नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा कलाकारहरुको प्रस्तुति

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती स्कूल र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा भारतीय राजदूतावासले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट सम्पन्न गरेको छ ।

आइतबार भएको कार्यक्रममा भारतका चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो । जसमा गायिका डा रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुति दिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सो क्रममा भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए।

सो कार्यक्रमको उद्घाटन वरिष्ठ राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए भने यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव नवीन कुमारको पनि उपस्थिति थियो।

कार्यक्रममा बोल्दै ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए।

यस्तै नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.