स्वास्थ्य

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय नाघ्याे

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा १६६ जनालाई संक्रमण भएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगराीमा रहेका छन् । यसैबीच नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५ सय ६७ पुगेको छ ।...
काेराेना भाइरसले दुई वर्षीया बालिकाकाे मृत्यु

काेराेना भाइरसले दुई वर्षीया बालिकाकाे मृत्यु

स्वास्थ्य
धनगढी । बजुराकी दुई वर्षीया बालिकाको काेराेना भाइरसले मृत्यु भएकाे छ। बाजुराको अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको भएपछि मृत्युकाे कारण खुलेकाे हाे। बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । बालिकाको मृत्यु कोभिड–१९ कै कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।...
परीक्षणको दायरा बढाउन माग

परीक्षणको दायरा बढाउन माग

स्वास्थ्य
काठमाडौ । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले बताए। उन्का अनुसार कोरोना भाइरस काठमाडौँ उपत्यकामा आयातित हो भन्ने अवस्था अब छैन । गत जेठ पहिलो साता एकजना सुत्केरीको मृत्युलाई आधार मान्दै अब कोरोना भाइरसको काठमाडौँमा नै सङ्क्रमण छ भन्न सकिन्छ । “बाहिरबाट आएका मानिसलाई मात्रै परीक्षण गर्ने होइन, मानिसको बढी जनघनत्व भएको स्थानमा पनि तत्काल परीक्षण गर्न आवश्यक छ । ” उन्ले भने। सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकामा अत्यावश्यकबाहेक सबै सवारी आवागनमा रोक लगाई थप कडा गर्नुपर्ने बताए । लुकीछिपी अझै पनि मानिस बाहिरबाट आउने क्रम रहेको हुँदा त्यसलाई तत्काल रोकी आ...
एकैदिन थपिए भारतमा आठ हजारबढी संक्रमित

एकैदिन थपिए भारतमा आठ हजारबढी संक्रमित

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा आठ हजारभन्दा धेरै काेराेनाभाइरस संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३८० नयाँ संक्रमित थपिएका हुन् । यो भारतको लागि एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ८२ हजार १४३ पुगेको छ । साथै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच हजार १६४ पुगेको छ । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ६५ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार १९७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १६० जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि १८ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ४१६ जनाको मृत्यु भएको छ । गुजरातमा १६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ७ ...
कोरोनाविरुद्ध खोप तयार भएको जिकिरः परीक्षण माग

कोरोनाविरुद्ध खोप तयार भएको जिकिरः परीक्षण माग

समाज, स्वास्थ्य
हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरे । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन्। सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए । एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए । वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गर्नुभएका डा दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट निर्माण गरिएको हो । केही एन्टी...
म्याग्दीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु

म्याग्दीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु

स्वास्थ्य
कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगन भएको दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान शुरु भएको छ । गत चैत १० गतेदेखि शुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगन भएको थियो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा लकडाउनकै बीच बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइएको थियो । रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको खोप अभियान बेनी नगरपालिकामा शनिबारदेखि शुरु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । स्वास्थ्य सेवा विभागको निर्देशनानुसार कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट र स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सञ्चालन भएको लम्सालले बताउनुभयो । उहाँका अनुसार जेठ २१ गतेभित्रै लक्षित सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत २०७६ चैत १० देखि २९ गतेसम्म दादुरा–रुबेला रोगवि...
बूढानीलकण्ठका दुई जना कोरोना जितेर घर फर्के

बूढानीलकण्ठका दुई जना कोरोना जितेर घर फर्के

बाग्मती प्रदेश, स्वास्थ्य
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको थियो । तीनचार पटकसम्मको परीक्षणमा नेगेटिभ आएपछि ती युवतीलाई घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । ती युवती १५ दिनमा घर फर्किएकी हुन् । यस्तै बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषलाई जेठ १२ गते कोभिड–१९ पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखी उपचार गरिएकामा दुई पटकसम्मको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि पाँच दिनमा घर फर्काइएको छ । युवकमा कोरोना पुष्टि भएसँगै बूढानीलकण्ठ –३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज...
क्वारेन्टाइनमा बसेका बालकको मुत्यु, कोरोना परीक्षण गर्ने तयारी

क्वारेन्टाइनमा बसेका बालकको मुत्यु, कोरोना परीक्षण गर्ने तयारी

स्वास्थ्य
डडेल्धुरा । डडेल्धुरा क्वारेन्टाइनमा बसेका अन्दाजी ७ वर्षीय बालकको मृत्यु भएको छ। भारतबाट फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आमाबुबासँगै भारतको मुम्बईबाट शनिबार मात्र फर्किएर क्वारेन्टाईनमा बसेका बालकको मृत्यु भएको बताए। बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बितिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिएपनि बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुगाउनु अघि नै मृत्यु भईसकेको जानकारी दिए। परिवारका अनुसार बालकलाई मलेरिया रोग लागेको थियो। अहिले बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ भने उनको कोरोना परीक्षण गर्ने तयार...
कोरोना अपडेट : विश्वभर ६० लाख ९४ हजार बढीमा संक्रमण

कोरोना अपडेट : विश्वभर ६० लाख ९४ हजार बढीमा संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ६८ हजार ८ सय ३० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ६० लाख ९४ हजार ६ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २७ लाख १ हजार ३ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ५ सय ९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथयांकले देखाएको छ । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनको संख्या १ लाख ४ हजार ९ सय ९६ पुगेको छ । बितेको २४ घण्टामा मात्र थप १० हजार २ सय ३६ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १८ लाख ३ हजार ७ सय ६६ पुगेको छ । त्यस्तै हालसम्म ५ लाख २० हजार ९ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १७ हजार २ सय ५ जनाक...
१३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण, सङ्क्रमित १० पुगे

१३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण, सङ्क्रमित १० पुगे

स्वास्थ्य
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् । बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए । उन्का अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ । सङ्क्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए। लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिए । वर्षात्को समय शुरु भएसँगै गर्मीमा लामखुट्टे सक्रि...