काेराेना अपडेट: पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण

काठमाडाैँ। चीनबाट सुरू भइ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण दायर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिए।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भने र्‍र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ। २४ घण्टामा परीक्षण भएका नमुनामा सबै रिपोर्ट नेगेटिभ आएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म ५९ जना संक्रमित छन्। जसमध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सातै प्रदेशमा गरेर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा चार र बाहिर ८५ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.