स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका प्रवक्ता हेरफेर

स्वास्थ्य मन्त्रालयका प्रवक्ता हेरफेर

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता फेरिएका छन् । हालसम्म प्रवक्ताको जिम्मेवारीमा रहेका डा विकास देवकोटाको जिम्मेवारी हेरफेर गर्दै उनको ठाउँमा डा जागेश्वर गौतमलाई ल्याइएको छ । उनी हालै सरुवा भई स्वास्थ्य मन्त्रालयमा आएका थिए । उनलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको हो । देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनले आइतबारको पत्रकार सम्मेलनमा आफ्नो जिम्मेवारी हेरफेर भएको जानकारी दिँदै हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।...
विदेशी नेपालीमा कोरोना सङ्क्रमण कमी

विदेशी नेपालीमा कोरोना सङ्क्रमण कमी

प्रवास, स्वास्थ्य
काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ । एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाएका थिए । विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ । संयोजक उहनका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् । सरकारले मित्रराष्ट्र भारतबाहेक...
२१३ जना थपिएसंगै काेराेना संक्रमितकाे संख्या ३४४८ पुग्यो

२१३ जना थपिएसंगै काेराेना संक्रमितकाे संख्या ३४४८ पुग्यो

Featured, स्वास्थ्य
काठमाडौं । आईतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये २०९ जना पुरूष र ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २१३ जनामा काेराेना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । अहिलेसम्म कोरोना भाईरसका कारण १३ जनाको मृत्यु भईसकेको छ ।...
डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू

डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू

स्वास्थ्य
म्याग्दी । म्याग्दीमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुको उच्च जोखिममा परेपछि सङ्क्रमति भेटिएका क्षेत्रमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू गरिएको छ । पछिल्लो दुई महिनामा देशभरमा सबैभन्दा धेरै सङ्क्रमित भएको जिल्लामा रुपन्देहीपछि दोस्रोमा म्याग्दी परेपछि स्वास्थ्य कार्यालयको सक्रियतामा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेबारे सर्भे शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । “बेनीबजारमा डेङ्गु सार्ने लामखुट्टे अत्यधिक भेटियो, बेनी डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ” लम्सालले भने । स्वास्थ्य कार्यालय बागलुङमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक याम बरालको उपस्थितिमा भइरहेको सर्भेमा बेनीबजारका ग्यारेजमा रहेका टायर, सार्वजनिकस्थान, चौतारीलगायत विभिन्न स्थानमा गरिएको स्थलगत सर्भेमा डेङ्गु सार्ने एडिस जातको लामख...
काेराेनाले नछाेएका नेपालका ७ जिल्ला

काेराेनाले नछाेएका नेपालका ७ जिल्ला

समाज, स्वास्थ्य
काठमाण्डाै । नेपालका ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित रहेका छन् । प्रदेश १ र गण्डकीमा दुई-दुई जिल्ला तथा वाग्मती, प्रदेश ५ र कर्णालीमा एक-एक जिल्ला सङ्क्रमणबाट सुरक्षित रहेका हुन् । स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ का इलाम र ओखलढुङगा, वाग्मतीको रसुवा, गण्डकीको मनाङ र मुस्ताङ, प्रदेश ५ को रोल्पा र कर्णालीको रुकुम पश्चिममा कोरोनाको सङ्क्रमण देखिएको छैन । शुक्रबार कर्णालीको हुम्ला र गण्डकीको गोरखा र कास्की तथा हिजो कर्णालीकै जाजरकोट र डोल्पामा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा ७० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नम्बर २ का सबै ८ जिल्ला र सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्क्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो थप ३ सय २३ जनामा कोरोना भेटिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । प्रदेश २ र ५ मा गर...
गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना सङ्क्रमित

गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना सङ्क्रमित

गण्डकी प्रदेश, स्वास्थ्य
गलकोट । गण्डकी प्रदेशमा आइतवार बिहान ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतवार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकी प्रदेशका चार जिल्लामा थप ३८ सङ्क्रमित भएको पुष्टि गरे । थप भएका ३८ सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ । कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र २६ वर्षीय तथा एक जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६ वर्षीय एक पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय तथा भिरकोट नगरपालिका ४५ वर्षका पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षका प...
१९ वर्षीय युवकको क्वारेन्टाइनमा मृत्यु

१९ वर्षीय युवकको क्वारेन्टाइनमा मृत्यु

स्वास्थ्य
डोटी । केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताए । भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थिए । ‘१२/१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ”, मृतकका बुवा ऐरले भने, “क्वारेन्टाइनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो ।” छोरा ढलेपछि स्याहार गर्न बुवा आफैँ क्वारेन्टाइन बस्ने शर्तमा भित्र पसेका थिए । “गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो”, उनले भने, “पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा ...
प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण

प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण

स्वास्थ्य
राजापुर । बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । उनी दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंं पुर्‍याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंंबाट ल्याएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेसनमा राखिएको छ । उक्त ठाँउका थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने प्रशासकीय अधिकृत अधिकारीले बताए । रासस...
पोजेटिभ आएपछि पाँचजना पक्राउ

पोजेटिभ आएपछि पाँचजना पक्राउ

प्रदेश-२, स्वास्थ्य
महोत्तरी । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टिनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टिनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना रहेका छन् । उनीहरुलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको बताइएको छ । उनीहरुलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । रासस...
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषको मृत्यु

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषको मृत्यु

समाज, स्वास्थ्य
भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए । शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए । मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन् । यसअघि...