Year: 2021

यस्तो छ मंसिर ७ गते मंगलबारको राशिफल

यस्तो छ मंसिर ७ गते मंगलबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल मंसिर ७ गते मंगलबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ती होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्तसंग भेटघाट राहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना…
Read More
बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

काठमाडौं । बैतडीमा जन्ती बोकेर फर्किदै गरेको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार राति ८ बजे तिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको थियो । दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । गम्भिर घाइते २ जनामध्ये आज १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो । मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो । दशरथचन्द नगरपालिका-२ को थलालगाउबाट जन्ती…
Read More
कांग्रेस महाधिवेशन : ६० जिल्लाका १४८ प्रतिनिधिसभा क्षेत्रमा आज अधिवेशन

कांग्रेस महाधिवेशन : ६० जिल्लाका १४८ प्रतिनिधिसभा क्षेत्रमा आज अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले आज ६० जिल्लाका १ सय ४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने भएको छ। वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। यो अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुनिनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन्। कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन्। तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन्। बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नुपर्दैन स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् भने वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएरै आउनुपर्ने हुन्छ। कांग्रेसले यसअघि…
Read More
आलियाको ब्लाउजलाई लिएर भयो विवाद

आलियाको ब्लाउजलाई लिएर भयो विवाद

मुम्बई : सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पछिल्लो समय सेलिब्रेटीहरु ट्रोलमा पर्नु सामान्य भएको छ। उनीहरुले पोष्ट गर्ने हरेक चिजलाई सामाजिक सञ्जाल प्रयोगर्कताहरुले मिहिन ढंगले नियाल्ने हुँदा उनीहरु ट्रोलमा पर्ने गरेका छन्। यसैबीच बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्। आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्। उनीहरुले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन्। सामाजिक सञ्जालमा आलियालाई अश्लीलता फैलाएको आरोपसमेत लगाएका छन्। 'आजकल जति अश्लीलता देखाउ, त्यही फेशन बनिहाल्छ,' एक जनाले कमेन्टमा लेखेका छन्।
Read More
कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं : नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार प्रदेश १ , बागमती र गण्डकीका…
Read More
अबदेखि एसईईमा ३५ नम्बर नल्याए फेल गरिने, मूल प्रमाणपत्रका लागि न्यूनतम ग्रेड पूरा गर्नैपर्ने

अबदेखि एसईईमा ३५ नम्बर नल्याए फेल गरिने, मूल प्रमाणपत्रका लागि न्यूनतम ग्रेड पूरा गर्नैपर्ने

काठमाडौं । विद्यालय तहमा ३५ अंक ल्याए मात्रै पास हुने प्रावधान अघि सारिएको छ । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले यस्तो सुझाव दिएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम आधार श्रेणी आन्तरिक वा प्रयोगात्मकमा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ प्रतिशत हुनेगरी अभ्यास गर्नुपर्छ । प्रतिवेदनमा भनिएको छ, ‘कक्षा ८, कक्षा १० र कक्षा १२ मा न्यूनतम ग्रेड पूरा गरेपछिमात्र मूल प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नु उपयुक्त हुन्छ । बेन्चमार्क ३५ तोकिएपछि सोभन्दा कम सिकाइ उपलब्धि प्राप्त गर्नेहरूको ग्रेडसिटमा ‘कम्प्लिटेड’ भनेर उल्लेख नगर्नु उपयुक्त हुन्छ । जबसम्म विद्यार्थीले…
Read More
बैतडी जिप दुर्घटना : मृतक पाँचसहित सातै जनाको सनाखत

बैतडी जिप दुर्घटना : मृतक पाँचसहित सातै जनाको सनाखत

बैतडी । बैतडीमा जन्ती बोकेर फर्किदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार राति ८ बजे तिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । दशरथचन्द नगरपालिका—२ को थलालगाउबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका—६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बर जिप दुर्घटनामा परेको हो। उनका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द ,६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । घाइते हुनेमा…
Read More
प्रधानमन्त्री र गठबन्धनका नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय दिइएको खुलासा

प्रधानमन्त्री र गठबन्धनका नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय दिइएको खुलासा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ । विद्यमान ऐन कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवा आफैंले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको पतञ्जलीको आस्था नेपाल र पतञ्जली नेपाल नामक दुई विदेशी च्यानलको उद्घाटन गर्दै कानुनको खिल्ली उडाएका हुन् । प्रधानमन्त्री देउवाले कानुनको ’boutमा कुनै जानकारी नै नभई यो कार्य गरेका हुन् वा जानीजानी उपेक्षा गरेका हुन् ? उनको सचिवालयले यसको जवाफ दिन आवश्यक ठानेको छैन । सरकारको यस कार्यको विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासंघ, नागरिक समाजका अगुवाहरूले…
Read More
कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व, सभापतिमा कसको सम्भावना कति ?

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व, सभापतिमा कसको सम्भावना कति ?

काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदैछ । कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् । कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिपय आन्तरिक रूपमा भेटघाटका लागि दौडाहामा छन् । कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने…
Read More
यस्तो छ आज मङ्सिर ६ गते सोमबारको राशिफल

यस्तो छ आज मङ्सिर ६ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ , तर टाढाको यात्रा फलदायी हुँदैन । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.