स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

section, स्वास्थ्य
काठमाडौँ । पर्साको नेशनल मेडिकल कलेज, वीरगन्जमा उपचारका क्रममा यही जेष्ठ ४ गते मृत्यु भएका बाराको करैया गाउँपालिका वडा नं. ७ का ७० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ज्येष्ठ ३ गते श्वास–प्रश्वासमा समस्या आई अस्पताल भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिए। मृतक पुरुष टि.बीको दीर्घ बिरामी समेत रहेको प्रवक्ता डा देवकोटाले बताए। यस अघि अन्य ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, बाँके र गुल्मीमा एक/एक जना गरी ३ जनाको कोरोनाको कारण मृत्यु भएकाे थियाे ।...
नेपालमा काेराेना संक्रमितकाे संख्या ६८२ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या ६८२ पुग्याे

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आज पुष्टि भएका ६ जना संगै नेपालमा काेराना संक्रमण हुनेकाे संख्या ६८२ पुगेकाे मन्त्रालयका प्रवक्ता डा. विकाश देवकाेटाले जानकारी दिए । आज पुष्टि भएकामध्ये एक जनाकाे मृत्यु भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।
गोकर्णेश्वर नगरपालिका शिवचोकका सात घर सिल

गोकर्णेश्वर नगरपालिका शिवचोकका सात घर सिल

section, स्वास्थ्य
काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले राससलाई जानकारी दिए । सङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो । परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रसिङ गरी परीक्षण गरिने पनि उहाँले बताए । नगरपालिकामा यो दोस्रो सङ्क्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्रसिङ गरिएका १९७ जनाको आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उहाँले जानकार...
कर्णाली प्रदेशमा मात्रै ११ जना कोरोना संक्रमित

कर्णाली प्रदेशमा मात्रै ११ जना कोरोना संक्रमित

कर्णाली प्रदेश, स्वास्थ्य
वीरेन्द्रनगर । कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार र सोमबार ७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ । मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ५ जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा २ जनामा कोरोना पुष्टि भएको हो । नयाँ भेटिएका सबै दैलेखका हुन् । यसअघि सुर्खेतका तीन र दैलेखका एकजनामा कोरोना पुष्टि भएको थियो । उनीहरुमध्ये चारजनाको सुर्खेतस्थित प्रदेश अस्पतालमा र ५ जनाको दैलेख अस्पतालले निर्माण गरेको आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले संक्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको र अवस्थामा सामान्य रहेको बताए ।...
बाराका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

बाराका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

section, स्वास्थ्य
काठमाडौं । बारामा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरे । योसँगै बारामा मात्रै संक्रमित हुने सुरक्षाकर्मीको संख्या ६ पुगेको छ । यसअघि आइतबार एकैदिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।...
काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

section, स्वास्थ्य
काठमाडौँ । काठमाडौंमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यसअघि काठमाडौँमा कूल संक्रमितको संख्या १२ रहेको थियो जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।...
कोरोना भाइरसबाट विश्वभर ५४ लाख ९४ हजार संक्रमित

कोरोना भाइरसबाट विश्वभर ५४ लाख ९४ हजार संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार ४५५ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ९९ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा २ हजार ८२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ । २८ लाख ४८ हजार ६७६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२४ जनाको अवस्था गम्भीर छ । सोमबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ८४४ जनाको मृत्यु भएको छ । १९ लाख १ हजार ७४९ जना संक्रमित भएकोमा ८ लाख ८२ हजार ६०७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १४ हजार १६९ जनाको मृ...
थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६७५ पुग्याे

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६७५ पुग्याे

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।...
नेशनल अस्पताल कलङ्कीले गर्याे चिकित्सक र कर्मचारीको बीमा

नेशनल अस्पताल कलङ्कीले गर्याे चिकित्सक र कर्मचारीको बीमा

अर्थ, स्वास्थ्य
काठमाडाैं । नेपाल नेशनल अस्पताल कलङ्कीले आफ्नो अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीको बीमा गर्ने भएको छ । नेशनल अस्पतालले विश्वव्यापी रूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चिकित्सक, नर्स तथा कर्मचारीको रु एक लाख बराबरको बीमा गर्न लागेको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको अवस्थामा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीको मनोबल उच्च राख्न बीमा गर्न लागेको जानकारी दिए। अस्पतालमा १०० भन्दा बढी चिकत्सक, नर्स तथा कर्मचारी कार्यरत छन् । उक्त अस्पतालले कोरोना सङ्क्रमणको उपचारका लागि तीन श्ययाको आइसोलेसन कक्षर्डसमेत निर्माण गर्न लागेको छ । रासस...
एकै परिवारका १८ जनाले कोरोना भाइरसलाइ जितेर घर फर्के

एकै परिवारका १८ जनाले कोरोना भाइरसलाइ जितेर घर फर्के

section, स्वास्थ्य
वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् । गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणीमा ४४ जना र गण्डक कोभिड अस्पतालमा २७ गरी ७१ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् । आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना ...