स्वास्थ्य

कतारमा एकैदिन ५ हजार कोरोना संक्रमित डिस्चार्ज

कतारमा एकैदिन ५ हजार कोरोना संक्रमित डिस्चार्ज

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं । कतारमा शनिबार मात्रै ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा अधिकांश नेपाली कामदार छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार यो निको हुनेको यो संख्या हालसम्म कै उच्च संख्या हो । संक्रमितमध्ये १९ देखि ४० वर्षका युवा कामदार रहेकोले निको हुनेको संख्या पनि उच्च देखिएको हो । कतारमा हालसम्म २५ हजार ८ सय ३९ जनालाई निको भइसकेको छ । ‘क्‍वारेन्टाइनमा बसेको ४० दिनपछि निस्कन पाए । दुईपटकको परीक्षण गर्दा नेगेटिभ आयो । क्‍वारेन्टाइनबाट निस्केर गाडीमा राखिएको थियो । म बसेको गाडीमा सबैजना नेपाली थिए,’ बाग्लुङका ३४ वर्षीय एक नेपालीले भने,‘कोरोनालाई जितेर निस्कदा सबैजना उत्साहित देखिन्थे । हामीलाई युद्ध मैदानबाट घर फर्केको जस्तो लागेको छ ।’ निको भएर निस्केकालाई १५ दिनसम्म क्याम्पमै बस्न समेत निर्देशन दिइएको उनले बताए । ‘यताउता नजानु भनेको छ । क...
संसारलाई सबैभन्दा पहिले चीनले भ्याक्सिन दिने ?

संसारलाई सबैभन्दा पहिले चीनले भ्याक्सिन दिने ?

अन्तराष्ट्रिय, स्वास्थ्य
एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर फैलन सुरु गरेको थियो । जुन देशबाट कोरोनाभाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ । चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यस्तो सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्टमा चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएकाेछ । ऊहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्तिमाथि गरिएको थियो । २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । यो पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा मार्केटमा आउन सक्ने बताइयो । भ्याक...
गर्भवती महिलाले जितिन कोरोना सङ्क्रमण

गर्भवती महिलाले जितिन कोरोना सङ्क्रमण

स्वास्थ्य
चितवन । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब सङ्कलन गरी दुईपटकसम्म परीक्षण गरिएको उन्ले जानकारी दिए । भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले सङ्क्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताए । यही जेठ १४ गते सङ्क्रमण पुष्टि भएसँगै उहाँलाई भरतपुर अस्पताल पठाइएको थियो । उहाँ गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो । दुई पटकको परीक्षणमा कोरोनाको नतिजा नेगेटिभ आएसँगै आइतबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको डा पौडेलले जानकारी दिए । उहाँ र उ...
कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७ पुग्याे

कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७ पुग्याे

Featured, स्वास्थ्य
सुर्खेत । कोरोना भाइरसका कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्लाका दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । याेसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।...
कोरोना संक्रमितको संख्या चाैध सय नाघ्याे

कोरोना संक्रमितको संख्या चाैध सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा शनिवार एकैपटक १ सय ८९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैपटक १८९ जनालाई संक्रमण भएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगराीमा रहेका छन् । यसैबीच नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ४०१ पुगेको छ । कुल संक्रमित मध्ये ६ जनाको मृत्यु भईसकेको छ भने २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।...
उपत्यकामा भित्रभित्रै कोरोना फैलिसकेको आशंका, अझै ३ हप्ता जोखिममा रहने विज्ञको चेतावनी

उपत्यकामा भित्रभित्रै कोरोना फैलिसकेको आशंका, अझै ३ हप्ता जोखिममा रहने विज्ञको चेतावनी

स्वास्थ्य
काठमाडौं - पछिल्लो समयममा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। दैनिक एक पचास बढी संक्मित थपिने गरेका छन्। सरकारले परीक्षणको दायरा बढाएसँगै संक्रमित पनि थपिएका हुन्। पछिल्लो समयमा भारतबाट दैनिक हजारौं मानिसहरु भित्रिरहेका छन्। यसले संक्रमण अझैं बढ्ने अनुमामन छ। तराईका जिल्लामा मात्रै होइन कोराना संक्रमण काठमाडौं उपत्याकामाम समेत व्यापक फैलिसकेको हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्। जसले गर्दा काठमाडौं, भक्तपुर र ललितपुरमा महामारीको जोखिम बढेको उनीहरुको भनाइ छ। उपत्यकामा हाल ३५ जना संक्रमितको उपचार भइरहेको छ भने दुई जनाको ज्यान गइसकेको छ। संक्रमितमध्ये काठमाडौंका १८, भक्तपुरा ४ र ललितपुरका १ गरी २३ जना छन्। बाँकी अन्य जिल्लाका रहेका छन्। यी केसहरुलाई नजिकैबाट विश्लेषण गरिरहेका जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम तीव्र रुपमा ...
कैलालीका सात स्थानीय तहको सहकार्यमा कोरोना अस्पताल बनाइदै

कैलालीका सात स्थानीय तहको सहकार्यमा कोरोना अस्पताल बनाइदै

स्वास्थ्य
कैलाली – कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहहरूको सहकार्यकमा टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारी भएको छ । देशभरि पछिल्लोपटक कोरोना संक्रमितको संख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् । शुक्रबार टीकापुर अस्पताल विकास समितिको समन्वयमा जानकी गाउँपालिकामा बसेको बैठकमा स्थानीय प्रमुखबीच सहमति भएको हो । स्थानीय तहसहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ शय्याको आइसोलेसन कक्ष अपुग हुने देखिएकाले टीकापुरस्थित सिटी हलमा थप ३० शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए । बैठकले टीकापुर अस्पतालका मेसु ड...
बालबालिकालाई कुन खोप कहिले लगाउने ?

बालबालिकालाई कुन खोप कहिले लगाउने ?

स्वास्थ्य
बालबालिकाहरुलाई विभिन्न रोगहरुबाट सुरक्षित राख्नको लागि खोप अनिवार्य लगाउनुपर्छ । बच्चा नन्मिएपछि १५ महिनाको उमेरसम्म विभिन्न खोपहरु नछुटाइ लगाउनुपर्छ । वि.सि.जी यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । डि.पि.टी- हेप/ बि-हिब यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ । पोलियो पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ । एफआइपीभी यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । दुई पटक दिनुपर्छ । यसले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ । पि.सी.भी. यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्य...
एकै दिन १ सय ७० जनामा कोरोना, संक्रमण, नेपालमा संक्रमितको संख्या १२ सय नाघ्याे

एकै दिन १ सय ७० जनामा कोरोना, संक्रमण, नेपालमा संक्रमितको संख्या १२ सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । एकै दिन १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्जा भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।...
नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै, कहाँ कति जनामा देखियाे संक्रमण?

नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै, कहाँ कति जनामा देखियाे संक्रमण?

Featured, स्वास्थ्य
काठमाडौं । एकैदिन बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ । स्वार्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् । बिहीबार झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो । यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनी १५...