स्वास्थ्य

नेपालमा जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने आँकलन

नेपालमा जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने आँकलन

स्वास्थ्य
नेपाली सेनाले आगामी जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने आँकलन गरिएको जनाएको छ । सेनाले बुधबार भिडियो कन्फरेन्समार्फत गरेको पत्रकार सम्मेलनमा सेनाको चिकित्सक टोलीको समेत संलग्नतामा गरिएको एक अध्ययनका आधारमा यस्तो आँकलन गरिएको जानकारी दिएको छ । सेनाले कन्ट्र्याक ट्रेसिङ, केस स्टडिज तथा कोरोना प्रभावित विभिन्न मुलुकको तथ्यांक विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालेको हो । अध्ययन टोलीले गणितीय पद्धतिबाट उक्त अध्ययन गरेको र त्यो अनुमान पूर्ण रूपमा मिल्छ नै भन्ने नभएको सेनाले जनाएको छ । अध्ययन टोलीले कोरोनाको व्यापक प्रभाव परेका अमेरिका र इटली तथा दुई छिमेकी मुलुक चीन र भारतमा कोरोनाको संक्रमणको अवस्थालाई समेत अध्ययन गरेको थियो । अध्ययन अनुसार अमेरिका तथा इटलीको जस्तै गरी कोरोना संक्रमण फैलिएमा त्यसबाट ठूलो मानवीय क्षति हुने अनुमान गरिएको छ । तर, भारत र चीनमा जस्तै कोरोनाको संक्रमण भएमा ...
नेपालमा काेराेना संक्रमितकाे संख्या ९ सय नाघ्यो

नेपालमा काेराेना संक्रमितकाे संख्या ९ सय नाघ्यो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो । बाँकेको भेरी ...
शान्ति मिसनमा खटिएका ३ सैनिकमा कोरोना

शान्ति मिसनमा खटिएका ३ सैनिकमा कोरोना

स्वास्थ्य
काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका नेपाली सेनाका ३ सैनिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यूएनको शान्ति मिसनअन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यूएन मिसनमा कार्यरत ३ सैनिकमा कोरोना भएको पुष्टि गरे । संक्रमित सैनिक कुन तहका हुन् भन्नेबारे भने सेनाले केही खुलाएको छैन । यसअघि नेपालमा कार्यरत नेपाली सेनाका मेजरसहित ४ जनामा कोरोना संक्रमण भएको थियो । शान्ति मिसनमा कार्यरतसमेतलाई जोड्दा कोरोना संक्रमित हुने कूल सैनिकको संख्या ७ पुगेको छ ।...
कोरोना भाइरस सम्बन्धी २४ प्रश्न : के हो, के होइन?

कोरोना भाइरस सम्बन्धी २४ प्रश्न : के हो, के होइन?

स्वास्थ्य
१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। २. के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बँच्न सकिन्छ? हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएकोे छैन। लसुन स्वास्थ्यका लागि लाभदायक खाना हो र यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ। ३. के तिलको तेलको मालिसले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्छ? तिलको तेलले मालिस गर्नाले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन। तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन। भुँई वा सतहमा भएको कोरोना भाइरसलाई निःसंक्रमण गर्र्न ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लो...
सीसीएमसीकाे अनुमान : अझै दुई महिना नेपालमा कोरोना संक्रमित बढ्छन्!

सीसीएमसीकाे अनुमान : अझै दुई महिना नेपालमा कोरोना संक्रमित बढ्छन्!

