Year: 2021

नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा कलाकारहरुको प्रस्तुति

नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा कलाकारहरुको प्रस्तुति

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती स्कूल र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा भारतीय राजदूतावासले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट सम्पन्न गरेको छ । आइतबार भएको कार्यक्रममा भारतका चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो । जसमा गायिका डा रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुति दिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सो क्रममा भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए। सो कार्यक्रमको उद्घाटन वरिष्ठ राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए भने यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका…
Read More
रुपन्देही–३ (क)मा मतगणनामा लफडाको नालीबेली, हारको रिस फेर्न गृहमन्त्री खाणलाई दोष

रुपन्देही–३ (क)मा मतगणनामा लफडाको नालीबेली, हारको रिस फेर्न गृहमन्त्री खाणलाई दोष

काठमाडौँ । आफ्नो पक्षले पदाधिकारीमा हार्ने निश्चित भएको र प्रदेश प्रतिनिधिमा हारेपछि नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहले रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ (क)मा लफडा झिकेको छ । लफडा झिकेर सो समूहका मत गणना प्रतिनिधि बाहिरिएपछि प्रदेश सभा क्षत्रीय समितिका पदाधिकारीसहित कार्यसमितिको मत गणना रोकिएको छ । क्षेत्रीय प्रतिनिधिको मतगणना सकिँदा १६ प्रतिनिधिमध्य पौडेल समूहबाट एक जनामात्र निर्वाचित भएका थिए । कार्यसमितिमा एक सय मतगणना हुँदा संस्थापनका उम्मेद्वार सुरेन्द्रजंग थापा १९ भोटले अगाडि थिए । प्रदेश सभा क्षेत्रीय सभापतिमा पौडेल समूहबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार छन् । प्रतिनिधिमा आफ्नो समूहको लज्जास्पद् हार भएको र कार्यसमितिमा पनि हार हुने निश्चित…
Read More
जबरालाई गम्भीर १० आरोप

जबरालाई गम्भीर १० आरोप

काठमाडौं : हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा छन्। सर्वोच्च अदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरू लगाएका छन्। जसमा भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षम/असफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत छन्। यस्तै, पेसी सूची (कजलिस्ट)मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लागेको छ। ‘आफूमाथि लागेका अभियोगहरू एक कानले सुन्ने र अर्को कानले उडाउने प्रवृत्ति देखियो’, सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी भन्छन्, ‘नेपाल बार एसोसिएसनको सहयोगबिना न्यायालय चल्नै सक्दैन। प्रधानन्यायाधीश स्वयंले…
Read More
२२ जना एसपीहरूको सरुवा, को कहाँ ?

२२ जना एसपीहरूको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जानाएको छ ।
Read More
एमालेमा वरिष्ठ उपाध्यक्ष को ?

एमालेमा वरिष्ठ उपाध्यक्ष को ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने चर्चासमेत सुरु भएको छ । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने…
Read More
टिम बनाउँदै देउवा, इतर समूह एकअर्कालाई आरोप लगाउनमै व्यस्त

टिम बनाउँदै देउवा, इतर समूह एकअर्कालाई आरोप लगाउनमै व्यस्त

काठमाडौं । नेपाली काँग्रेस १४औँ महाधिवेशन नजिक छ । काँग्रेसले २४ देखि २६ मङ्सिरसम्म काठमाडौँमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । काँग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन् । सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् । तर, देउवा निधि र श्रेष्ठ दुवैलाई मनाउन प्रयासरत छन् । तर, पनि निधि ब्याक हुन तयार देखिएका छैनन् । श्रेष्ठले भने आफूलाई धोका…
Read More
नेपाल प्रहरीका १३ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस(सूचीसहित)

नेपाल प्रहरीका १३ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । त्यसपछि जेसी साह (केन्द्रीय विपद् व्यवस्थापन), विजय यादव (जिप्रका धनुषा), केशवकुमार शाह (विशेष ब्यूरो), मनोजकुमार शाही (ट्राफिक तनहुँ), लोकबहादुर गुरुङ (ललितपुर परिसर), नवीनकुमार अधिकारी (सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय) रहेका छन् । त्यसैगरी श्यामबहादुर साउद (सुप प्रदेश प्रहरी कार्यालय), ऐनबहादुर मल्ल ठकुरी (अपराध अनुसन्धान विभाग), राजकुमार शाही…
Read More
एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

काठमाडौं । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो ठोस निर्णय लिन दबाब बढाएका हुन् । सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिने गरी एमसीसीसँग भएको सम्झौता लिने भए संसदबाट छिटो अनुमोदन गरी कार्यान्वयनको बाटो खुलाइदिन वा नलिने भए ठोस निर्णय लिन उनीहरूले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आग्रह गरेका हुन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार आएको १ महीनापछि दक्षिण तथा मध्यएशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमणका…
Read More
अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँ: प्रचण्ड

अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँ: प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका छन्। शनिबार जिल्ला सदरमुकाम भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनुपर्ने बताएका हुन् । ‘अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो, प्रचण्डले भने । अदालतमा देखिएको समस्याप्रति दलहरु चिन्तित रहेको उनको भनाइ थियो । प्रचण्डले भने, ‘गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र…
Read More
आज मंसिर ५ गते आइतवारको राशिफल

आज मंसिर ५ गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत रहनुहोला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला । तुला तुला (रा, रि, रु, रे,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.