स्वास्थ्य

कुन-कुन लक्षणले काेराेना संक्रमणकाे संकेत गर्छ ?

कुन-कुन लक्षणले काेराेना संक्रमणकाे संकेत गर्छ ?

स्वास्थ्य
विशेषज्ञका अनुसार संक्रमणका लक्षण घटना—१ः पहिले खुट्टामा खैरो रंगको घाउ अनि शरीरमा चिलाउने इटलीमा कोरोना संक्रमणको सुरुवातमा १३ वर्षको बच्चामा खुट्टामा खैरो रंगको घाउ जस्तो देखियो । घाउ बढेपछि उनलाई ८ मार्चमा अस्पताल लगियो । दुइदिन पछि ज्वरो, टाउको दुख्ने, शरीरमा चिलाउने, घाउमा पोल्ने, मांशपेशिमा दुखाइ जस्ता लक्षण देखियो । इटलीमा कोरोनाको पहिलो मामला आएको पाँच हप्तापछि एक रिपोर्ट जारी गरियो । जसमा बताइएको थियो कि हस्पिटलमा हरेक पाँचमा एक बच्चाको छालामा अलग किसिमको परिवर्तन देखिइरहेको छ । स्पेनिश जनरल काउन्सिल अफ पोडियाट्रिस्ट कलेजमा ७५०० प्रोफेशनल्स छन् । यिनले यस्तो डेटा तयार गरेका छन जसमा ति बच्चा थिए जसको खुट्टामा घाउ भएको थियो । उनीहरुको अध्ययन गरियो । काउन्सिलले गरेको रिपोर्टबाट यस्तो मामला स्पेन र फ्रान्समा कोरोनासँग संक्रमित विरामीमा पाइएको छ, यसमा सबैभन्दा धेरै बच्चाको छ । ...
उपत्यकामा पाँच जनामा देखियो कोरोना संक्रमण

उपत्यकामा पाँच जनामा देखियो कोरोना संक्रमण

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा पाँच जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा तीन, भक्तपुरमा एक र ललितपुरमा एक जनामा संक्रमण देखिएको हो। उनीहरूको स्थायी बसोबास र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किसकेका छन्। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।...
नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै, हालसम्म ४ सय २ पुग्यो

नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै, हालसम्म ४ सय २ पुग्यो

Featured, स्वास्थ्य
काठमाडाैँ । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। २४ जना पुरुष र ३ जना संक्रमित थपिएका हुन्। झापामा ९ जना, मोरङमा र सुनसरीमा एक एक जना, सर्लाहीमा २, भक्तपुरमा २, काठमाडौंमा ३ समेत रहेका छन्। अन्य ९ जना भने विभिन्न जिल्लाका छन्। उनका अनुसार पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४सय २ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ३७ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जना संक्रमितको भने मृत्यु भइसकेको छ।...
उपत्यकाका तीनै जिल्लामा सहित थपिए २७ जना कोरोना संक्रमित

उपत्यकाका तीनै जिल्लामा सहित थपिए २७ जना कोरोना संक्रमित

स्वास्थ्य
काठमाडाैँ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।...
कोरोना पोजेटिभ देखिएका व्यक्ति धुलिखेल अस्पतालबाटै फरार

कोरोना पोजेटिभ देखिएका व्यक्ति धुलिखेल अस्पतालबाटै फरार

स्वास्थ्य
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएका दाङका एक व्यक्ति फरार भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको निरीक्षणका लागि गठन गरेको कमिटीले दाङ स्थायी ठेगाना भएका एक कोरोना संक्रमित पुरुष सम्पर्क बाहिर रहेको जानकारी दिएको छ। दाङ स्थायी ठेगाना भएपनि उनको नमूना काभ्रेमा नै संकलन गरिएको थियो। संकलित उनको स्वाबको नमूना धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो । हिजोसम्म स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका व्यक्ति आज सम्पर्कविहीन भएको बुझिएको छ । उनको खोजीकार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
खुट्टाको औँलामा पनि देखिन्छ कोरोना लक्षण!

खुट्टाको औँलामा पनि देखिन्छ कोरोना लक्षण!

