स्वास्थ्य

बाँके दुर्घटना : सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ

बाँके दुर्घटना : सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ

Featured, स्वास्थ्य
बाँके । बाँकेमा भएको दुर्घटनामा ज्यान गुमाएका तथा घाइते सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। भेरी अस्पतालले दुर्घटनामा परेका ३३ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार १२ जना मृतक र २१ जना घाइतेको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । थापाले भने, ‘उहाँहरुको आज बिहान १० बजे नै स्वाब संकलन गरेर प्रयोगशालमा पठाइएको थियो । उहाँहरु सबैको रिपोर्ट नगेटिभ आएको हो । १२ जना मृतक र २१ जना घाइतेको नै रिपोर्ट नगेटिभ आएको छ ।’ दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । मृतक सबैको शव भेरी अस्पतालमा राखिएको छ । घाइते २१ को पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । भारतका विभिन्न शहरमा काम गर्न ...
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना

section, स्वास्थ्य
काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ । पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।...
कोरोना संक्रमितको संख्या बढेसंगै ९९ औं स्थानमा पुग्याे नेपाल

कोरोना संक्रमितको संख्या बढेसंगै ९९ औं स्थानमा पुग्याे नेपाल

section, स्वास्थ्य
काठमाडौं । विश्वमा नेपाल कोरोना संक्रमितको सूचीमा सयभन्दा अगाडि आइपुगेको छ । आइतबार थप १ सय ६६ जनामा संक्रमण देखिएपछि नेपाल अर्को सार्क सदस्य राष्ट्र श्रीलंकाभन्दा पछाडी ९९ औं स्थानमा आइपुगेको हो । हालसम्म विश्वको सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने सार्क सदस्य राष्ट्रमा भारत अगाडि रहेको छ । संक्रमित र मृतक दुवैको शीर्षस्थानमा अमेरिका रहेको छ । त्यस्तै मृतकको सूचीको दोस्रो स्थानमा बेलायत रहेको छ भने संक्रमितको सूचीमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म संक्रमित संख्या ५ लाख नाघिसकेको छ । त्यस्तै रसियामा संक्रमित संख्या ४ लाख नाघेको छ । रसिया पछि संक्रमित धेरै हुनेमा स्पेन, बेलायत, इटाली, भारत, फ्रान्स, जर्मनी, पेरु रहेका छन् । मृतकहरुको सूचीअनुसार शीर्षस्थानमा रहेको अमेरिकापछि बेलायत, इटाली, ब्राजिल, फ्रान्स, स्पेन, मेक्सिको, बेल्जियम, जर्मनी र इरान क्रमशः टप टेनसूचीमा परेका छ...
श्वासप्रस्वासमा समस्या देखिएकी महोत्तरीकी गर्भवतीको मृत्यु

श्वासप्रस्वासमा समस्या देखिएकी महोत्तरीकी गर्भवतीको मृत्यु

प्रदेश-२, स्वास्थ्य
महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्न समस्याबाट आज एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रिता देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।...
कपिलवस्तुमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

Featured, प्रदेश-५, स्वास्थ्य
कपिलवस्तु । कपिलवस्तुमा सोमबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ३१० पुगेको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार नयाँ संक्रमितहरु बुद्धभुमी नगरपालिका, शिवराज नगरपालिका, महाराजगंन्ज नगरपालिका र बाणगंगा नगरपालिकाका छन। वाणगंगा नगरपालिकामा भेटिएका २ नयाँ संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएका हुन। उनीहरु यसअघि संक्रमण पुष्टि भएका पत्रकारका आफन्त भएको थापाले बताए। त्यसबाहेक बाँकी सबै क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका अनुसार बुद्धभुमी नगरपालिकाका थप १० जनामा संक्रमण भेटिएको हो। उनीहरु १९ देखि ४६ वर्षका हुन। यस्तै शिवराज नगरपालिकाका २६ जना, महाराजगन्ज नगरपालिकाका २ जना र बाणगंगा नगरपालिकाका २ जनामा सोमबार कोरोना पुष्टि भएको हो।...
भैरहवास्थित भीम अस्पतालबाट २५ जना डिस्चार्ज

भैरहवास्थित भीम अस्पतालबाट २५ जना डिस्चार्ज

स्वास्थ्य
बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।
महोत्तरीमा आइसोलेसन कक्षको अभाव

महोत्तरीमा आइसोलेसन कक्षको अभाव

स्वास्थ्य
महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि सङ्क्रमित थपिएपछि हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० पुगेको छ । पिसिआरका १९ जना र आरडिटी नौ जना गरी २८ बिरामी उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना भएका छन् । अन्यको उपचार जनकपुर कोरोना अस्पतालमा भइरहेको छ । भवनमा आइसोलेसन कक्ष र भेन्टिलेटरसहितका कक्ष निर्माण कार्य जारी रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भइसकेकालाई क्वारेन्टिनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमा समेत सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ । सङ्क्रमणको त्रास बढेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अस्पतालमा आइसोलेसन कक्ष निर्माण...
कोरोना जितेकी गर्भवती महिलाले दिइन् कोरोनालाई हराउने उपाय

कोरोना जितेकी गर्भवती महिलाले दिइन् कोरोनालाई हराउने उपाय

स्वास्थ्य
चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताएकी छन् । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “कोरोना सङ्क्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।” आफूलाई कोरोना सङ्क्रमण भएको भान नभएको बताउँदै उनले सङ्क्रमणसमेत कसरी भयो भन्ने विषय नै अन्योल रहेको बताइन्। आफूहरु लकडाउनको समयमा र त्यसअघि पनि खासै कतै नगएको भए पनि कोरोना सङ्क्रमण देखिएर त्यसलाई जित्न सफल भएको उनको भनाइ छ । कोरोना सङ्क्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उनको तर्क थियो । उनले भनिन्, “कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन । म गर्भवती हुँदा त तीन/चार दिनमा नै जाती भएँ । तपाईहरु ...
सर्वोच्चको आदेश : क्वारेन्टाइनका सबैलाई निःशुल्क पिसीआर परीक्षण गराउनु

सर्वोच्चको आदेश : क्वारेन्टाइनका सबैलाई निःशुल्क पिसीआर परीक्षण गराउनु

स्वास्थ्य
काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई अविलम्ब पिसिआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतवार कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रिम पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स र स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मीहरु तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोशाक, वस्तु, उपकरण लगायतका सम्पूर्ण सामग्रीहरु पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गर्ने व्यवस्था गर्नु/गराउनु ।” आदेशमा क्वारेन्टाइनमा रहेका सम्प...
आगामी ३ महिना कोरोना संक्रमणको दर अझै बढ्ने, के भन्छन् विज्ञ ?

आगामी ३ महिना कोरोना संक्रमणको दर अझै बढ्ने, के भन्छन् विज्ञ ?

पत्रपत्रिका, स्वास्थ्य
काठमाडौं । नेपालमा आउदाे तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् । अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रुप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अुनसन्धानकर्ताले जोड दिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।...