लुकाइएकाे अवस्थामा फेला पर्‍याे ६३ कार्टुन पिपिई

लुकाइएकाे अवस्थामा फेला पर्‍याे ६३ कार्टुन पिपिई

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेट लिमिटेडमा करीब १० लाख रुपैयाँ बराबरको ६३ कार्टुन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको अवस्थामा फेला पारेकाे छ। विभागका अनुसार लुकाइएको सामान आँखु इन्टरप्राईजेज रहेको छ। पञ्जा, चस्मालगायत लुकाएर राखिएका पिपिई सामग्रीको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको विभागको बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रले बताए। लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका छन्। शिक्षासम्बन्धी सफ्टवेयर बनाउने कम्पनी इ–ज्ञानकुन्ज र आँखु इन्टरप्राइजेजको सम्बन्धबारे भने विस्तृतमा जानकारी भइनसकेको विभागले जनाएको छ। मेडिकल सामग्रीको…
Read More
काेराेना अपडेट: पीसीआर विधिबाट १३ हजार ९८  नमुना परीक्षण

काेराेना अपडेट: पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण

काठमाडाैँ। चीनबाट सुरू भइ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण दायर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिए। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भने र्‍र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ। २४ घण्टामा परीक्षण भएका नमुनामा सबै…
Read More
किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, ७ जना फरार

किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, ७ जना फरार

इटहरी । सुनसरीको इटहरीमा सामुहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् भने आरोपित अन्य ७ जना फरार रहेका छन्। मोरङको सुन्दरहरैंचा २ कि १७ वर्षीया किशोरीको उजुरीको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो। अनुसन्धानमा बाधा पर्ने भन्दै प्रहरीले आरोपितका साथै अन्य घटना विवरण सार्वजनिक गरेको छैन। ती किशोरीलाई पुर्याइदिने भन्दै इटहरी ११ सिमरबनाका त्रिलोचन चौधरी र अमित चौधरीले सिमरबना चोक पुर्‍याएका थिए। त्यहाँ दुवैजनाले अरु ७ जनालाई पनि बोलाएको पीडित युवतीको भनाइ छ। युवतीका मामाको सालो पर्ने दुवै मुख्य आरोपित पक्राउ परेका छन्। गत वैशाख १४ गते मामाको घरमा पुजा सकेर आफ्नो घर जान भनेर हिँडेकी युवतीलाई पुर्‍याइदिने बहानामा…
Read More
६ जिल्लामा एसपीको काज सरुवा

६ जिल्लामा एसपीको काज सरुवा

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा एसपीको सरुवा गरेको छ । एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले  जनाएको छ । सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी(पश्चिम)का लालमणि आचार्य, दाङका जनक भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो । त्यस्तै एसपीमा बढुवा भएपछि डिएसपी इन्चार्ज रहेका कार्यालयमा पनि सरुवा गर्न लागिएको छ ।
Read More
लकडाउनमा के गर्दैछिन् प्रियंका ?

लकडाउनमा के गर्दैछिन् प्रियंका ?

काठमाडौं। हालै विवाह गरेकी नायिका प्रियंका कार्कीले हनिमुन मनाउन नभ्याउँदै देशमा लकडाउन सुरु भयो । त्यसयता उनी घरभित्रै श्रीमानसँग दिन बिताइरहेकी छिन् । प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग फागुन १५ गते विवाहबन्धनमा बाँधिएकी थिइन्। अहिले यो जोडी भैँसेपाटीमा रहेको नयाँ घरमा बस्दै आएको छ । अहिले उनीहरु त्यहीँ ‘लकडाउन’ मनाइरहेका छन् । लकडाउनले गर्दा नयाँ घरको सजावटको लागि प्रशस्तै समय पाएको प्रियंकाले बताइन् । उनले भनिन्, ‘नयाँ घरको सेटअप गर्न पाइएको थिएन । यो लकडाउनले त्यसका लागि समय दियो ।’ क्वारेन्टाइनमा बस्दा चलचित्रको स्कृप्टसमेत लेखिरहेको प्रियंका बताउँछिन्। उनी ‘जस्ट अनादर लभ स्टोरी’ को दोस्रो सिजनको लागि स्क्रिप्ट लेखिरहेकी छिन् ।…
Read More
दुई वर्ष अघिको घटनाले अहिले विवादमा परिन आइटम गर्ल

दुई वर्ष अघिको घटनाले अहिले विवादमा परिन आइटम गर्ल

काठमाडौं । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् । आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन् । अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्तर्वार्ता यतिबेला भाइरस भएको छ । सोही अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् । उनले राजेश हमालको एक्टिङ नराम्रो तर फिल्म चलिरहेको छ भनेकी थिइन् । यस्तै, अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका…
Read More
कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

काठमाडौँ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी उनीहरुलाई आममाफी दिएको बताए। विभिन्न कसुरमा कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुलाई आममाफी दिइ रिहाई गर्न लागिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ । आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ।
Read More
कुवेतमा थप ११ नेपाली संक्रमित

कुवेतमा थप ११ नेपाली संक्रमित

काठमाडौँ । कुवेतमा थप ११ जना कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कुवेतमा संक्रमित नेपालीको संख्या ७५ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ११ जना नेपालीसहित ३ सय ५३ जनामा कोरोनाको संक्रमण देखिएको हो । उक्त देशमा हरेक दिनजसो नेपालीको संक्रमण बढ्दै गइरहेको छ । हालसम्म ४ हजार ३ सय ५७ जना पुगेको छ । जसमा १६ सय २ जनालाई निको भएको छ । ३० जनाको मृत्यु भएको छ । ७० जनाको अवस्था जटिल छ ।
Read More
कतार एयरवेज ३ सय ९ नागरिक बोकेर फर्कियो

कतार एयरवेज ३ सय ९ नागरिक बोकेर फर्कियो

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सोे उडान कतारको दोहा हुँदै पेरिस पुग्नेछ। जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन्। यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ। कतारपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको…
Read More
लकडाउनमा मेलम्ची खानेपानीको काम जारी

लकडाउनमा मेलम्ची खानेपानीको काम जारी

काठमाडौँ - बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ। आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इञ्जीनियर रामजी लामिछानेले बताए। आयोजनामा २८ जना कामदारले नियमित काम गरिरहेका छन्। सुन्दरीजलमा भइरहेको कामको नियमितरूपमा अनुगमन एवं मूल्याङ्कनसमेत भइरहेको उनले बताए। बिहीबार मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, निर्माण कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्तिसाका प्रतिनिधिबीच सुन्दरीजलका कामको स्थलगत अनुगमनपछि अझ गतिका साथ काम अघि बढाउने विषयमा सहमति भएको थियो। एक महीनामा सुन्दरीजलको काम सक्ने सहमति छ। सुन्दरीजलमा आठ करोड ५०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.