कोरोना भाइरस (कोभिड-१९) को यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?किशोरावस्था सजिलो समय हैन । तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ । स्कुल बन्द गरिएका छन्, इभेन्टहरू क्यान्सिल भएका छन्, र दिनदिनै भेट हुने, गफसफ गर्ने साथीसँगी छुटेका छन् ।
यस्तो बेलामा चिन्ता लाग्नु, अत्यासिनु, निराश हुनु सामान्य कुरा हो । त्यसैले के नाबिर्सिनुस् भने यस्तो अनुभव गर्ने तपाईं एक्लै मात्रै हैन । तपाईंका धेरै साथीसँगीलाई पनि यस्तै लागिरहेको छ । यो अवस्थाको कसरी सामना गर्ने केही उपाय निम्न छन् –
१. चिन्ता र अत्यास लाग्नु एकदम सामान्य हो भन्ने बुझ्नुहोस्
तपाईंलाई चिन्ता र अत्यास लागिरहेको छ भने तपाईं एक्लैलाई मात्रै यस्तो अनुभव भइरहेको छैन भन्ने बुझ्नुहोस् । यस्तो बेलामा सबैलाई चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो।
विभिन्न माध्यममार्फत गलत सूचनाहरु प्रसारित भइरहेका छ्न् । त...
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएकाहरूको सङ्ख्या बिहीवार साँझ ७:३० बजेसम्म ४५७ पुगेको छ।
पछिल्लो पटक थप तीनजनामा सङ्क्रमण पुष्टि भएको हो। जस्मा बाँके नरैनापुरका एक पुरुष, खजुराकी एक महिला र कपिलबस्तुका एक पुरुष रहेका र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन्।
यसअघि बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्ण रूपन्देहीमा एक र झापामा आठ सङ्क्रमित फेला परेको पुष्टि गरेका थिए। उनीहरू सबै पुरुष हुन्।
हालसम्म सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर अस्पतालबाट बिदा भएका छन्। तीमध्ये दुई पुरुष र दुई महिला बिहीवार टेकु अस्पतालबाट बिदा भएको उनले जानकारी दिए।
डा. देवकोटाले बुटवलको अस्पतालमा भएको ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको बताएको छ। सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे बनाएको निर्देशिकाअनुसार सरकारी अस्पतालमा निस्शुल्क परीक्षण भैरहेको छ।
सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको स्पष्ट पारेको हो । सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले भने कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ । तर त्यसका लागि पनि शुल्क अहिले नतोकिएको मन्त्रालयले जनाएको छ ।
शुल्कका बारेमा छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए । सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय भने गरेको छ ...
काठमाडौं । उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएको हो ।
२ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वाबमा प्रहरी नायब निरीक्षक र प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
‘२ जनामा कोरोना पोजिटिभ देखिएपछि अहिले कालिमाटी प्रहरी वृत्त सिल गरिएका छ । बाँकी प्रहरीको पनि आज कोरोना परीक्षण गर्छौँ,’ डीआईजी पोखरेलले भने ।
यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । बुधबार थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।...
जनकपुरधाम । कोरोना संक्रमित धनुषाका पत्रकारले २४ वैशाखमा स्वाब परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आयो । तर पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि हाल प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
जिल्लाका २३ जना पत्रकारको स्वाब संकलन गरी प्रादेशिक अस्पताल जनकपुरधामको प्रयोगशालामा जाँच गरिएको थियो । यो मेसिनले रिपोर्ट नेगेटिभ देखाए पनि केही पत्रकारको स्वाब पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं लैजाँदा एक जना पत्रकारमा पोजेटिभ देखिएको हो ।
यसले जनकपुरमा दोस्रो पटक जोडिएको पीसीआर मेसिनमा पनि प्रश्न उठेको छ । २१ चैतमा जडान गरिएको मेसिनले गलत रिपोर्ट दिएको भन्दै वैशाखको दोस्रो साता अर्को मेसिन जोडिएको थियो । अर्काे मेसिनले पनि गलत रिपोर्ट दिन थालेपछि यसलाई पनि थन्क्याइएको छ । ‘यस्तो मेसिन त चलाउनै नहुने हो’ प्रादेशिक प्रयोगशाला प्रमुख रामविनय साहले भने, ‘बिना ब्रेकको गाडीमा चढ्न...
काठमाडाैं । मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ जनासहित देशभर जम्मा ३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ।
केही बेरअघि मात्र धनकुटा जिल्ला अस्पतालका पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका हुन्। तर स्वास्थ्य मन्त्रालयले पछिल्लो पाँच जनाको विवरणबारे औपचारिक जानकारी दिएको छैन।
धनकुटा जिल्ला अस्पतालका पाँच संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान हुन्।
यीबाहेक मंगलबार थपिएका संक्रमितहरूमा काठमाडौंका ३, झापाका ९, कपिलवस्तुका ४ र सर्लाहीका २ जना छन्। यस्तै सुनसरी, मोरङ, सिन्धुली, रामेछाप, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ र नवलपरासीका एक-एक जना छन्। हिजो सोमबार एकै दिन ८० जना संक्रमित थपिएका थिए।...
काठमाडौं । कोरोना संक्रमणको चपेटामा ५६ दिन सम्म लडाउनको चपेटामा परेका नागरिकलाई नेपाल सरकारले पैसा तिरेर कोराना परिक्षण गर्न सक्ने ठूलो उपहार दिएको छ । अहिले सम्म परिक्षणका लागि आवश्यकता अनुसारको उपकरण पैसा तिरेर पनि किन्न नपाएको अभिव्यक्ति दिँदै आएको सरकारले आज एकाएक पैसा तिर स्वेच्छिक परिक्षण गर्न सकिने योजना अघि सार्नुले आम नागरिकलाई अचम्मित पारेको छ ।
साेही क्रममा अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाका साथै निजी अस्पतालले पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
डा देवकोटाले विश्व स्वास्थ्य संगठनद्धारा तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालन...
काठमाडौ । कोरोना संक्रमणको चपेटामा ५६ दिन सम्म लडाउनको चपेटामा परेका नागरिकलाई नेपाल सरकारले पैसा तिरेर कोराना परिक्षण गर्न सक्ने ठूलो उपहार दिएको छ । अहिले सम्म परिक्षणका लागि आवश्यकता अनुसारको उपकरण पैसा तिरेर पनि किन्न नपाएको अभिव्यक्ति दिँदै आएको सरकारले आज एकाएक पैसा तिर स्वेच्छिक परिक्षण गर्न सकिने योजना अघि सार्नुले आम नागरिकलाई अचम्मित पारेको छ ।
कोरोनाको अहिले सम्म औषधि नै पत्ता नलागेको अवस्थामा परिक्षणका लागि आवश्य पर्ने उपकरण र केमिकल खरिद मै ठूलो धनराशी घोटाला भएको आरोप खेप्दै आएको सरकारले पुनः पैसा तिरे परिक्षण हुन्छ भन्नुले अर्को आशंका उब्जाएको छ । सरकारले सामान खरिद गर्न नपाएको अवस्थामा स्वेच्छिक परिक्षणका लागि कहाँबाट कस्ले र कसरी सामान भित्र्याउँदै छ भन्ने बारेमा भने स्पष्ट पारेको छैन ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा मन्त्रालयका प्...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी/पीसीआर गर्न पाउनेछन् ।
यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको उनले बताए ।...