कोरोना पोजेटिभ देखिएका व्यक्ति धुलिखेल अस्पतालबाटै फरार

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएका दाङका एक व्यक्ति फरार भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको निरीक्षणका लागि गठन गरेको कमिटीले दाङ स्थायी ठेगाना भएका एक कोरोना संक्रमित पुरुष सम्पर्क बाहिर रहेको जानकारी दिएको छ।

दाङ स्थायी ठेगाना भएपनि उनको नमूना काभ्रेमा नै संकलन गरिएको थियो। संकलित उनको स्वाबको नमूना धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो ।

हिजोसम्म स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका व्यक्ति आज सम्पर्कविहीन भएको बुझिएको छ । उनको खोजीकार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.