन्द्रको फैसला : सार्वजनिक पोखरी नै आफन्तको नाममा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ । तर जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेका हुन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयी सरावगी छपकैयाको पोखरी महानगरकै रहेको बताउँछन् । केही व्यक्तिले फर्जी कागजातका आधारमा आफ्नो नाममा दर्ता गरेको र त्यो आफूहरुले नमान्ने उनको भनाइ छ । व्यक्तको नाममा दर्ता कायम गरिएको…