स्वास्थ्य

प्रदेश १ का ३० जना कोरोना जितेर घर फर्के

प्रदेश १ का ३० जना कोरोना जितेर घर फर्के

प्रदेश-१, स्वास्थ्य
विराटनगर । प्रदेश १ बाट आज ३० जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमित ठिक भई घर फर्कनेको संख्या ७८ जना पुगेको छ । कोसी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जनासमेत गरी बिहीबार उनीहरू डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, “अस्पतालमा चिकित्सकको निगरानीमा रही उपचारमा रहनु भई बिसेक भएर डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ ।” हालसम्म प्रदेश १ का दुई अस्पतालमा उपचारपछि फर्किएका कसैमा कोरोनाको लक्षण देखिएको थिएन तर उनीहरूमा कोरोना संक्रमण भने थियो । विराटनगरबाट आज डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । गत वैशाख ५ गतेदेखि जेठ ९ गतेसम्म भर्ना भएकाहरू छन् ।...
६५ जिल्लामा फैलियो कोरोना संक्रमण

६५ जिल्लामा फैलियो कोरोना संक्रमण

समाज, स्वास्थ्य
काठमाडौं । नेपालको अहिलेसम्म ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसमध्ये प्रदेश नं २ मा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम मानिसमा कोरोना संक्रमण देखिएको छ । प्रदेश नं १ मा हालसम्म १२ जिल्लाका १९७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश २ का ८ (सबै) जिल्लाका ९ सय ६३ जना कोरोना संक्रमण देखिएको छ । बाग्मती प्रदेशका १२ जिल्लाका ५९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ७ जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश नं ५ का ११ जिल्लाका ८ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कर्णाली प्रदेशका ६ जिल्लाका ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । र सुदूरपश्चिम प्रदेशको ९(सबै) जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । २९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने १० जनाको क...
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द

मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द

प्रदेश-५, स्वास्थ्य
रूपन्देही । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार १ गतेदेखि बन्द गर्ने घोषणा अस्पतालले गरेको हो । हाल प्रदेश नं ५ मा साढे ६ सयको हाराहारीमा मिर्गौलाका बिरामी छन् । विपन्न वर्गका नागरिकलाई उपचार दिने सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र साढे तीन सय बिरामीले निःशुल्क डायलायसिस सेवा लिँदै आएका छन् । अस्पतालले ११ महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने रकम पाउन नसकेको अध्यक्ष एजाज आलमले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हाल अस्पताललाई सरकारले विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलियतवापतको रु सात कर...
दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि

दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि

section, स्वास्थ्य
सुर्खेत । दैलेखमा एकै दिन १ सय १३ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसअघि नारायण नगरपालिका ८७ जना संक्रमित भेटिएका थिए । यो सँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १९५ पुगेको छ । बिहीबार नै भेटिएका मुगुका संक्रमित खत्याड गाउँपालिकाका हुन् ।...
नेपालमा कोरोना संक्रमणबाट दशौं व्यक्तिको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट दशौं व्यक्तिको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षण गर्दा काेराेना संक्रमण देखिएकाे उनले जानकारी दिए ।...
थपिए ३३४ जनामा संक्रमित, संक्रमितको संख्या २६३४ पुग्याे

थपिए ३३४ जनामा संक्रमित, संक्रमितको संख्या २६३४ पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । विहिबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ जना पुगेकाे छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिए

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिए

Featured, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर गरेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिए । उनका अनुसार डा. दीपेन्द्ररमण सिंहलाई विभागको नयाँ महानिर्देशककाे जिम्मेवारी दिइएको छ । व्यावस्थापन महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ । मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेको छ । उनको ठाउँमा डा. संगीता कौशललाई लगिएको छ ।...
अन्य रोग भए कोरोनाबाट मृत्यु भएको नमानिने

अन्य रोग भए कोरोनाबाट मृत्यु भएको नमानिने

स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण रहेपनि अन्य रोगले मृत्यु भएमा कोरोनालाई कारण नमानिने स्पष्ट पारेको छ । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरी मन्त्रालयले कोरोनाको लक्षण देखिएका व्यक्तिको मृत्यु भएमात्र यसलाई कोरोनाबाट मृत्यु भएको मानिने स्पष्ट पारेको हो। आजको कान्तिपुर दैनिकमा खबर छ ।...
तेह्रथुममा पनि देखियो सङ्क्रमण

तेह्रथुममा पनि देखियो सङ्क्रमण

प्रदेश-१, स्वास्थ्य
तेह्रथुम । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले जानकारी दिए । कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन् । उनी छ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ । अर्का सङ्क्रमीत सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले जानकारी दिनुभयो । सङ्क्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिए...
गण्डकीमा एकै दिन १६ जना काेराेना  संक्रमित भेटिए

गण्डकीमा एकै दिन १६ जना काेराेना संक्रमित भेटिए

स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जामा १, म्याग्दीमा १ गरि जम्मा १६ नयाँ संक्रमित थपिएका छन् ।...