नेशनल अस्पताल कलङ्कीले गर्याे चिकित्सक र कर्मचारीको बीमा

काठमाडाैं । नेपाल नेशनल अस्पताल कलङ्कीले आफ्नो अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीको बीमा गर्ने भएको छ ।

नेशनल अस्पतालले विश्वव्यापी रूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चिकित्सक, नर्स तथा कर्मचारीको रु एक लाख बराबरको बीमा गर्न लागेको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको अवस्थामा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीको मनोबल उच्च राख्न बीमा गर्न लागेको जानकारी दिए।

अस्पतालमा १०० भन्दा बढी चिकत्सक, नर्स तथा कर्मचारी कार्यरत छन् । उक्त अस्पतालले कोरोना सङ्क्रमणको उपचारका लागि तीन श्ययाको आइसोलेसन कक्षर्डसमेत निर्माण गर्न लागेको छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.