स्वास्थ्य

भरतपुर अस्पतालकाे आईसीयूमा एक जनाको मृत्यु, पीसीआर परीक्षण गरिने

भरतपुर अस्पतालकाे आईसीयूमा एक जनाको मृत्यु, पीसीआर परीक्षण गरिने

समाज, स्वास्थ्य
चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताए । बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको शव आईसीयूमा नै रहेको छ ।...
कोरोना उपचारमा जम्मा ३ सय १७ डाक्टर र नर्स

कोरोना उपचारमा जम्मा ३ सय १७ डाक्टर र नर्स

स्वास्थ्य
काठमाडाैँ । अहिलेसम्म कोरोना भाइरसको उपचारका लागि 'क्रिटिकल ट्रेनिङ' ३ सय १७ जना डाक्टर र नर्सलाई दिइएको छ । उनीहरू नै कोरोना भाइरसको उपचारमा खटिएका छन् । संक्रमितको संख्या बढ्दो छ । ३ सय १७ जनाले भोलिका दिन थेग्न सक्छन् त ? ‘क्रिटिकल केयर महत्त्वपूर्ण हो । यसका लागि ३ सय १७ जना जनशक्ति छन् । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले भने, ‘अहिले कोभिडका अस्पतालमा यिनै डाक्टर र नर्सले काम गरिरहेका छन् ।’ संक्रमतिको संख्या बढे अन्य अस्पतालका डाक्टर र नर्सलाई पनि प्रयोग गर्न सकिने उनले बताए । ‘मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलमा दर्ता भएका डाक्टर र नर्स लाखौँ हुनुहुन्छ,’ उनले भने, ‘संकटमा उहाँहरूलाई पनि प्रयोग गर्न सकिन्छ । अहिलेसम्म हाम्रोमा जटिल समस्या देखिएको छैन । अहिले जति छ, त्यतिले भ्याएको छ । आवश्यक परेमा रिटार्यड भइसकेका डाक्टर र नर्सलाई पनि परिचालन गर्न सकिन्छ...
लकडाउनमै खुल्याे नर्सिङ लाइसेन्स परीक्षा, अब के गर्लान विद्यार्थी ?

लकडाउनमै खुल्याे नर्सिङ लाइसेन्स परीक्षा, अब के गर्लान विद्यार्थी ?

स्वास्थ्य
काठमाडौं । लकडाउनका कारण विद्यार्थीहरु गाउँघर फर्किएको बेला नेपाल नर्सिङ परिषदले नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको फारम खुलाएको छ । असार २० गते लाइसेन्स परीक्षाको मिति तोकेर असार १ गतेभित्र फारम भर्न परिषदले सूचना प्रकाशित गरेको छ । अनलाइन फारम भर्ने भनिए पनि सबै विद्यार्थी इन्टरनेट पहुँचमा नरहेको र धेरै विद्यार्थीले ट्रान्सक्रिप्ट प्रमाणपत्र लगायत आवश्यक कागजातसमेत संकलन गर्न नसक्ने भएकाले अहिले लाइसेन्स परीक्षाको फारम खुलाउनु अव्यवहारिक रहेको विद्यार्थीहरुले बताएका छन् । लकडाउनका बेला परीक्षा लिने निर्णयमाथिनै उनीहरुले प्रश्न उठाएका हुन् । काउन्सिलले यसअघि गत फागुनमा लिएको २४ औं लाइसेन्स परीक्षामा पास भएका नर्सहरुलाई दर्ता प्रमाणपत्र दिइसकेको छैन । तर लकडाउनकै बीचमा २५ औं लाइसेन्स परीक्षाको सूचना प्रकाशित गरेपछि प्रमाणपत्र तह र स्नातक पास गरेर बसेका विद्यार्थी तना...
चीनकाे दाबी: अन्य ३० देशले बनाएको भन्दा प्रभावकारी

चीनकाे दाबी: अन्य ३० देशले बनाएको भन्दा प्रभावकारी

स्वास्थ्य
काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९)को महामारीले विश्वलाई नै त्रसित बनाएको छ। अहिले विभिन्न देशका बैज्ञानिकहरु कोरोनाको अनुसन्धानमा जुटिरहेका छन् भने चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको दाबी गरेको  छ । लेनसेट जर्नलमा शुक्रवार प्रकाशित रिपोर्ट अनुसार २८ दिनमा यो खोपले मानिसमा कोरोना प्रतिरोधी क्षमता बढाएको छ । मार्च १६ देखि २७ को बिचमा जम्मा एक सय ८ जना प्रोढहरुलाई यो खोप लगाइएको थियो । रिपोर्टमा उल्लेख गरिए अनुसार यो खोपले सुरक्षित रूपमा कोरोना भाइरस प्रतिरोधी क्षमता बढाएको पाइएको छ । अनुसन्धानकर्ताहरुले यसले कोरोना विरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको बताएका छन् । उनीहरूले अब थप अनुसन्धानपछि चाडै यसलाई आम नागरिकमा प्रयोग गर्ने अवस्था आउनेमा आशावादी रहेको भनेका छन् । लेनसेटले लेखेको छ, ‘यो कोरोना महामारीबाट प्रताडित मानव जाति...
थप ३६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५८४ पुग्याे

थप ३६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५८४ पुग्याे

स्वास्थ्य
काठमाडाैं । शनिबार थप ३६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकाेटाले नेपालमा थप ३६ जनामा काेराेना संक्रमण भएकाे जानकारी दिए । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...
काेराेनाकाे कहर: आइसोलेशननै नभएको जिल्लामा ३३ जना संक्रमित