स्वास्थ्य
एजेन्सी । जब ज्वरो, रुघाखोकीसँगै स्वासप्रश्वासमा अप्ठ्यारो भयो भने त्यो कोभिड १९ संक्रमणको लक्षण हुनसक्छ । यसले शरिरका विभिन्न अंगलाई असर पुर्याएको हुन्छ । यस संक्रमणले शरिरलाई सिथिल बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । र शरिरभित्र अंगहरु निस्क्रिय बन्न पुग्छन् । केही बिरामीमा भने खुट्टाको औँला सुन्हिने समस्या देखापर्ने गरेको चिकित्सकहरुले अनुभव गरेका छन् । तर कतिपय बिरामी भने संक्रमित भएर पनि किन उनीहरमा लक्षण देखिँदैन भन्ने चाहिँ अझै अस्पष्टता छ । कसैमा यो संक्रमण मन्द गतिमा देखिन्छ भने केही गम्भीर अवस्थामा पुग्छन् । गत साता भारतको पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष के श्रीनाथ रेड्डीले शरिरका विभिन्न अंगमा क्षति पुग्नुमा महामारी अप्रत्याशित हुनु एक कारण भएको बताएका थिए । चिकित्सकहरु अन्य भाइरसमा यस्तो तिव्र संक्रमण फैलने गुण नहुने बताउँछन् । साथै शरिरका विभिन्न अंगलाई ए...
आइसोलेसनमा एक युवकको मृत्यु, नमुना परीक्षण गर्न दाङ पठाइयो

आइसोलेसनमा एक युवकको मृत्यु, नमुना परीक्षण गर्न दाङ पठाइयो

स्वास्थ्य
लिवाङ । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो । रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले रोल्पाका युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको जानकारी दिइन् ।...
काेराेनाकाे सन्त्रास: सिन्धुलीमा प्रहरीसहित २० जनाको आरडिटी पोजिटिभ

काेराेनाकाे सन्त्रास: सिन्धुलीमा प्रहरीसहित २० जनाको आरडिटी पोजिटिभ

स्वास्थ्य
सिन्धुली । जिल्लामा २० जनामा आरडिटी पोजिटिभ देखिएको छ। सिन्धुली अस्पतालमा सोमबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणमा २० जनामा एन्टिबडी पोजिटिभ देखिएको हो। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि फ्रन्टलाईनमा कार्यरत, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतीनिधिसहित १५९ जनामा गरिएको परिक्षणमा सिन्धुली अस्पतालका १२ जना र अन्य ८ जनामा कोरोना पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। अस्पतालमा गत शनिवारबाट आइसोलेसनमा भर्ना भएका दुई जना र क्वारेन्टाइनमा रहेका २ जनाको पिसिआर टेष्ट भने नेगेभिट आएको पाण्डेले बताए। प्रादेशीक अस्पताल हेटौंडामा गरिएको चारै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। उता कर्मचारीहरुको र्‍यापिट टेष्टमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्न राजभण्डारीले सबैमा सजक रहन र धैर्य गर्न ...
नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो

नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो

स्वास्थ्य
काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयले सोमबार राती १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो। पहिलो पटक कर्णाली प्रदेशमा पनि १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले नेपालका सातै वटा प्रदेशमा संक्रमण फैलिएको पुष्टि गरेको छ नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन्।...
‘हात धोएर घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’

‘हात धोएर घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’

स्वास्थ्य
धनगढी । धनगढी उपमहानगरपालिका–१३ का मोहन जोशीले शनिवार बहिनी अनितालाई सम्झाउँदै भने, “हात धोएरमात्र घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ ।” घर नजिकैको खेतमा बिहान बाख्रा चराएर फर्किएकी अनिताले दाइले भनेअनुसार साबुन पानीले मिचिमिचि करिव आधा मिनेट जति समय लगाएर हात धोएर खाना खाने तयारी गरिन् । लगत्तै काम विशेषले उनीहरुको घर आइपुगेका एकजना छिमेकीले दाजु–बहिनीको संवाद सुनेर भने, ‘‘कोरोनाबाट जोगिन सरसफाइमा ध्यान पुर्याउने चेतना बढ्दा राम्रै भएको छ ।” तीनैजनाबीच केही समय कोरोना रोगले निम्त्याएको त्रासका बारेमा छलफल पनि भयो । कोरोनाबाट जोगिनका लागि समूहमा नहिँड्ने, नयाँ मान्छेसँग भेट हुँदा टाढैबाट कुरा गर्ने, पटक पटक साबुन पानीले मिचिमिचि करिव आधा मिनेट जति समय लगाएर हात धुनुपर्ने कुुरामा उनीहरु सचेत देखिन्थे । कोरोना सङ्कटसँगै जारी लकडाउनको असर शहर बजारमा बढी देखिए पनि गाउँमा यसको त्यति...