के चिनियाँ स्याउ नेपाल भित्रिदा गुणस्तरको परीक्षण हुन्छ त?(भिडियाेसहित)
काठमाडौं। नेपालमा वर्षेनी अरबौं रुपैयाँको चिनियाँ स्याउ विषादी परीक्षण विना नै भित्रिने गरेको छ। नेपालमा उत्पादित तरकारीमा व्यापक मात्रामा विषादी रहेको भनेर चर्चा चलिरहेको बेलामा चीनबाट आयातित फलफूल भने परीक्षण विना नै बजारमा जाने गरेको पाईएको हो।
चीनसँगको उत्तरी नाका रसुवागढी ताताेपानी नाकाबाट आयात हुने स्याउहरु उपभोक्तासम्म आईपुग्दा कुनैपनि चरणको विषादी परीक्षण हुने गरेको छैन। अचेल बजारमा छ्यासछ्यास्ती पाइने चिनिया स्याउ स्वास्थ्यका लागि हानिकारक रहेको बुझिएको छ । बढ्दो माग रहेको चिनिया स्याउको विषादी परिक्षण नै नगरी बजारमा भित्रिने गरेको छ। विना परीक्षण खाइने स्याउ स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरू बताउँछन् ।
केन्द्रीय कृषि प्रयोगशालाकाका अनुसार चिनिया स्याउ हालसम्म परीक्षणका लागि प्रयोगशालामा आएकाे छैन । ‘‘हामी बोर्डरमा पुग्दैनौँ । भन्सार विन्दुबाट सम्बन्धित निकायले नपठाएसम्...







