लुकाइएकाे अवस्थामा फेला पर्‍याे ६३ कार्टुन पिपिई

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेट लिमिटेडमा करीब १० लाख रुपैयाँ बराबरको ६३ कार्टुन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको अवस्थामा फेला पारेकाे छ। विभागका अनुसार लुकाइएको सामान आँखु इन्टरप्राईजेज रहेको छ।

पञ्जा, चस्मालगायत लुकाएर राखिएका पिपिई सामग्रीको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको विभागको बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रले बताए।

लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका छन्। शिक्षासम्बन्धी सफ्टवेयर बनाउने कम्पनी इ–ज्ञानकुन्ज र आँखु इन्टरप्राइजेजको सम्बन्धबारे भने विस्तृतमा जानकारी भइनसकेको विभागले जनाएको छ।

मेडिकल सामग्रीको आपूर्तिकर्ता कम्पनी आँखु इन्टरप्राइजेजले बढी मूल्यमा सामान बिक्री वितरण गरेको भन्दै विभागमा एउटा उजुरी आएकोे थियो। उजुरी आएपछि विभागले आँखु इन्टरप्राइजेजले चीनबाट ल्याएको ती सामानको तातोपानी नाकाबाटै ट्रयाकिङ थालेको थियो।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.