स्वास्थ्य

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

स्वास्थ्य
काठमाडौं । सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा छलफल गर्दै आएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ । बुधबारसम्म संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वास्थ्य संकटकालका विषयमा छलफल भइरहेको भन्दै अझै निर्णय नभएको बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा सरकारलाई सिफारिस नगरिएको बता...
फेरि गयाे कोरोना भाइरसको संक्रमणबाट एककाे ज्यान

फेरि गयाे कोरोना भाइरसको संक्रमणबाट एककाे ज्यान

स्वास्थ्य
काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । डा देवकोटाका अनुसार ती वृद्धलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । उनमा हेमोर्‍याजिक स्ट्रोक अर्थात मष्तिस्कमा रक्तश्राव भएको थियो । उनको शल्यक्रिया भएको थियो । उनको जेठ १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । कोरोना पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आइसीयुमा उपचारत उनको आज मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमति मृतकको संख्या ९ पुगेको छ । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका...
कोरोना स‌ंक्रमितलाई आयुर्वेदिक औषधि

कोरोना स‌ंक्रमितलाई आयुर्वेदिक औषधि

स्वास्थ्य
कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ । शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई परास्त गर्न सकिने भनी चिकित्सकहरूले सल्लाह दिएपछि सङ्क्रमणबाट जोगिन अन्यले पनि आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् । गुर्जो र योगा सङ्क्रमितको उपचारमा खटिनुभएका डा। डीना सापकोटाले एकान्तवासमा रहेका २९ जना बिरामीलाई अहिले आयुर्वेदिक औषधि, शारीरिक व्यायाम, आत्मबल वृद्धि गर्न मनोविर्मशलगायतका उपचार पद्धति अवलम्बन गरिएको जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालयका आयुर्वेद शाखाका आयुर्वेदिक चिकित्सक प्रसन्न नेपालले कोरोना सङ्क्रमण भएका व्यक्तिहरूको उपचारका लागि अहिले आयुर्वेदिक औषधि चलाइरहेको बताए । उनले बिरामीलाई रोगसँग लड्न प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अस्वगन्धा, गुर्जो, षष्टिमधु, तुल्सी चियालगायतका औषधि दिनुका साथै योगा व्यायाम गराउने उल्लेख गरिन् । ...
कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने

कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने

स्वास्थ्य
प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। प्रदेश मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। प्रदेशका बाँकेमा र दाङमा शववाहन खरीद गर्न नेपालगञ्ज र तुलसीपुर उपमहानगरपालिका लाई १५– १५ लाख अनुदान उपलब्ध गराइने र ती उपमहानगरपालिका मातहत रहने व्यवस्था गरिएको छ। शववाहनलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएमा शवको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ। यस्तै मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष ९स्थापन...
१ स्वास्थ्यकर्मीसहित ४ जना काेराेनालाई जितेर घर फर्किए

१ स्वास्थ्यकर्मीसहित ४ जना काेराेनालाई जितेर घर फर्किए

प्रदेश-५, स्वास्थ्य
रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ । कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा.सुदर्शन थापाले जानकारी दिए । निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् । उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा.थापाले बताए । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ । रासस...
४ महिने शिशुसहित १६ जनामा कोरोना संक्रमण पुष्टि

४ महिने शिशुसहित १६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेश, स्वास्थ्य
काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइए अनुसार नयाँ संक्रमितमध्ये सल्यानका २ जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटमा चार महिने शिशु र एक महिला सहित ७ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना र प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टी भएको हो । यो सँगै कर्णालीमा संक्रमतिको संख्या दुई सय ६६ पुगेको छ ।...
पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश-२, स्वास्थ्य
काठमाडौं । पर्सामा बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । संक्रमितमा कालिकामाई गाउँपालिकाका ४२, १५, ४५ र ३० वर्षका ४ जना पुरूषहरू रहेका छन् भने सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूष रहेको उपाध्यायले जानकारी दिए । नारायणी अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको छ ।...
केएमसी अस्पतालको सबै सेवा बन्द

केएमसी अस्पतालको सबै सेवा बन्द

Featured, स्वास्थ्य
काठमाडौं । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ। २ जना बिरामी र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि निर्मलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको अस्पतालले सूचना जारी गरेर जनाइएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो । अस्पतालमै गर्भवती जाँच गराउन आएकी भक्तपुरकी एक महिलामा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।...
डडेल्धुरा क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुरा क्वारेन्टिनमा एक महिलाको मृत्यु

Featured, स्वास्थ्य
कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए ।...
लोकसेवाले अन्तर्वार्तामा सहभागी हुने परीक्षार्थीमाथि लगायाे यस्ताे नियम

लोकसेवाले अन्तर्वार्तामा सहभागी हुने परीक्षार्थीमाथि लगायाे यस्ताे नियम

स्वास्थ्य
काठमाडौं । लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तर्वार्तामा सहभागी हुन पीसीआर विधिबाट कोरोना परीक्षण अनिर्वाय गरेको छ । आयोगले उपत्यकाबाहिर कार्यरत वा काम विशेषले लकडाउनको अवधिमा उपत्यकाबाहिर गरेका उम्मेदवारहरूले अन्तर्वार्ता अगावै कोभिड–१९ पीसीआर परीक्षण गराएर बुझाउन भनेको हो । परीक्षण गराउन कुनै कठिनाइ भए आयोग नै सहजीकरण समेत गरिदिने बताएको छ । आयोगले असार २ बाट विभिन्न समूहको सहसचिव पदका उम्मेदवारको अन्तर्वार्ता गर्दैछ ।...