काेराेनाकाे कहर: आइसोलेशननै नभएको जिल्लामा ३३ जना संक्रमित

स्वास्थ्य
काठमाडौं - सर्लाहीमा कुल कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । यसमध्ये दुई जना काठमाडौंमै बस्दै आए पनि बाँकी यहींका छन् । गोडैता नगरपालिकामा मात्रै। २६ जना कोरोना संक्रमित फेला परेका छन्। शुक्रबार १४ जना संक्रमित देखापरेकोमा शनिबार थप १२ जना संक्रमित भेटिएका हुन् । सो ठाउँमा संक्रमित भेटिएका सबै भारतबाट आएका हुन्। उनीहरु सीमा नाकाबाट लुकेर छिरेको पाइएपछि क्वारेन्टाइनमा भर्ना गरिएको थियो । शनिबार सर्लाहीको कविलासी नगरपालिकामा पनि १ जना पुरुष संक्रमित देखिएका छन् । कोरोना संक्रमित थपिदै गएपछि आइसोलेसनको समस्या भएको छ । शनिबार बिहान १३ जना संक्रमित फेला परेपछि उनीहरुलाई कुन ठाउँको आइसोलेसनमा राख्ने भन्ने बिषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शनिबार बिहान फेला परेका बाहेक यसअघिका संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाम र नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा राख...
कोरोनाको औषधि उत्पादन गर्ने पहिलो देश बन्यो बंगलादेश, १२७ देशमा निर्यात गर्न अनुमति

कोरोनाको औषधि उत्पादन गर्ने पहिलो देश बन्यो बंगलादेश, १२७ देशमा निर्यात गर्न अनुमति

स्वास्थ्य
काठमाडौं । बंगलादेशस्थित बेक्जिमको फर्मास्युटिकल्सले आफु कोरोनाभाईरस विरुद्धको विश्वकै पहिलो जेनेरिक संस्करण बेच्ने कम्पनी भएको दावी गरेको छ । उक्त फर्मास्युटिकल्सले विश्वमै पहिलोपल्ट मानव शरिरमा एन्टीभाईरलको काम गर्ने औषधि विश्वका विकासशील देशलाई पठाएको दावी गरेको हो । कम्पनीका मुख्य कार्यकारी अधिकृत रब्बुर रेजाका अनुसार उक्त कम्पनीमा नर्वेस्थित नोर्ज बैंकका लगानी रहेको छ । उनका अनुसार कम्पनीले विकासशील देशहरुलाई एन्टीभाईरल औषधि रेमडेजिभीर प्रति भाईल ६ हजार टाकामा विक्रिवितरण गर्ने गरेको छ । तर, कम्पनीले देशभित्रैका विभिन्न प्रान्तहरुमा भने कोरोना भाईरसका उपचारका लागि भन्दै निशुल्क औषधि वितरण गर्ने गरेको जानकारी दिएको छ । बंगलादेशले विश्व व्यापार संगठनको अधिनमा रही जेनेरिक औषधि बनाउन सक्ने छ । साथै उसले विश्वका अल्पविकशित देशहरुमा अनुदानमा औषधि दिन सकिने उल्लेख छ । रेमडेजिभीरलाई मानव शर...
४० जिल्लामा कोरोना भाइरसको संक्रमण, कुन जिल्लामा कति संक्रमित?

४० जिल्लामा कोरोना भाइरसको संक्रमण, कुन जिल्लामा कति संक्रमित?

स्वास्थ्य
काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा तीब्र रुपमा फैलिएको छ । हालसम्म देशका ४० जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । आज मात्रै देशमा ६४ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै कुल संक्रमित संख्या ५१६ पुगेको छ । शुक्रबार थापिएका संक्रमितको विवरण १. नवलपरासी विनय त्रिवेणी गाउँपालिकाका ४५ वषीय पुरुष, ९ जेठमा पत्ता लागेको २. चितवनको भरतपुर केसरबाघका ७४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका ३. चितवन भरतपुर केसरबाघकी ७३ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका ४. नवलपरासी सुस्ता गाउँपालिकाका ३३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका ५. नवलवरासी रामग्रामका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका ६. नवलवरासी रामग्रामका १५ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका ७. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको ८. कपिलवस्तु वाणगंगा मायाँ...
थुनुवामा काेराेना संक्रमण देखिएपछि प्रहरी कार्यालय ‘सिल’

थुनुवामा काेराेना संक्रमण देखिएपछि प्रहरी कार्यालय ‘सिल’

स्वास्थ्य
बैतडी । पहाडी जिल्ला बैतडी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट स्वदेश आएका बताइएको छ । ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। जिल्लाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरेर स्वाब संकलनको तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । शिवनाथ गाउँपालिका ४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका पुरूषमा कोरोना पुष्टि भएको हो । गीताको शव गत वैशाख १...
नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय नाघ्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा हालसम्म पिसिआर ४२ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। २४ घन्टामा ३ हजार ८ सय भन्दा बढीको पिसिआर परीक्षण भएको छ। त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय ७ पुगेकाे हो। सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। ७० जना भने डिस्चार्ज भएका छन्। संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्। तीन जनाको भने मृत्यु भइसकेको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज बिहान ३० र दिउसो १९ गरी ४९ जना संक्रमित थपिएका हुन्। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका ३ जना पुरुष, डडेल्धुराका १ जना, बैतडीका १ जना र बाँकेका १४ जनामा संक्रम...