स्वास्थ्य
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ । नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु सम्मिलित टोलीले कोरोना भाइरसको अन्तर्राष्ट्रिय ट्रेण्डलाई हेरेर यो आँकलन गरेको हो । ‘कोरोना रोकथामसम्बन्धी प्रतिकार्यका लागि गरिएको गणितीय विश्लेषणले यो देखाएको हो’, नेपाली सेनाका मेजर डा. नविन फुयाँलले भने, ‘यसले हामीलाई थप पूर्वतयारी गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।’ नेपाली सेनाले बुधबार आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पनि भारत, चीन, स्पेन, इटलीलगायतका मुलुकको अभ्यासबाट पनि यसको प्रक्षेपण गरिएको बताए । उनले भने, ‘यो शतप्रतिशत मिल्छ नै भन्ने त होइन तर, पूर्वतयारीका संकेत ...
एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ सय ८६

एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ सय ८६

Featured, स्वास्थ्य
काठमाडौं- भारतबाट भित्रिनेकाे संख्या बढेसँगै काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ। एकैदिन ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। म‌ंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो। कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ।...
कुन-कुन जिल्लमा फैलियाे काेराेना संक्रमण?

कुन-कुन जिल्लमा फैलियाे काेराेना संक्रमण?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालका ७७ जिल्लामध्ये ४६ जिल्लामा कोरोना भाइरस फैलिएको छ । मंगलबारसम्म ४६ जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबारसम्म ४३ जिल्ला रहेकामा एक दिनमै थप तीन जिल्लामा संक्रमण फैलिएर ४६ जिल्लामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । जसमध्य १५५ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण फैलिएका जिल्लाहरु प्रदेश १ १. झापा २. मोरङ ३. सुनसरी ४. उदयपुर ५. धनकुटा ६. भोजपुर ७. खोटाङ प्रदेश २ ८. सप्तरी ९. सिरहा १०. धनुषा ११. महोत्तरी १२. सर्लाही १३. रौतहट १४. बारा १५. पर्सा वाग्मती प्रदेश १६. सिन्धुली १७. रामेछाप १८. काभ्रे १९. सिन्धुपाल्चोक २०. काठमाडौं २१. भक्तपुर २२. ललितपुर २३. नुवाकोट २४. मकवानपुर २५. धा...
एकै दिन ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

एकै दिन ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

Featured, स्वास्थ्य
काठमाडौं- नेपालमा एक दिन थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै बाहिर ल्याइएको थियो। यी दुई जिल्ला सहित थप विभिन्न जिल्लामा गरी ९० जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन्।...
प्रधानमन्त्री ओलीका ५ टिप्स, जुन पुरा गरे कोरोनाबाट बच्न मद्त पुग्छ

प्रधानमन्त्री ओलीका ५ टिप्स, जुन पुरा गरे कोरोनाबाट बच्न मद्त पुग्छ

राजनीति, स्वास्थ्य
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट बच्न आमनागरिकलाई ५ उपाय सुझाएका छन् । सोमबार  राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्ने ५ उपाय सुझाएका हुन् । प्रधानमन्त्रीले सुझाएका ५ टिप्स यस्ता छन् । १. आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ, २.घरभित्रै बसौं, ब्यायाम गरौँ, ३. भाइरस फोहोरमा रमाउँछ । त्यसलाई परास्त गर्न सरसफाइमा ध्यान दिऔँ, ४. स्वास्थ्यलाई आरामको जरुरी हुन्छ । त्यसैले पर्याप्त आराम गरौँ, ५. कोरोनालाई जित्न सकिन्छ, उच्च मनोवलका साथ रहौँ ।...
प्रधानमन्त्री ओली भन्छन् : जनतालाई रोग र भोकबाट जोगाउन सरकार प्रतिबद्ध छ

प्रधानमन्त्री ओली भन्छन् : जनतालाई रोग र भोकबाट जोगाउन सरकार प्रतिबद्ध छ

Featured, स्वास्थ्य
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उन्ले महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको बताउँदै क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि प्रधानमन्त्रीकाे भनाइ थियाे । सरकार नागरिकप्रति संवेदनशील रहेको र परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उन्ले जानकारी दिए । प्रधानमन्त्रीले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने भन्दै  सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ विश्वास व्यक्त गरे ।...