स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Featured, कर्णाली प्रदेश, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस (काेभिड-१९) को संक्रमणबाट डोल्पामा एक जनाको मृत्यु भएको पुष्टि भएकाे छ । जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको पुष्टि भएको र मृत्युपश्चाद् स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ देखिएकाे हाे । जेठ १८ गते नेपालगञ्ज, सुर्खेत, जुम्ला हुँदै डोल्पा पुगेका उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको थियो । तर मृत्यु पछि गरिएको आरडीटी परीक्षणमा भने उनको रिपोर्ट पोजेटिभ देखिएकाे कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...
बाजुराको क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

बाजुराको क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

स्वास्थ्य
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनी दमको रोगी भएको बताइएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।...
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

Featured, गण्डकी प्रदेश, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।...
कोरोना भाइरसबाट अमेरिकामा १ लाख १० हजार बढीकाे मृत्यु

कोरोना भाइरसबाट अमेरिकामा १ लाख १० हजार बढीकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वमा अहिलेसम्म ३ लाख ९३ हजार बढीकाे मृत्यु भईसकेको छ भने ६७ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । त्यस्तै ३२ लाख ५१ हजार ५९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५५ हजार ४५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा अहिलेसम्म १ लाख १० हजार १७३ जनाको मृत्यु भएको छ भने १९ लाख २४ हजार ५१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७ लाख १२ हजार २५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार २८१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८३ हजार ८९९ जनालाई संक्रमण भएको छ । त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १२ हजार ६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ५१९ जनालाई संक्रमण भएको छ । अमेरिकामा बिहीवार मात्रै २२ हजार २६८ जना संक्रमित थपिएका छन...
क्वारेन्टिनमा मृत्यु भएका युवामा सङ्क्रमण

क्वारेन्टिनमा मृत्यु भएका युवामा सङ्क्रमण

स्वास्थ्य
क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने नेपालमा ११ पुगेको छ । यसअघि शनिबार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टिनमै मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार यही जेठ ९ गते भारतको मुम्बइबाट आएका उनलाई अन्य ५४ जनासँगै विद्यापुरस्थित जनता मावि क्वारेन्टिनमा राखिएको थियो । बुधबार साढे चार बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो । सोही राति साढे १२ बजे घर पुगे...
प्रदेश २ मा कोरोना संक्रमितको संख्या झण्डै एक हजार

प्रदेश २ मा कोरोना संक्रमितको संख्या झण्डै एक हजार

प्रदेश-२, स्वास्थ्य
महोत्तरी दिनहुँ संक्रमण बढ्दै गएपछि प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ। बिहीबार थप एक सय दुई जनामा संक्रमण पुष्टि भएपछि प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या नौ सय ६१ पुगेको प्रदेश २ को स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ। प्रदेश २ का आठ जिल्लामा जेठ तेस्रो सातामा मात्रै पाँचसय संक्रमित थपिएका छन्। जेठ दोस्रो साताको अन्त्यमा पाँचसय भन्दा कम रहेको सङ्क्रमितको सङ्ख्या तेस्रो साता सकिँदा एक हजार नजिक पुगेको हो। यसरी थपिएका नयाँ सङ्क्रमितमध्ये धेरैजसो भारतबाट भर्खरै घर फर्केका भएका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए। प्रदेशका आठ जिल्लामध्ये अहिले सबैभन्दा बढी संक्रमित रौतहटका छन्। बिहीबारसम्म प्रदेशका कूल सङ्क्रमण पुष्टि भएका नौ सय ६१ मध्ये रौतहटमा मात्रै ३ सय ८४ छन्। प्रदेशको हालसम्मको तथ्याङ्कमा रौतहटपछि क्रमशः सर्लाहीमा १४९, पर्सामा १११...
क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

स्वास्थ्य
कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध गराउने गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेका नागरिकले रकमको कारोवार गर्दा सङ्क्रमण बढ्ने भएकाले त्यस नहोस् भन्नका लागि उनीहरुलाई आवश्यक सबै व्यवस्था क्वारेन्टिनभित्रै मिलाएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भारत तथा अन्य जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टिनमा १४ दिन राखेर जाँच गरी होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइन्छ । महिला हरेक महिना महिनावारी हुने भएकाले क्वारेन्टिन अवधिमा पनि हुनसक्छन् भन्दै टीकापुरका क्वारेन्टिनमा महिलाका लागि स्यानिटरी प्याडको व्यवस्था गरेको हो । टीकापुर नगरपालिकामा रहेका १७ क्वारेन्टिनमा अहिले एक हजार २०७ बसिरहेका छन् । तीमध्ये २२१ महिला छन् । क्वारेन्टिनमा बस्नेलाई आवश्यक सबै व्यवस्था नगरपालिकाले गरिहेको छ । महिला, पुरुषका लागि छुटाछुट्टै क्वा...
नेपालले तयार गरेकाे खोपमा डब्ल्युएचओले देखायाे चासाे, स्वीकृत भए लाखाैँकाे फण्ड

नेपालले तयार गरेकाे खोपमा डब्ल्युएचओले देखायाे चासाे, स्वीकृत भए लाखाैँकाे फण्ड

स्वास्थ्य
हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिए । यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ । करीब दुई घण...
कर्णालीमा एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि, सङ्क्रमितको संख्या ३८९ पुग्याे

कर्णालीमा एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि, सङ्क्रमितको संख्या ३८९ पुग्याे

कर्णाली प्रदेश, स्वास्थ्य
कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र पाँच महिला गरी ७२ जना रहेका उनले बताए । त्यस्तै, दैलेख देवलकाँडाका १२, सोतका नौ, मानटाकुराका साता, नौमुलेका पाँच, भगनीका पाँच, साडुका दुई र बाँसकोटका एक जना रहेका छन् । आज सङ्क्रमितको यो सङ्ख्यासँगै कर्णालीका कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ३८९ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण अनपेक्षित रुपमा दैलेखमा फैलिएपछि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । रासस...
प्रदेश २ का राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण

प्रदेश २ का राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण

प्रदेश-२, स्वास्थ्य
काठमाडौं । प्रादेशिक सरकारका राज्यमन्त्रीका एक जना स्वकीय सचिव र प्रदेश सभाका पाँच जना मर्यादापालक (प्रहरी)लाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिव र प्रदेश २ को प्रदेश सभाका ५ जना मर्यादापालकलाई कोरोनाभाइरस संक्रमण देखिएको हो । प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको कोरोनाभाइरस परीक्षण गरिएको थियो । उनीहरुको स्वाब संकलन गरी गरिएको परीक्षणमा राज्यमन्त्री यादवको स्वकीय सचिव र ५ जना मर्यादापालकको पोजेटिभ रिपोर्ट आएको हो । मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारका लागि बोलाइएको प्रदेश सभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।...