स्वास्थ्य

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो । मंगलबार थपिएका २८८ जना संक्रमित मध्ये ४ जना स्वास्थ्यकर्मी रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।...
थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्याे

थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेकाे छ ।
बैतडीको क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

बैतडीको क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

section, स्वास्थ्य
बैतडी । बैतडीमा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो । उनको कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।...
सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सख्या ४३ पुग्यो

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सख्या ४३ पुग्यो

सुदूरपश्चिम प्रदेश, स्वास्थ्य
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ को संक्रमित सख्या ४३ पुगेको छ । पछिल्लो समय भारतवाट आएकाहरुमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा वृद्धि भएको हो । सोमबार थप १८ जना कोभिड १९ को संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए । धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप १८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । यता, ६ जना संक्रमित भने उपचारपछि घर गइसकेका छन ।...
कर्णालीमा मात्रै १९८ कोरोना सङ्क्रमित

कर्णालीमा मात्रै १९८ कोरोना सङ्क्रमित

section, कर्णाली प्रदेश, स्वास्थ्य
सुर्खेत । कर्णाली प्रदेशमा ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरडीटी र पिसिआर परीक्षण गरिएका मध्ये ४३ र प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएका मध्ये ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए । अब कर्णालीमा सङ्क्रमितको सङ्ख्या १९८ पुगेको छ । रिपोर्ट अनुसार दैलेखको नारायण नगरपालिका, सिमडा, सोत, साडु, जुकेपानी र दुल्लु गरेर २४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, जुम्लाको हिमा गाउँपालिकामा ८ र सिञ्जा गाउँपालिकामा ९ गरी १७ तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिकाका १६, महावु गाउँपालिकाको १, सल्यान बनगाड...
थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १८११ पुग्यो

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १८११ पुग्यो

Featured, स्वास्थ्य
काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेमबारकाे नियमित पत्रकार सम्मेलनमा २ सय २६ जनामा संक्रमित देखिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।...
सबै सङ्क्रमित घर गएपछि अस्पताल खाली

सबै सङ्क्रमित घर गएपछि अस्पताल खाली

स्वास्थ्य
रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ सङ्क्रमित आज घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ । डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका तीन, भारतीय एक र रुपन्देहीका २१ जना भएको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बिरामी भर्ना शुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.नवीन दर्नालले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । सङ्क्रमित हुने सबै भारतबाट नेपाल प्रवेश गरेका मात्र छन् । सङ्क्रमितलाई सामान्य श्वासप्रश्वास र उच्च रक्तचापबाहेक कुनै समस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपा...
डोटीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

डोटीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । डोटीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको प्रकोप फैलिएको जिल्लाकाे संख्या ५७ पुगेकाे छ । स्वास्थ्यमन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले डोटीमा पहिलोपक २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यसैबीच नेपालमा सोमवार एकैपटक २२६ जनालाई संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १,७९८ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।...
ठूलो मात्रामा स्वास्थ्य सामाग्री खरिद गर्ने सरकारको तयारी

ठूलो मात्रामा स्वास्थ्य सामाग्री खरिद गर्ने सरकारको तयारी

section, स्वास्थ्य
काठमाडौं । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले सङ्क्रमित सङ्ख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए । उनले सङ्क्रमितको सङ्ख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताए । हिजोसम्म एक हजार ५ सय ६७ जना सङ्क्रमित देखिएका थिए । उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ । “सङ्क्रमितको सङ्ख्या हाम्रो हातमा रहेको छैन । केही दिनको तथ्याङ्क हेर्दा यो सङ्ख्या बढ्छ”, उनले भने, “त्यसैले पटकपटक किन्नुभन्दा पनि एकैपटक तीन महिनालाई ...
थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्याे

थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।...