कुन-कुन जिल्लमा फैलियाे काेराेना संक्रमण?

काठमाडौं । नेपालका ७७ जिल्लामध्ये ४६ जिल्लामा कोरोना भाइरस फैलिएको छ । मंगलबारसम्म ४६ जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबारसम्म ४३ जिल्ला रहेकामा एक दिनमै थप तीन जिल्लामा संक्रमण फैलिएर ४६ जिल्लामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । जसमध्य १५५ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण फैलिएका जिल्लाहरु

प्रदेश १
१. झापा
२. मोरङ
३. सुनसरी
४. उदयपुर
५. धनकुटा
६. भोजपुर
७. खोटाङ

प्रदेश २
८. सप्तरी
९. सिरहा
१०. धनुषा
११. महोत्तरी
१२. सर्लाही
१३. रौतहट
१४. बारा
१५. पर्सा

वाग्मती प्रदेश
१६. सिन्धुली
१७. रामेछाप
१८. काभ्रे
१९. सिन्धुपाल्चोक
२०. काठमाडौं
२१. भक्तपुर
२२. ललितपुर
२३. नुवाकोट
२४. मकवानपुर
२५. धादिङ
२६. चितवन

गण्डकी प्रदेश
२७. लमजुङ
२८. नवलपरासी (पूर्व)
२९. स्याङ्जा
३०. वाग्लुङ

प्रदेश ५
३१. नवलपरासी (पश्चिम)
३२. रुपन्देही
३३. कपिलबस्तु
३४. अर्घाखाँची
३५. गुल्मी
३६. दाङ
३७. बाँके
३८. बर्दिया

कर्णाली प्रदेश
३९. दैलेख
४०. जुम्ला
४१. सुर्खेत

सुदूरपश्चिम प्रदेश
४२. कैलाली
४३. कञ्चनपुर
४४. अछाम
४५. डडेलधुरा
४६. बैतडी

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.